समाचार

    Showing 21,071-21,080 of 25,186 items.
  • आईजीपी नियुक्ति विवाद : मुद्दाको अन्तिम सुनुवाइ सुरु, सहन्यायाधिवक्ता भण्डारीले थाले बहस

    काठमाडौँ / नेपाल प्रहरीको आईजीपी बढुवा विरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ ।एआईजी विश्वराज पोखरेलले आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई आइजीपी बनाएको दावीसहित बैशाख १९ गते सर्वोच्चमा दायर गरेको रिटमाथि आज सरकारी वकिलहरूले बहस सुरु गरेका हुन् ।सो रिटमाथि अन्तिम सुनुवाइ जेठ ३० गतेबाट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा सुरू भएको थियो ।तर मुद्दाको बहस नसकिएपछि यसअघि दुईपटक हेर्दाहेर्दैमा राखिएको थियो । आजको पेशीमा आईजीपी धिरजप्रताप सिंहको तर्फबाट सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले बहस सुरु गरेका हुन् ।

    • प्रकाशित मितिः असार १३, २०७९
    • 84 पटक पढिएको
  • भारतमा २ नेपाली युवतीमाथि सामूहिक बलात्कार , चारजना पक्राउ

    झापा / दाङस्थित नेपाल-भारत सीमावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ ।आइतबार बिहान करिब ११ बजे भारतको मनिपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।युवतीहरू नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जङ्गलमा भारतीय युवाको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।६ जना युवती भारतीय बजार जाँदै थिए । तीमध्ये दुई जना बलात्कृत भएको र अन्य चार जनालाई भने भारतीय युवकले धम्काउदै सरसामान लुटपाट गरेको प्रहरीको भना

    • प्रकाशित मितिः असार १३, २०७९
    • 102 पटक पढिएको
  • काठमाडौं उपत्यकासहित मुलुकभर वर्षाको सम्भावना

    काठमाडौं / आज काठमाडौं उपत्यकासहित मुलुकभर हल्का पानी परिरहने र भोलिदेखि ठूलो पानी पर्ने सम्भावना छ । आज केहीबेर पानी पर्न रोकिए पनि दिनभर घाम लाग्दैन । साँझ ठूलो पानी पर्नसक्छ, भोलि रातिदेखि बिहिबारसम्म ठूलो पानी पर्ने सम्भावना छ ।मौसमविद् हिरा भट्टराईका अनुसार मङ्गलबारदेखि बिहिबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू- भाग नजिक आइपुग्ने सम्भावना भएकोले मनसुन थप सक्रिय हुने भएको हो ।उनले प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताए । मङ्गलबारदेखि बिहीबार सम्म देशभर सामान्य देखि पूर्णतया बदली रही ठूलो पानी पर्ने सम्भावना रहेको छ

    • प्रकाशित मितिः असार १३, २०७९
    • 54 पटक पढिएको
  • आईजीपी नियुक्ति विवाद : आज मुद्दाको सुनुवाइ हुँदै

    काठमाडौँ  / नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज (सोमबार) सुनुवाइ हुँदैछ ।सरकारले १८ वैशाखमा सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेल सर्वोच्च पुगेका थिए ।सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । त्यसयता सुनुवाइ निरन्तर छ । यसअघि असार ५ गते सुनुवाइ भएको मुद्दा आज सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलसमा सुनुवाइ भइरहेको छ । मुद्दामा रिट निवेदक विश्वर

    • प्रकाशित मितिः असार १३, २०७९
    • 69 पटक पढिएको
  • मोरङबाट ८ किलो गाँजासहित ३ जना पक्राउ

    बिर्तामोड / मोरङको सुन्दरहरैचा नगरपालिका- ५ बुढिपुल स्थितबाट लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरिगढी गाउँपालिका- ८ का  ३० वर्षीय सुरेन्द्र राई , २९ वर्षीय मिलन राई र  २९ वर्षीय  बाला राई रहेका छन । आइतबार बेलुका ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरी टोलीले  शंकास्पद रुपमा बसिरहेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोलामा लुकाई छिपाई राखेको लागूऔषध गाँजा  ८ किलोग्राम बरामद गरिए पश्चात उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जना

    • प्रकाशित मितिः असार १३, २०७९
    • 62 पटक पढिएको
  • अर्जुनधारामा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला

    बिर्तामोड / झापाको अर्जुनधारामा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । आइतबार साँझ अर्जुनधारा –४ स्थित ह्युम पाइपभित्र बोरामा पोको पारेर फ्याँकिएको अवस्थामा अन्दाजी ३५–४५ वर्षका एक युवकको लाश फेला परेको हो । हालसम्म शवको पहिचान नभएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम बहादुर कुँवरका अनुसार शवको दुवै कुममा आरएन शब्द भएको ट्याटु खोपिएको छ ।  केही दिन अघिनै हत्या भएको जस्तो देखिने शवको टाउकोमा भारी बस्तुले हानेर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । उनको शरीरमा निलडाम तथा धारिलो वस्तु प्रयोग गरेको चोट नभएको

    • प्रकाशित मितिः असार १३, २०७९
    • 106 पटक पढिएको
  • पाँचथरमा भएको कार दुर्घटनामा परि झापा हल्दीबारीका बुढाथोकीको मृत्यु

    बिर्तामोड / पाँचथरमा भएको सवारी दुर्घटनामा परि झापा हल्दीबारीका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा हल्दीबारी गाउँपालिका साबिक जलथल गाविस ५ निवासी ४५ वर्षीय प्रकाश बुढाथोकी रहेको प्रहरीले जनाएको छ । आइतबार अपराह्न ४ः बजे झापाको बिर्तामोडदेखि पाँचथरको फिदिम जादैँ गरेको मे १ ज २७८४ नम्बरको कार अनियन्त्रित भई सडकबाट सात सय मिटर तल खसेको थियो ।मेची राजमार्गको इलाम फिदिम सडक खण्डअन्तर्गत पाँचथरको फाल्गुनन्द -३ पाङग्रेभीरमा भएको कार दुर्घटनामा  परि अन्य एक जनाको  गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कारमा सवार पाँचथर फालेलुङ २ का ३६ वर्षीय भीष्म केरुङ रहेका छन् । 

    • प्रकाशित मितिः असार १३, २०७९
    • 171 पटक पढिएको
  • लोकसेवा आयोगसम्बन्धी विधेयक स्वीकृत

    काठमाडौँ  / प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त दुई विधेयक स्वीकृत भएको छ । आजको दोस्रो बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान, २०७८ विधेयक र राष्ट्रियसभाबाट भएको संशोधन सहितको लोकसेवा आयोगसम्बन्धी विधेयक, २०७५ स्वीकृत भएको हो ।आजको अघिल्लो बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या नपुगेकाले आधा घण्टाका लागि बैठक स्थगन भएको थियो ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले राष्ट्रियसभाबाट प्राप्त लोकसेवा आयोगसम्बन्ध

    • प्रकाशित मितिः असार १२, २०७९
    • 64 पटक पढिएको
  • बिभिन्न मुद्दाका फरार ५ प्रतिवादी पक्राउ

    बिर्तामोड / झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्दाका फरार प्रतिवादी ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापा र मोरङको बिभिन्न मितिको फैसलाले कैद सजाय र जरिवाना तोकी हाल सम्म फरार रही लुकी छिपी बसेका  दमक नगरपालिका -७ झापाका ३९ वर्षीय तेजु भन्ने तेज बहादुर मगर, मिक्लाजुङ गाउँपालिका- ३ मोरङका ४० बर्षीय सुमनसंभी लिम्बू, सोही स्थानका २६ वर्षीय रमेश घिमिरे, बेलबारी नगरपालिका- २ लालभित्ती मोरङका २१ वर्षीय अर्जुम झागड र धनपालथान गाउँपालिका- ५ मोरङका सुन्नर सरदार पक्राउ परेका हुन् ।बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागूऔषध म

    • प्रकाशित मितिः असार १२, २०७९
    • 75 पटक पढिएको
  • छात्रा माथि बलात्कारको प्रयास गरेको आरोपमा स्कुल बसका चालक पक्राउ

    बिर्तामोड / छात्रा माथि बलात्कारको प्रयास गरेको आरोपमा  इटहरी स्थित सेक्रेड हार्ट इङ्लिस स्कुलका बसका चालक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा  इटहरी -५ निवासी वर्ष ३६ का लाल बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । कक्षा ७ मा अध्ययनरत १२ वर्षीय छात्रामाथि बलात्कारको प्रयास गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उजुरीका आधारमा चालक गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक भीम खड्काले जानकारी दिए ।खड्काका अनुसार गुरुङलाई बाल यौन दुरुपयोग अन्तर्गत मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भए ३

    • प्रकाशित मितिः असार १२, २०७९
    • 725 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.