समाचार

    Showing 21,131-21,140 of 26,752 items.
  • विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक पक्राउ

    झापा-प्रहरीको केन्द्रीय साइबर ब्युरोले विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । थाइल्याण्डबाट नेपाल आइपुगेका उनलाई सोमबार बिहान पक्राउ गरिएको ब्युरोका एसएसपी नवीन्द्र अर्यालले बताए ।विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै महेशचन्द्र आचार्यले रेग्मीविरुद्ध ब्युरोमा उजुरी दिएका थिए । म्याद थप गरेर रेग्मीलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने समेत एसएसपी अर्यालले जनाए । रेग्मीले अन्य व्यक्तिको पनि चरित्रहत्या गरेको आचार्यले उजुरीमा उल्लेख गरेका छन् ।उनले आफ्नो फेसबुकको कभर तस्वीरमा अहिलेका चर्चित

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 307 पटक पढिएको
  • कार्य सम्पादमा जिल्लाकै उत्कृष्ट बन्यो सन्धिखर्क नगरपालिका

     झापा- अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँची जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको लागि निर्धारण गरिएका कार्य सम्पादन सूचकको मूल्यांकन नतिजा सार्वजनिक गरेकोमा सन्धिखर्क नगरपालिका जिल्लाकै उत्कृष्ट बन्न सफल भएको हो ।आयोगले सार्वजनिक गरेको नतिजा अनुसार सन्धिखर्क नगरपालिका ७५.००७५ अंक प्राप्त गर्दै अर्घाखाँची प्रथम र देशैभरीका ७ सय ५३ स्थानीय तहहरू मध्ये आठौं स्थानमा पर्न सफल भएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो। बजेट निर्माण तथा कार्यान्वयन, राजस्

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 102 पटक पढिएको
  • ३० करोड रुपैयाँको सुन्तला निर्यात

    पर्वत : जिल्लामा यो वर्ष करिब ३० करोड रुपैयाँको सुन्तला निर्यात भएको छ। निर्यात भएका चार हजार २५० मेट्रिक टन सुन्तलाबाट जिल्लामा २९ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिइन्। केन्द्रका अनुसार यो वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन वृद्धि भएको हो। यो वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ। यसमध्ये चार हजार २५० मेट्रिक टन सुन्तला निर्यात भएको केन्द्रले जनाएको छ। पर्वतबाट औसतमा ७० रुपैयाँको दरले सुन्तला निर्यात भएका छन

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 165 पटक पढिएको
  • मोरङ : सवारी दुर्घटनामा २ जनाको मृत्यु

    झापा- मोरङको दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन । आईतबार बिहान सुन्दरहरैचा-५ स्थित भित्री सडक खण्डमा प्रदेश १-०२-०४७ प २८२४ नम्बरको स्कुटर अनियन्त्रित  भई दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक सुन्दरहरैचा-५ का ५० बर्षीय चक्र बहादुर श्रेष्ठको बिराटनगर स्थित बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सोही दिन राती ११ बजे बिराटनगर-४ स्थित राजमार्गमा प्रदेश १-०२-०४२ प ६०४९ नम्बर र लु.१८ प ५४५६ नम्बरको मोटरसाईकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका बिराटनगर-४ का २६ बर्षीय प्रकाश महतको उपचारको क्रममा नोवेल अस्पतालमा मृत्यु भएको छ ।&nbs

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 182 पटक पढिएको
  • रहेनन् डाक्टर मथुराप्रसाद श्रेष्ठ

    झापा- डाक्टर मथुराप्रसाद श्रेष्ठको निधन भएको छ। अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन उनको आज विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।८८ वर्षीय डा श्रेष्ठको सोमबार बिहान ४ बजेर १५ मिनेट जाँदा मृत्यु भएको हो। डा. श्रेष्ठलाई दश दिनअघि अस्पताल भर्ना गरिएको थियो।नेपाली चिकित्सा क्षेत्रमा डा श्रेष्ठले ठूलो योगदान गरेका छन्। उनी कम्युनिटी मेडिसिनका प्राध्यापक हुन्। चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमको स्थापनामा पनि उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।डा श्रेष्ठकै पहलमा नेपालमा कम्युनिटी मेडिसिनको पाठ्यक्रम बनेको थियो। मेडिसिनलाई समुदायसँग जोड्नुपर्छ भन्ने अवधारणा अनुसार उनकै अगुवाईमा

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 135 पटक पढिएको
  • २५ फागुनदेखि जजिराले गौतमबुद्ध विमानस्थलमा पुनः उडान गर्ने

    झापम - मौसमको कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट उडान रोकेको जजिरा एयरलाइन्सले दुई महिनापछि पुनः उडान सुरु गर्ने भएको छ । यो विमानस्थल २ जेठमा व्यावसायिक रुपमा सञ्चालनमा आएसँगै जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा नियमित उडान गर्दै आएको थियो । जजिराले ६ पुस(२१ डिसेम्बर)देखि उडान रोकेको थियो । जजिराले ९ मार्चदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।उनका अनुसार जजिराले ९ मार्चदेखि हप्ताको तीन दिन उडान गर्दैछ । ९ मार्चदेखि उडान सुरु गर्न अग्रिम टिकट बुकिङसमेत थालिसकेको जानकारी आएको उनले बताए । प्रवक्ता झाका अनुसार मंगलबार, बि

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 77 पटक पढिएको
  • नख्खुबाट रिहा भए २३ जना कैदी

    झापा- कारागार कार्यालय नख्खुबाट २३ जना कैदी रिहा भएका छन् । राष्ट्रपतिबाट आम माफी पाएका २१ जना कैदी नख्खुबाट छुटेका हुन् । आम माफी पाएका २३ मध्ये अधिकांश कैदी छुटेको नख्खु कारागारका जेलर बद्रीनाथ गैरेले  बताए । उनले भने– ‘कसैको आफन्त जिम्मा लिन आउँदै हुनुहुन्छ, साँझसम्म उहाँहरु जानुहुन्छ ।’सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएकाहरु कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र चोरी मुद्दामा कैदीहरु नख्खुबाट छुटेका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय ९५ जनालाई कैद मिनाहा गर्ने निर्णय गरेकी थिइन् ।

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 68 पटक पढिएको
  • राजनीतिक दलसँग पूर्व राजा ज्ञानेन्द्र शाहले गरे सहकार्यको प्रस्ताव

    झापा- पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र जोखिममा परेको भन्दै राजनीतिक दलसँग सहकार्यको प्रस्ताव गरेका छन् ।राष्ट्रिय  प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै शाहले देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दल र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्न नहुने बताए। उहाँले नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने उल्लेख गरे ।पछिल्ला वर्षमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिराचिरा पर्न थालेको भन्दै शाहले चिन्ता व्यक्त गरे । उहाँले देशको परिस्थितिले आशा जगाउन

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 215 पटक पढिएको
  • राष्ट्रपतिबाट माफी पाएका सांसद चौधरी आज रिहा हुँदै

    झापा- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज रिहा हुने भएका छन्।  कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका हुन्। कारागार व्यवस्था विभागका महानिर्देशक चक्रपाणि पाण्डेले राष्ट्रपतिबाट आम माफी पाएर चौधरी छुट्न लागेको बताए। उनले गृह मन्त्रालयले आम माफीको पत्र विभागलाई पठाए लगत्तै उनी छुट्ने बताए।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन्। त्यसमा चौधरीको पनि नाम रहेको छ।२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाव

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 160 पटक पढिएको
  • आजकाे माैसम पुर्वानुमान

    झापा -हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । प्रदेश–१ र वाग्मती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।प्रदेश–१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।आज राति प्रदेश–१ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 180 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.