समाचार

    Showing 20,991-21,000 of 26,736 items.
  • कञ्चपुरमा एक प्रहरी अधिकारी मृत फेला

    झापा -कञ्चपुरमा एक प्रहरी अधिकारी मृत फेला परेका छन्।  आइतबार राति भीमदत्त नगरपालिका–१५ शारदा टोलका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लक्ष्मण चन्द मृत फेला परेका हुन्।चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए। उनी कार्यरत कार्यालय स्रोतका अनुसार राति घरमै झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो। अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 157 पटक पढिएको
  • फलेवास रंगशाला पुगे कुलमान घिसिङ

    पर्वत - फलेवास नगरपालिकामा रहेको फलेवास रंगशालालाई पोखरा रंगशालापछिको दोस्रो बनाउने अभियानमा स्थानीयवासी छन्।गण्डकी प्रदेशमा राजधानी पोखरामा रहेको रंगशालाको विकल्पको रूपमा विकासको क्रममा रहेको रंगशालाको बिच भागमा कालीगण्डकी प्रसारण कोरिडोरको ‘हाइटेन्सन टावर’ परेको छ।फलेवासवासीले वेलावेलामा टावर हटाउन माग गर्दै आन्दोलन र दबाब दिँदै आएका छन्। समस्या समाधानको लागि फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल लगायतको टोलीले नेपाल विद्युत् प्राधिकरणमा पुगेर कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटेर छलफल गरे पनि समस्या भने टर्न सकेन।टावरलाई छेउतर्फबाट ल

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 170 पटक पढिएको
  • कोरला नाका क्षेत्रमा नेपाली र चिनियाँ सुरक्षाकर्मीकाे अनुगमन

    झापा - चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका क्षेत्रमा नेपाली र चिनियाँ सुरक्षाकर्मीहरूले शनिबार सीमा स्तम्भको अनगुमन गरेका छन्।चिनियाँ पक्षबाट कोरला नाकामा खटिएका चाइना आम पुलिस फोर्सका सुरक्षाकर्मी र नेपाल पक्षबाट मुस्ताङको लोमान्थाङ-२ नेचुङ स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) टोलीले कोरला क्षेत्रमा विभिन्न सीमा स्तम्भको अनुगमन गरेका हुन्।नेपाल पक्षबाट लोमान्थाङस्थित नेचुङमा रहेको बीओपी टोलीले बर्खायाममा महिनैपिच्छे सीमा स्तम्भको अनुगमन तथा गस्ती गर्ने गर्छ। हिउँदयामको मौसममा अत्यधिक चिसो र हिमपात हुने भएकाले त्यहाँ रहने बीओपी टोलीलाई सीमा स्तम्भ

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 187 पटक पढिएको
  • धरान–धनकुटा सडकमा पिकअपबाट १ सय ६ केजी गाँजा बरामद, चालक फरार

    झापा - धनकुटाको साँगुरीगढी गाउँपालिका ८ बाट प्रहरीले १०६ किलोग्राम गाँजा बरामद गरेको छ । कोसी राजमार्गको धरान–धनकुटा सडकमा रोकिराखेको को १ ज १८११ नम्बरको पिकअप गाडीबाट उक्त परिणामको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।गाडी चालक भने फरार रहेको बताइएको छ । शनिबार फेला परेको उक्त गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको भन्ने यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिए । गाडीका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।यसअघि गत माघ २८ गते पनि सहिदभूमि गाउँपालिका ४ बाट प्रहरीले पिकअप गाडीबाटै ४ सय किलोग्राम गाँजा बरामद गरेको थिय

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 251 पटक पढिएको
  • बङ्लादेशको एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु

    बङ्लादेशको दक्षिणपूर्वी सीताकुण्ड क्षेत्रमा एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । ३० जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।राजधानी ढाकाबाट झण्डै २ सय २० किलोमिटर टाढा सीताकुण्डमा अक्सिजन प्लान्टमा हिजो बेलुका विस्फोट भएको हो । यो विस्फोटको आवाज दुई किलोमिटर टाढासम्म सुनिएको प्रत्यक्षदर्शीलाई उद्धृत गरी समाचार संस्था रोयटर्सले जनाएको छ ।अग्नि नियन्त्रक टोलीले गएराति नै आगो निभाएका छन् । अघिल्लो वर्ष जुनमा पनि बङ्लादेशको एक अक्सिजन प्लान्ट नजिक कन्टेनर डिपोमा विस्फोट हुँदा ५० जनाको ज्यान गएको थियो । झण्डै दुई सय जना घाइते भएका थिए।

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 276 पटक पढिएको
  • हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढ्याे

    झापा । हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।सुनकाे भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख २ हजार ८ सय रुपैयाँमा पुगेको छ।यस्तै, चाँदी आज तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 304 पटक पढिएको
  • ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैङ्क

    झापा । आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ ।त्यस्तै ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल तथा १८२ दिन अवधिको सात अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने राष्ट्र बैङ्कले जनाएको छ । यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ ।जारी  ट्रेजरी  बिल  २८  दिनको  चैत  २१  गते  परिपक्व हुनेछ । ९० दिन अवधिको जेठ २३ गते परिपक्व हुनेछ भने १८२ दिन

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 247 पटक पढिएको
  • सुदूरपश्चिम प्रदेश सभाका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन आफ्ना सांसदलाई प्रचण्डकाे निर्देशन

    झापा । सुदूरपश्चिम प्रदेश सभाका आफ्ना सांसदलाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन  दिएका छन्।सुदूरपश्चिम माओवादी संसदीय दललाई पत्र पठाउँदै प्रचण्डले शाहलाई विश्वासको मत दिएर अहिलेको सरकार जोगाउन निर्देशन दिएकाे उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार काम गर्न पनि भनेका छन् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् ।नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पनि माओवादीले मत दिएमा मुख्यमन्त्री शाहको पक

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 308 पटक पढिएको
  • तेह्रथुमको आठराईका अग्नीपीडितलाई राहत प्रदान

    तेह्रथुम -तेह्रथुमको आठराई-६ चुहानडाँडामा यहि फागनु १२ गते भीषण आगलागी भएकाे थियाे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सीता गुरुङले अग्नीपीडितहरूलाई राहत प्रदान गर्नुभएकाे हाे।गुरुङले एक कार्यक्रमकाबीच अग्नीपीडितहरुलाई सहयोग गर्नुभएको हो । आगलागीका कारण १४ घर जलेर नष्ट हुँदा ३ करोड बढीको क्षति भएको थियो । तामाङ समुदायको बसोबास रहेको हातिखर्कमा १४ घर मध्ये ९ वटा घरमा मानिस बस्दै आएका थिए । ५ वटा घर खाली रहेका थिए । आगलागी पीडितहरुको घरमै पुगेर गुरुङले राहत प्रदान गर्नु भएको हो । आफू निर्वाचित भए प्रश्चात पाएको भत्ता बापतको रकमले पीडितहरुलाई सहयोग गरेको बताउनुभयो ।आगलागीबाट ९ परिवारका ४१ जना विस

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 148 पटक पढिएको
  • भोजपुरमा चट्याङ लागेर एक बालकको मृत्यु, अर्का एक घाईते

    झापा- भोजपुरको षडानन्द नगरपालिका-१२ स्थितमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । बिहिबारअपरान्ह ४ बजे स्थानिय भक्त बहादुर भुजेलको घरमा चट्याङ पर्दा घरमा बसिरहेका उनको १५ बर्षीय छोरा प्रदिप भुजेल र छिमेकि नारायण भुजेलको १३ बर्षीय छोरा सरोज भुजेल घाईते भएका थिए ।घाईते भएका दुबै जनालाई तत्काल उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगिएकोमा उपचारको क्रममा सरोज भुजेलको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ।

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 111 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.