बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका –२ स्थित भलेनी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा –६ का ३० वर्षीय निरज तामाङ रहेका छन् । शुक्रबार बेलुका ४ बजे खुदुनाबारीदेखि शनिश्चरे आउँदै गरेको मे४ प२८१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोकी दुर्घटना भएको हो । मोटरसाइकल दुर्घटनाहुँदा चालक तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दियो ।
सुर्खेत / कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयले नेपालीहरुको महान् पर्व विजयादशमी, दीपावली तथा छठमा हुने अवाञ्छित तथा अपराधिक गतिविधि नियन्त्रण एवं सडक अनुशासन कायम गर्न चाडपर्व लक्षित सुरक्षा कार्य योजना ल्याएको हो ।यस योजनाअन्तर्गत १० जिल्लामा एकएक कमाण्ड सेन्टर स्थापना गरी चार हजार ३५१ प्रहरी जनशक्ति खटाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जानकारी दिए ।“नागरिकको शान्ति, सुरक्षालाई ध्यानमा राखेर हामीले सुरक्ष
मोरङ / कृषक एवं दुग्ध सहकारी संस्थाले दूध ढुवानीका लागि उपलव्ध हुने प्रतीक चिह्न (लोगो) सहज हुने सरोकारावालाले बताएका छन् । बन्द, हड्ताल, बन्दाबन्दीलगायतको अवस्थामा दूध ढुवानी अत्यावश्यक वस्तुमा परेपनि विभिन्न बहानामा रोकावट भइरहेकोमा लोगोको प्रयोगबाट समस्या निराकरण हुने विचार सरोकारवालाले व्यक्त गरेका छन् । अनावश्यक रोकावटका कारण दूधमा निकै क्षति हुनाले राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी गर्ने गाडीलाई कसैले रोक्न नसक्ने गरी पहिचानका लागि प्रतीक चिह्न (लोगो) तयार गरी ढुवानी साधनमा प्रगोग गर्न सुरु गरेको छ । दूध ढुवानी गर्ने गाडीको छुट्टै पहिचान नभएकाले बिना कारण विभिन्न ठा
काठमाडौं / बालिकाविरुद्धको हिंसा र विभेद अन्त्यका लागि घर परिवारदेखि नै जागरण ल्याउनुपर्नेमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय बालिका दिवस, २०२१ का सन्दर्भमा शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा गरिएको कार्यक्रममा मन्त्रालयका सचिव यमकुमारी खतिवडाले गर्भमा रहँदादेखि नै बालिकामाथि विभेद हुने स्थिति अन्त्य हुनुपर्ने बताए । उनले बालिकामाथि हुने हिंसा र विभेद अन्त्यका लागि भएका कानून र नीतिको कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्ध रहेको कुरा बताए ।मन्त्रालयका सहसचिव उमेश ढुङ्गानाले भएका कानूनको कार्यान्वयनका लागि स्थानीय तहसम्म संरचना ह
महोत्तरी / महोत्तरी जिल्लाको जलेश्वर–रौजा सडकखण्डमा पर्ने बजराही गाउँबाट आज प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका–८ बजराही गाउँको भित्री सडकबाट नम्बर नबुझिएको ग्ल्यामर मोटरसाइकलमा जाँदै गरेको अवस्थामा रु १० लाख चार हजार ५०० सहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जिल्लाकै मनरासिस्वा नगरपालिका–५ बस्ने मोटरसाइकल चालक ३४ वर्षीय दिपेन्द्रकुमार साह र सोही मोटरसाइकलमा पछाडि सवार भङ्गहा नगरपालिका–७ बस्ने १८ वर्षीया विन्दाकुमारी साह रहेका छन् ।रकम ब
बिर्तामोड / नेपालगञ्जदेखि १३ जना महिला र दुई जना पुरुष २० दिन सम्म पैदल हिडेर न्याय खोज्दै काठमाडौँ पुगेका छन् । घरेलु हिंसापीडित नकुन्नी धोबीको हत्या र निर्मला कुर्मी बेपत्ता बनाउनेलाई कारवाहीको माग गर्दैै उनीहरु काठमाडौ पुगेका हुन् । गत साउन ५ गते नकुन्नीको घरमै हत्या भएको थियो भने एकल महिला निर्मला कुर्मी अघिल्लो वर्ष बेपत्ता भएकी थिइन् । दुवै घटनाको जाहेरी दिएपनि प्रहरी, जिल्ला प्रशासन कार्यालय र सरकारी वकिल कार्यालयले जाहेरी नलिए पछि आफूहरु काठमाडौ आएको नकुन्नीका भाइ २८ वर्षीय माताप्रसाद धोवी बताए । घरमै भएको हत्याको छानबिन होस भनेर २० दिनसम्म नकुन्नी धोबीको परिवार र आफन्तजन बाँ
विराटनगर / विराटनगरमा आज (शुक्रबार) लुटेरा समुहले एक पसल लुटपाट गरेका छन् । वडा प्रहरी कार्यालयदेखि केही मिटर दक्षिण पूर्वपट्टि जयदीप ईलेक्ट्रोनिकको छेउमा रहेको एक गार्मेन्टको पसलमा लुटेरा समुहले बन्दुक देखाएर लुटपाट गरेका हुन् ।मोटरसाइकलमा आएका तीन जनाको समुहले पेस्तोलको पछाडि पट्टिको भागले सञ्चालक मनोज तोदीलाई हिर्काए ५० हजार रुपैयाँ लुटेको बताईएको छ । तीन जनामध्ये मध्ये दुई जना पसल भित्र पसेको कुटपिट गरेर लुटेको र एक जना चाँहि बाहिरै बसेको प्रत्यक्ष दर्शीले बताएका छन् ।
धरान / सशक्तीकरण ऐन र सकारात्मक विभेदको कानुन बनाएर सीमान्तकृत दलित समुदायलाई सरकारले सेवा सुविधा प्रदान गर्नुपर्नेमा प्रदेश सांसदहरुले जोड दिएका छन् । संसदीय पत्रकार मञ्च प्रदेश १ को आग्रहमा असोज १५ गते ६ जना सांसदहरुले सुनसरीको बराहक्षेत्र ५ स्थित भलुवाचौरीको मुसहर बस्तीमा पुगेर गरेको नागरिक संवादको प्रतिवेदन अनुसार सिमान्तकृत दलित समुदायलाई प्राप्त हक अधिकार अनुसार सेवा सुविधा दिलाउन सशक्तीकरण र सकारात्मक विभेदको कानुन बनाउनुपर्नेमा उनीहरूले जोड दिएका हुन । २१ असोजमा मञ्चले धरानमा सार्वजनिक गरेको नागरिक संवादको प्रतिवेदन अनुसा
दाङ / दाङमा एक युवकको खोलामा बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –६ का २६ वर्षीय गुरुप्रसाद चौधरी रहेका छन् । चौधरीको शुक्रबार बिहान गाउँ नजिकैको खोलमा डुबेर मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। चौधरी छारे रोगका बिरामी थिए । छारे रोगकै कारण चौधरीको नदि तर्ने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको एसपी काफ्लेले बताए ।
वीरगञ्ज / वीरगञ्जमा दाहसंस्कार गर्न लागिएको भारत घर भएकी १९ वर्षीया जयुनत खातुनको शव प्रहरीले नियन्त्रणमा लिएको छ । जबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएकोले घटना लुकाउन हतारमा शव गाड्न खोजेको भन्ने सूचनाको आधारमा शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि ९ जनालाई नियन्त्रणमा लिएको छ । जस मध्य १ जना नेपाली र ८ जना भारतीय रहेको पर्सा प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेकोले उनीहरूको नाम प्रह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.