समाचार

    Showing 21,111-21,120 of 26,752 items.
  • स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उहाँ गए राति त्यसतर्फ जानुभएको हो ।सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ । मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत गएका छन । मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्कने छन ।

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 113 पटक पढिएको
  • एक महिनामा ६४ हजार भन्दा बढि नेपाली श्रमको खोजिमा बाहिरिदै

    काठमान्डौ । गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ जना महिला गरी कूल ६४ हजार दुई ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो । यसैगरी नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार एक सय २४ जना रहेको छ । जसमा चार हजार दुई सय ६६ जना महिला र ३४ हजार आठ सय ५८ जना पुरुष रहेको विभागले जनाएको छ । जसमा सबैभन्दा धेरै मलेसि

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 235 पटक पढिएको
  • प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कतार जादै

    झापा ।  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कतारको राजधानी दोहाबाट  पहिलो विदेश भ्रमण तय गरेका छन् ।उनी फागुन २० गते दोहा जाने कार्यक्रम तय भएको उनका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताएका छन् ।दोहामा हुने विकाससम्बन्धी सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यक्रम तय भएको गजुरेलले जानकारी दिएका छन । सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको सहभागिता हुनेछ ।  प्रधानमन्त्री प्रचण्ड फागुन २२ गते स्वदेश फर्किने छन् ।  तेस्रो पटक गत पुस १० गते मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ । यसअघिसम्म प्रधानमन्त्रीमा

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 302 पटक पढिएको
  • चैत २ गतेदेखि मुन्द्रेको कमेडी क्लब कान्तिपुरमा

    काठमाडौं । अभिनेता जितु नेपालले आफ्नो टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ को औपचारिक घोषणा गरेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा शोको बारेमा जानकारी दिएका हुन।यसअघि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम अबदेखि कान्तिपुर टिभीमा प्रसारण हुने छ । दिनेश डीसीले निर्देशन गर्ने कार्यक्रमको अध्यक्षमा भने अभिनेत्री प्रियंका कार्की हुनेछिन् ।की-इन्टरटेनमेन्ट तथा एडी रिलिजको सहकार्यमा यो शो चैत २ गतेदेखि प्रसारण हुने भएको छ । प्रत्येक साता विहिबार राती ९ बजे जितु नेपाल, प्रियंका सहित दमन रुपाखेती, राजेन्द्र नेपाली, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बाँस्कोटा सहितका कलाका

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 191 पटक पढिएको
  • फागुन १३ गते प्रेस सेन्टर झापाको अधिवेशन

    झापा । आज मिति २०७९/११/०९ मा बसेको बैठकले  प्रेस सेन्टर नेपाल झापाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको छ ।फागुनभित्र सबै जिल्ला समितिको अधिवेशन गर्ने केन्द्रिय सर्कुलर अनुसार १३ गते झापाको अधिवेशन गर्ने निर्णय भएको जिल्ला अध्यक्ष झुलन रेग्मीले जानकारी दिएका छन । उक्त अधिवेशनबाट नयाँ नेतृत्वसमेत चयन हुने रेग्मिले बताए । बैठकले अधिवेशन कनकाईस्थित सुकेडाँगी सामुदायिक वनको हलमा गर्ने निर्णय गरेको छ। रेग्मीको अध्यक्षतामा बसेको बैठकमा  केन्द्रीय सचिव बिमल लामिछानेको प्रमुख आतिथ्यता थियो भने बैठकमा केन्द्रिय सदस्य लिलाराज झापाली, प्रदेश महासचिव सुजन तिम्सिना, सचिव चिरञ्जीवी घिमिर

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 186 पटक पढिएको
  • झापाको बिर्तामोडमा एक युवाले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

    झापा । झापा बिर्तामोडमा एक युवकले आज मंगलबार अपरान्ह आत्मदाहको प्रयास गरेका छन् ।झापाको बिर्तामोड न.पा. ७ बस्ने ३४ वर्षीय विजय चौधरीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आज मङलबार अपरान्ह  करिब ४:३० बजे चौधरीले मुक्तिचोकमा  आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताएका छन ।घटनापछि चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको छ। प्रहरी र स्थानीयले आगो निभाएर उनलाई अटोमा हालेर हस्पिटल लगेको र उनको शरीरको पछाडिको भाग १५ देखि २० प्रतिशत जलेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताएका छन।उनलाई प्रहरी र पैदलयात्रीहरुले तत्

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 1,765 पटक पढिएको
  • दुई छोरासहित एक महिला गण्डक नहरमा हाम फालिन्

    झापा- नवलपरासीको गण्डक नहरमा बगेर एक महिला आफ्ना दुई छोरासहित वेपत्ता भएकी छिन् ।नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरास्थित गण्डक नहरमा महलबारी बस्ने २९ वर्षिया प्रतिमा थारू ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेको जानकारी आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए ।प्रतिमाका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन् । उनले के कति कारणले हाम फालिन भन्नेबारे अनुसन्धान भइरहेको र नहरमा बेपत्ता तीनै जनाको खोजी भइरहेको डिएसपी पाण्डेले बताए ।

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 146 पटक पढिएको
  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दुई वर्षपछि पक्राउ

    दैलेख -  दुई वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिबादी पक्राउ परेका छन् । दैलेखको नौमुले गाउँपालिकाबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । नौमुले गाउँपालिका–४ बाङ्गेबजार र वडा नम्बर १ नौमुले बजारबाट उनीहरू पक्राउ परेका हुन्। नौमुले गाउँपालिका–४ बाङ्गेबजार बस्ने ३० वर्षीय छबिन्द्र बुढा मगर,३१ वर्षीय कमल सारु मगर र ४२ वर्षीय कर्मसिंह दर्लामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह विस्टले बताए ।उनीहरू २०७७ भदौदेखि फरार थिए ।  उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विस्टले बताए । 

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 162 पटक पढिएको
  • रुकुम पूर्वमा ६ नाल भरुवा बन्दुक फेला

    रुकुम पूर्व - रुकुम पूर्वमा ६ नाल भरुवा बन्दुक फेला परेको छ । हिजो जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ३ को तुङबाङ खोलाको जङ्गलमा ६ नाल भरुवा बन्दुक फेला पारेको हो ।जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक ९डीएसपी० अञ्जना श्रेष्ठका अनुसार जङ्गलमा लुकाएर राखेको सूचनाको आधारमा खोजतलास गर्दा बन्दुक भेटिएको हो । भेटिएका बन्दुक जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले छ । 

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 187 पटक पढिएको
  • आजकाे माैसम

    काठमाण्डाै - आज धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव परेको छ ।यही प्रभावका कारण देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज प्रदेश १ मा फाट्टफुट्ट पानी  पर्ने सम्भावना छ ।अन्य क्षेत्रमा भने बादल लागे पनि वर्षाको कुनै सम्भावना छैन । यस्तै, आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो । भोलिको मौसम पनि यस्तै रहने अनुमान छ ।पश्चिमी वायुका कारण यसपालिको हिउँदमा मौसम बदली भइरहे पनि प

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 269 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.