समाचार

    Showing 21,121-21,130 of 22,794 items.
  • मिल्लर गाडी पल्टदा दुईको मृत्यु

    संखुवासभा / संखुवासभामा मिल्लर गाडी पल्टदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चालक भारत बिहार का ३५ वर्षीय श्याम झा र सोही गाडीमा सवार भारत युपीका –४० वर्षीय श्रीनिवास सिंह रहेका छन् । हिजो बेलुका ८ बजे चिचिला गाँउपालिका –३ केराबारी स्थित अरुण तेस्रो जलबिद्युत आयोजनाको एडिट फोरको सरसापटमा पटेल कम्पनीको ध्द्य ज्ञज्ञत्ऋ ण्द्दढट नम्बरको गाडी गिटी सिमेन्ट घोली पुर्याई फर्कने क्रममा आफै अनियन्त्रित भई अन्दाजी १५० मिटर तल खसि दुर्घटना भएको थियो । सो दुर्घटनाबाट गम्भिर घाईते भएका दुवै जनाको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको छ । 

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 91 पटक पढिएको
  • ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु

    संखुवासभा  / संखुवासभाको मादी नगरपालिका –१ तीनजुरे स्थित भित्री कच्ची सडक खण्डमा ट्याक्टर भिरबाट खसेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालिगुरास नगरपालिका –१ घुर्मुसे का ३७ बर्षीय रमेश दाहाल रहेका छन् । आज बिहान १ बजे टुटेबाट गुफा तर्फ जादै गरेको इल् त्भ्क्त् ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट बायाँ अन्दाजी ३०० मिटर तल भिरमा खसि दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमानै मृत्यु भएको हो ।

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 94 पटक पढिएको
  • सडक दुर्घटना :१२ जनाको मृत्यु

     काठमाडौं //देशका विभिन्न स्थानमा भएका दुर्घटनामा कम्तीमा १२ जनको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका-४ पन्चधुरा मन्दिर जाने गेट अगाडि सडकमा प्रदेश २-०१-००२ प ०५९७ नम्बरको मोटरसाइकल र ज.१२ प २९६१ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा प्रदेश २-०१-००२ प ०५९७ नम्बरको मोटरसाइकलका चालक सर्लाही ईश्वरपुर नगरपालिका-१ बस्ने २८ वर्षीय बिजय कुमार महतो र ज. १२ प २९६१ नम्बरको मोटरसाइकलमा सवार बर्दिबास नगरपालिका-३ बस्ने २७ वर्षीय सुरज तामाङ रहेका छन् । बिजयको शुभ स्वस्तिक अस्पताल र सुरजको रामजानकी अस्पतालमा उपचारको क्रममा मृत्

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 121 पटक पढिएको
  • मुगु दुर्घटना :ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

    मुगु // मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ। नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१३६ नंम्बरको यात्रुवाहक बस  छायाँनाथ रारा नगरपालिका -७ पिना गाउँसातमोडमा दुर्घटना भएको हो।नेपालगन्जमा उपचारको क्रममा  चारसहित ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएकाहरुको नेपालगन्जमा उपचार भइरहेको बताइएको छ। बसको टायर पन्चड हुँदा बस सडकदेखि दुई सय मिटर तल खसेको प्रमुख जिल्ला अधिकारी रोम महतले जानकारी गराएका छन्। 

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 160 पटक पढिएको
  • विङ्गर र मोटरसाइकल ठोक्किँदा १२ घाइते

    धनगढी / कैलालीमा विङ्गर र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।दुर्घटनामा परी मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका –१५ का लक्ष्मण चौधरीसहितका १२ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तरगत धनगढीबाट जाँदै गरेको से १ ज ११०५ नम्बरको वीङ्गरले  से ६ प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।घाइतेहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ । उनीहरूमध्ये मोटरसाइकल चालक चौधरीको अवस्था गम्भीर छ भने अन्य खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 83 पटक पढिएको
  • अपडेट : सिटिजन्स बैंकबाट २१ लाख रकम गायब, एक नेपालीसहित दुई भारतीय पक्राउ

    मोरङ / मोरङको धनपालनाथ गाउँपालिकाको कर्सियाको सिटिजन्स बैंकबाट लुटेराको समूहले २१ लाख रुपैयाँ चोरी गरेको छ । सोमबार दिउँसो ४ बजे तिर पेस्तोलसहित आठ जनाको समूहमा आएका लुटेराहरूले बैँकका सुरक्षा गार्डलाई गोली हानी २१ लाख रुपैयाँ रकम चोरी गरेको मोरङ प्रहरीले जनाएको छ । लुटेरा समूहले पेस्तोलबाट २ राउन्ड गोली चलाएकोमा एक राउन्ड गोली सुरक्षा गार्डलाई लागेको र अर्को गोली भने लुटेरा समूहकै सदस्यलाई लागेको बताइएको छ । गोली लागेर घाइते भएका बैँकका सुरक्षा गार्ड ३७ वर्षीय शीतल कुँवरको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।बैंक लुट्नलाई भारतीय नागरिक प्रयोग गरिएको खुलेको छ । नेपाल

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 640 पटक पढिएको
  • डडेल्धुरामा बस दुर्घटना हँदा १६ जना घाइते

    डडेल्धुरा / धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना भएको छ । दुर्घटनाबाट १६ जना घाइते भएका छन् । घाइते हुनेमा ६ महिला, २ बालबालिका र ८ पुरुष छन् ।बस ब्रेक फेल भएर मंगलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । बसमा ५०र६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 81 पटक पढिएको
  • च्याङ्ग्राको भाउ बढ्दा, खसीबोकाको माग बढ्यो

    कास्की  / दसैँ सुरु भएपछि पोखराको याम्दी र सिम्पानीमा हिमाली च्याङ्ग्रा आउन सुरु हुन्छ । पोखरा–बाग्लुङ राजमार्गको सिम्पानीबाट हेमजाको विभिन्न स्थानमा च्याङ्ग्राको हुल बिक्रीका लागि राखिएको हुन्छ । च्याङ्ग्रा खरिद–बिक्रीको मेला लाग्दछ ।व्यवसायीले मुस्ताङ, डोल्पा, रोल्पा, बैतडी, बझाङलगायतका जिल्लाबाट दुई– तीन साता लगाएर हिँडाएर च्याङ्ग्रा बिक्री गर्न पोखरा ल्याइ पु¥याउँछन् । बजारमा च्याङ्ग्रा देखिन थालेसँगै सर्वसाधारणमा दसैँ आएको छनक आउँछ । हिमाली चिसो मौसममा हुर्केका, जडीबुटी खाएकाले च्याङ्ग्र्राको मासु दसैँमा उपभोक्ताको विशेष रोजाइमा पर्छ । स्वादिलो हुने भएकाले सकभर दसैँमा धेरैको भान

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 100 पटक पढिएको
  • मोरङको कर्सियामा सिटिजन बैंकमा लुटपाट, एक घाइते

    विराटनगर  / मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैंकमा लुटपाट भएको छ । समूहमा आएका लुटेरा समूहले बैंकका सुरक्षा गाडीमाथि तीन गोली चलाएर बैंकमा लुटपाट गरेको हो । गोली लागेका गार्ड घाइते भएका छन् भने लुटपाटको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गोली चलेको सूचना पाए लगत्तै मोरङ प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार पाँच जनाको समूहमा आएको लुटेरा समूहले लुटपाट गर्न खोज्दा गोली चलेको हो । लुटेरामध्ये दुई जना तल र दुई जना बैँकको काउन्टरसम्म पुगेको प्रत्यक्ष दर्शीले

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 1,158 पटक पढिएको
  • अन्नपूर्णमा भएको दुर्घटनामा ८ जनाको मृत्यु

    बिर्तामोड / पर्यटकीय क्षेत्र अन्नपूर्ण गाउँपालिकामा भएको सडक दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका –११ घान्द्रुक जाँदै गरेको जिप दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो ।पोखराको हरिचोकबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप अपराह्न २ः०० बजे  अन्नपूर्ण को कलाभीर भन्ने ठाउँमा सडकबाट  ११० मिटर तल खसेको थियो ।दुर्घटनामा परी जिपका चालकसहित ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट घुम्न गएका ६ पुरुष, १ महिला र जिपका चालक खुसीमान क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । जिपमा चालकसहित १० यात्रु सवार रहेका थिए ।घाईते एक जनाको

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 100 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.