समाचार

    Showing 20,981-20,990 of 26,736 items.
  • सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

    सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।मृत्युहुनेमा रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ३८७७ नम्बरको सिटी सफारीले पैदलयात्री कार्कीलाई ठक्कर दिएको थियो ।उपचारका क्रममा कार्कीको मृत्यु भएको र सफारी चालक टहरी–५ का ३५ वर्षीय सुरेश चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः फागुन २३, २०७९
    • 140 पटक पढिएको
  • लोकदोहोरीका तारा राजेन्द्र लम्सालको निधन

    काठमाडौँ – लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ। १२ वर्षदेखि स्पेनमा बस्दै आएका ६० बर्षिय गायकको सोमबार राती निधन भएको उनका भान्जा तथा संगीतकार एवं गीतकार शिव हमालले जानकारी दिए । लम्साल मोडल तथा कलाकार सागर लम्साल (बले)को बुवा हुन् । लामो समयदेखि स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहेका वरिष्ठ लोकदोहोरी गायक एवम् सर्जक लम्सालको गएराति निधन भएको हो। आचार्यको पार्थिव शरिरलाई स्पेनबाट नेपाल ल्याइने भएको छ ।उनी ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुन्। लम्सालका ‘ज्याग्दी खोला किना

    • प्रकाशित मितिः फागुन २३, २०७९
    • 253 पटक पढिएको
  • भारतीय गुट्खा बजारमा छ्यापछ्याप्ती

    बुटवल- भन्सार छलेर भित्र्याइएका भारतीय गुट्खा रुपन्देहीका बजारमा सर्वत्र भेटिन्छन् । जिल्लाका सहरदेखि टोलटोलमा रहेका पसलमा चोरी–तस्करी गरी ल्याइएको भारतीय गुट्खा खुलेआम बिक्री हुँदासमेत अनुगमन भएको पाइँदैन । भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरूमा भन्सार छलेर भित्र्याइएका भारतीय गुट्खा छ्यापछ्याप्ती पाइने स्थानीयवासी बताउँछन् ।खासगरी रजनीगन्धा, तुलसी, काली नाम गरेका गुट्खा तथा सुर्तीजन्य पदार्थ भैरहवा तथा आसपासका क्षेत्रमा झोले व्यापारीमार्फत आउने गरेको स्थानीय व्यापारी बताउँछन् । रुपन्देही खुद्रा किराना व्यवसायी संघका अध्यक्ष मोहन बस्यालले सीमाक्षेत्रमा निगरानी नहुँदा त्यसरी भन्सार छलेर सामान

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 148 पटक पढिएको
  • सीमा क्षेत्रमा बिना अनुमति विदेशी मुद्रा सटही गर्ने नौ जना पक्राउ

    झापा-  सीमा क्षेत्रमा बिना अनुमति विदेशी मुद्रा सटही गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान महोत्तरीको सीमानाका भिट्ठामोडबाट ठूलो मात्रामा भारतीय रुपियाँसहित प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले सीमा क्षेत्रमा बिना अनुमति नेरु भारु सटही गर्दै गरेको अवस्थामा भिट्ठामोड जलेश्वर सार्वजनिक सडकबाट नौ जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । उनीहरूको साथबाट ठूलो मात्रामा भारतीय नोटसमेत बरामद भएको छ ।‘‘अहिलेसम्म ११ लाख रुपियाँ गनि सकिएको छ, अझै धेरै गन्न बाँकी छ’ प्रहरी उपरीक्षक मल्लले बताउनुभयो, ‘‘राष्ट्र बैङ्कको अनुमति बिना

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 224 पटक पढिएको
  • आठवटा इन्टरनेट कम्पनी र एउटा दूरसञ्चार कम्पनी कारबाहीमा

    झापा- नेपाल दूरसञ्चार प्राधिकरणले एकै पटक आठवटा इन्टरनेट कम्पनी र एउटा दूरसञ्चार कम्पनीलाई कारबाही गरेको छ। इन्टरनेट सेवाको सम्पूर्ण प्याकेजको महसुल दर स्वीकृत नगराई बिक्री गरेको पाइएकाले कारबाही गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो।उहाँका अनुसार महसुलदर स्वीकृत नगराउने वल्र्डलिङ्क कम्युनिकेसन, भायानेट कम्युनिकेसन, सुबिसु केबल नेट, क्लासिकटेक, वेबसर्फर नेपाल, सीजी कम्युनिकेसन, डिस होम मिडिया नेटवर्क र वाइफाई नेपाल प्रालिलाई कारबाही गरिएको हो। यी कम्पनीलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७(२) बमोजिम एक लाख रुपियाँ जरिवाना गरिएको छ।यसबाहेक प्राधिकरणले आफ्नो निर्देशनविपरीत व

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 174 पटक पढिएको
  • सन्दुक रुइतसहित स्वास्थ्यकर्मीद्वारा ताप्लेजुङमा ७० जना मोति बिन्दुका बिरामीको शल्यक्रिया

    ताप्लेजुङ - ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोति बिन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । यहि फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतिया बिन्दुका बिरामीको शनिबार र आइतबार शल्यक्रिया गरिएको थियो ।गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया गर्ने व्यवस्थापन गरेर मोतियाबिन्दुको समस्यामा परेकाको उपचार भएको गाउँपालिका प्रमुख मुक्ति लाबुङले जानकारी दिनुभयो । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र फक्ताङलुङ गाउँपालिकाले आयोजना गरेको शिविरमा मोति बिन्दुको समस्या देखिएक

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 102 पटक पढिएको
  • पाथिभरा मन्दिरको भेटीमा अनियमितताको आरोप

    झापा - इलामको रोङ गाँउपालिकामा रहेकाे बैनी पाथिभरा मन्दिरमा भक्तजनले चढाएको दान दक्षिणामा अनियमितता भएको आरोप लागेको छ ।पाथिभरा संरक्षण संस्थाबाट आर्थिक हिनामिना भएको भन्दै स्थानीय वासीन्दाले हिसाब सार्वजनिक गर्न माग गरेका हुन् । रोङ गाउँपालिकाले तयार पारेको पाथिभरा क्षेत्र विकास कोष परिचालन तथा व्यवस्थापन कार्यविधि २०७५ मा हरेक ४ महिनामा मन्दिरको कार्यक्रम, बजेट र आम्दानी समिक्षा गर्नु पर्ने नियम भए पनि त्यस अनुसार काम नभएको गुनासो गरिएको छ । मन्दिर संरक्षण संस्थाले २०७५ साल यता साधारण सभा समेत गरेको छैन । आर्थिक वर्ष २०७६/०७७ को लेखा परिक्षणमा मन्दिरको आम्दानी ५१ लाख रुपैयाँ रहेको उल्ले

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 144 पटक पढिएको
  • मेचीपुल बाट ब्राउनसुगरसहित इलामका एक जना पक्राउ

    झापा- झापाको मेचीनगर नगरपालिका-६ मेचीपुल बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार दिउँसो साढे ३ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलाम नगरपालिका-१२ का २४ बर्षीय सुजन बाला राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा राईको साथबाट ४४ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 117 पटक पढिएको
  • मोरङमा ट्रयाक्टरको ठक्करबाट साईकल यात्री महिलाको मृत्यु

    मोरङ- मोरङको बिराटनगर महानगरपालिका-४ ईक्राई पोखरीचोकमा ट्रयाक्टरको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ । आईतबार दिउँसो साढे ११ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको को ३ त ८ नम्बरको ट्रयाक्टरले सोही दिशा तर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिदा घाईते भएका स्थानीय २८ बर्षीया राधा देवी राजबंशीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 82 पटक पढिएको
  • बिराटनगरबाट अवैध औषधी बरामद

    मोरङ- मोरङको बिराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट अवैध औषधी प्रहरीले बरामद गरेको छ । आईतबार बेलुका १२ बजे ईलाका प्रहरी कार्यालय रानी(सिमा) बाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा Mamofen ३५ प्याकेट, AQUAPAM ३५ प्याकेट, Dextomid ४ प्याकेट, Erypeg 50 -१० पिस, Duvadilan १० पिस, Stpase २ प्याकेट, Bevac २ प्याकेट र Targocid १५ प्याकेट औषधी प्रहरीले बरामद गरेको हो ।बरामद भएका अन्दाजि ३ लाख ९० हजार ७ सय ५२ रुपैया बराबरको औषधी ईलाका प्रहरी कार्यालय रानी(सिमा) ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 131 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.