अब सहकारीमा एक व्यक्तिले २५ लाख भन्दा बढी रकम जम्मा गर्न नपाइने भएको छ । सहकारी ऐन २०७४ मा संशोधन गरेर सरकारले व्यक्तिगत बचतको सीमा तोक्न लागेको हो । सहकारी ऐन सहित अन्य विभिन्न ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । उक्त विधेयकको नाममा 'सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक' रहेको छ ।सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण र व्यावसायिक वातावरण प्रवर्द्धन गर्न केही ऐनलाई संशोधन गर्न वाञ्छनीय भएकोले यो विधेयक ल्याईएको उल्लेख छ&nb
झापा - मोरङको सुन्दरहरैचा नगरपालिका- १० खोर्साने चोकबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार अपरान्ह साढे ४ बजे खोर्साने चोक स्थितमा फास्टफुट संचालन गरी बस्दै आएका २८ बर्षीय सुरज थापा मगरलाई पक्राउ गरेको हो । लागुऔषध सेवन तथा बिक्रिबितरण गर्दै आईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा उनको साथबाट २.२८ मिलिग्राम ब्राउन सुगर र १ थान मोबाईल फेला पारेको थियो । ब्राउन सुगर सहित पक्राउ परेका मगरको ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्या
धनगढी - निलम्बित प्रतिनिधिसभा सदस्य अरुण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ। १९ माघमा बाँकेबाट पक्राउ गरेका कैलाली २ बाट नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो।२९ गते देशबहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा आज अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो।उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधिमार्फत बयान दिनेछन्। २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक
झापा : मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको ना ७ ख ७४४० नम्बरको बस कालीगण्डकी नदीमा खसेको छ। मुस्ताङको थासाङ–३ धम्पुमा बस दुर्घटना भइ कालीगण्डकीमा खस्दा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख (डिएसपी)रविन्द्रनाथ पौडेलले जानकारी दिए।घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको अन्यको अवस्था सामान्य रहेको पौडेलको भनाइ छ। घाइते भएका ११ जनालाई थप उपचारका लागि पोखरा पठाइएको उनको भनाइ छ।
झापा – मोरङमा आउँदो ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने अभियान सुरु हुँदैछ । औषधि खुवाउन झण्डै दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ ।मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सुरेश मेहताले जानकारी दिनुभयो । अभियान १४ दिनसम्म चल्ने उहाँले बताउनुभयो ।गर्भवती, छारेरोग भएका, सात दिनका सुत्केरी, सिकिस्त बिरामीबाहेक दुई वर्षमाथिका सबैले यो औषधि खान हुने डाक्टरले बताएका छन् । हात्तीपाइलेविरुद्धको औषधि खाएपछि केहीमा सामान्य स्वास्थ्य समस्या देखिए केहीबेर आराम गर्न डाक्टरको सुझाव छ । तर, समस्या जट
झापा - नेपालगञ्जबाट पाँच लाख रुपैयाँभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरूलाई पक्राउ गरेको हो।बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपिण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना पक्राउ परेका हुन्। उनीहरूको साथबाट प्रहरीले एक हजारका नक्कली नोट ५६९ थान बरामद गरेको छ।रानाका साथबाट ४१८ थान नक्कली नेपाली एक हजारको नोट र कुमाइको साथबाट १५१ थान नक्कली नेपाली एक हजारको नक्कली नोट बराम
झापा – दाङको देउखुरीमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरेका छन् ।लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेका १९ वटा बाख्रामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो । बाख्रा बाँधेर राखेकाे खाेरभित्रै पसेर चितुवाले बाख्रामाथि आक्रमण गरेकाे हाे ।आफूले व्यावसायिक रुपमा पालेका बाख्रा मर्दा दुई लाख रुपैयाँ भन्दा बढी क्षति भएकाे पिडित किसान अधिकारीले बताउनुभयाे ।
झापा । ओपनर कुशल भुर्तेलले शतकीय पारी खेलेपछि नेपालले नामिबियाविरुद्धको खेल २ विकेटले जितेको छ ।विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको हो ।जितका लागि पाएको २८६ रनको लक्ष्य नेपालले १४ बल बाँकी छँदै पूरा गर्यो । नेपाललाई जित दिलाउन ओपनर कुशल भुर्तेल ११५ रनमा आउट भए ।
स्वदेश फर्कन लागेका चारजना थाई नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २४ केजी चरेससहित पक्राउ परेका छन् पक्राउ पर्नेमा तीन महिला र एकजना पुरुष छन् । माघ २८ गते थाई लाइन एयरलाइन्सबाट फर्कन लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट उनीहरू पक्राउ परेका थिए ।लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूको साथबाट २३ केजी ८ सय ग्राम चरेस बरामद भएको छ ।
रौतहट - लामो समयदेखि अलपत्र परेको निर्माणाधीन पुल यथाशीघ्र निर्माण गर्न माग गर्दै सोमबारबाट एक सञ्चारकर्मी अनसन बसेका छन्। रौतहटको गौर-टिकुलियास्थित लालबकैया नदीमा पप्पु कन्ट्रक्सनले अलपत्र परेको पुललाई यथाशीघ्र निर्माणका लागि नेपाल पत्रकार महासंघ रौतहटका सहसचिव संजय सहनी सोमबार साँझ ७ बजे बेलुकीबाट आमरण अनसनमा बसेका हुन्।सहनीले आफ्नो अभियानलाई सकारात्मक सोचका साथ हेरिदिन र निस्वार्थ ढंगले सहयोग गर्न अनुरोध गरेका छन्। आमरण अनसन बसेका सहनीले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री मन्त्री, सभामुख, पूर्व मन्त्री, मुख्यमन्त्री, सभामुख, संसद, पूर्व सांसद, स्थानीय तह प्रमुख एवं सरोकारवाला सम्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.