समाचार

    Showing 21,211-21,220 of 26,753 items.
  • बसको ठक्करबाट एक महिलाको मृत्यु, आफन्तद्वारा बजार बन्द

    सुर्खेत- वीरेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सोमबार बिहानैदेखि आफन्त आन्दोलनमा उत्रिएका छन् । उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका आफन्तहरुले प्रदेश राजधानी वीरेन्द्रनगर बजार बन्द गराएका छन् ।आन्दोलनकारीले वीरेन्द्रनगरका मुख्य चोकहरू यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोक र बसपार्कमा टायर बालेर सडकअवरुद्ध गरेका छन् । आन्दोलनका कारण प्रदेश राजधानी वीरेन्द्रनगरमा चल्ने सवारी साधनहरू ठप्प भएका छन् । छिटपुट मोटरसाइकल बाहेकका अन्य सवारी साधनहरू चल्न सकेका छैनन् । बसको ठकरबाट आइतबार दिउँसो वीरेन्द्रनगर बसपार्कमा जाजरकोटको छेडागाड-६ की ६६ वर्षीय नदी रावतको मृत

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 87 पटक पढिएको
  • भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा

    झापा । भारतीय सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् ।  दुई दिने नेपाल भ्रमणका लागि उनी भारतीय वायुसेनाको विशेष विमानबाट सोमबबार काठमाडौं आइपुगेका हुन् ।परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।सचिव क्वात्रा भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन । सो छलफलपछि पराराष्ट सचिव पौडेलले उनको सम्मानमा आयोजित ’लञ्च’ कार्यक्

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 45 पटक पढिएको
  • देउसाको एक घरमा आगलागी हुँदा ३७ लाख रुपैयाँभन्दा बढीको क्षति

    सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसाको एक घरमा आगलागी हुँदा ३७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । आज सोमवार बिहान अन्दाजी ३ बजे निवर्तमान वडाध्यक्ष राम सङ्घर्ष किराँतीको घरमा आगलागी हुँदा ३७ लाख ७३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हाे ।आगलागीबाट किराँतीको ढुङ्गा र सिमेन्टले बनेको दुई तले घर र नगद ६० हजार रुपैयाँसहित सबै धनमाल जलेर नष्ट भएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिनुभयो । आगलागीमा परि एक जना घाइते भएका छन् ।आगो लागेपछि भाग्ने क्रममा त्यही घरमा बस्दै आएका युवराज

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 155 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो

    काठमाडौं - सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।  मरिण गाउँपालिका–७ महेश्वता क्याम्पस चोकमा रोकिराखेको ना ३ त १६० नम्बरको ट्याक्टरसँग धमिलेबाट सिन्धुलीतर्फ आउँदै गरेको बा ५८ प ९०९८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको सिन्धुली प्रहरीले जनाएको छ।दुर्घटनामा परी मरिण गाउँपालिका ४ का ३३ वर्षीय जितेन्द्र माझी र सोही ठाउँका ३२ वर्षीय मेष बहादुर माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 142 पटक पढिएको
  • जनयुद्ध दिवसमा बिदा दिने निर्णयप्रति शान्ति समाजले जनायाे आपत्ति

    काठमाडौँ-‘जनयुद्ध दिवस’ को अवसरमा फागुन १ गते सोमबारका दिन बिदा दिने प्रदेश सरकारको निर्णय प्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ ।  बागमती प्रदेश सरकारको माघ २४ को बैठकले तथा त्यसभन्दा अघि कर्णाली प्रदेश सरकारले पनि जनयुद्ध दिवसमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यो निर्णय लोकतन्त्र र अहिंसाका सार्वभौम मान्यताको प्रतिकुल रहेको समाजको धारणा रहेको छ । यसै गरी माघ २७ गते काठमाडौँमा राष्ट्रपति विद्यादेवी भण्डारीको आवागमनको सन्दर्भलाई जोडेर सडकमा निस्किएको भन्दै चिकित्सक कुट्ने प्रहरी कृत्यको पनि शान्ति समाजले निन्दा गरेको छ । राजतन्त्र उन्मुलन भइसकेपछि पनि त

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 104 पटक पढिएको
  • १५ जना युवालाई बिर्तामोड ८ द्वारा सिपविकास तालिम प्रदान

    बिर्तामोड । झापाको बिर्तामोड ८ मा सञ्चालित ३ महिने सिप बिकास तालिमको आइतबार एक समारोहका समापन गरिएको छ ।सिप बिकास तालिम केन्द्र भद्रपुर झापा र बिर्तामोड नगरपालिका वडा नम्बर ८ को संयुक्त आयोजनामा तालिम गराइएको थियो ।८ नम्बर वडाका १५ जना युवा तथा लक्षित वर्गाको सहभागिता रहेको तालिममा वायरिङ, बिद्युत जडान, ट्रान्सफर्मर जडान, मर्मत लगायतमा तालिम प्रदान गरिएको प्रशिक्षक चेतन संग्रौलाले जानकारी दिनुभयो ।असोज २७ गतेबाट सञ्चालन भएको तालिम समापन समारोहका अध्यक्ष बिर्तामोड ८ का वडाअध्यक्ष अजय कार्कीले प्रशिक्षार्थीलाई तालिम लिएर प्रमाणपत्र बाकसमा राख्नु भन्दा पनि सिकेको सिप व्यवहारमा उतार्न आग्रह ग

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 146 पटक पढिएको
  • मल्याणी गाउँका १७ घर परिवार एक वर्षदेखि खोलाको पानी पिउँदै

    डोटी - डोटीको बडीकेदार गाउँपालिका–१ मल्याणी गाउँका १७ घर परिवारले एक वर्षदेखि खोलाको पानी पिउँदै आएका छन् । २०७३ सालमा ग्रामीण विकास सेवा केन्द्र डोटीले अनुकूलन परियोजना अन्तर्गत निर्माण गरेकाे सोलारमुसको इन्भटर बिग्रिएपछि उनीहरुले ठूला खाेलाकाे पानी पिउनु परेकाे हाे । स्थानीयवासीको साझेदारीमा गाउँ नजिक रहेको खोलाबाट सोलार आयोजना निर्माण गर्दा केही समय गाउँमा खानेपानीकाे समस्या हटेकाे थियाे ।  त्यसअघि पनि उनीहरुले खाेलाकै पानी पिउने गरेका थिए । खानेपानी वितरणका लागि निर्माण गरिएका धारा, ट्याङ्की पनि जीर्ण बन्दै गएकाे छ।एक वर्षदेखि खानेपानी खोलाबाट बोकेर

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 133 पटक पढिएको
  • बैंक विरुद्ध आन्दोलनको तयारी

    बिर्तामाेड । बैंकहरूले बढाएको ब्याजदर र उनीहरुले उद्यम व्यवसायका निम्ती कर्जा लिएका ऋणीहरुमाथि गरेको ज्यादतीविरुद्ध फागुन ५ गते शुक्रबार आन्दोलनको तयारी गरिएको छ । उद्योगी व्यवसायीहरूले बैंकहरुको ज्यादती सहन नसकेर सरकारलाई दबाब दिनका लागि सडक आन्दोलन गर्ने भएका हुन् ।  आफ्नो ब्यापार ब्यवसाय जोगाउनका बैंक तथा बित्तिय संस्थाले नदिएको भन्दै  सडक आन्दोलन गर्न बाध्य हुनु परेको संयुक्त मूल संघर्ष समितिका संयोजक  नरेश कटुवालले बताए । बैंकहरुले बढाएको चर्को ब्याजदरका कारण व्यवसायिहरु व्यवसायनै छोड्ने स्थितीमा पुगेको उनले बताए । उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहर

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 877 पटक पढिएको
  • जनयुद्धको दिवसमा सार्वजनिक बिदा

    इलाम - जनयुद्धको दिवसमा पाँचथरको फालेलुङ गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ। गाउँ कार्यपालिकाको माघ २८ शनिबार बसेको बैठकले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने भएको हो। प्रमुख प्रशासकिय अधिकृत डम्बर बहादुर आङदाम्बेले सूचना जारी गर्दै फागुन १ गते गाउँपालिका क्षेत्र भर सबै सरकारी कार्यालय र विद्यालयमा सार्वजनिक बिदा दिइएको जानकारी दिए।जनयुद्ध शुरुवातको दिनलाई सार्वजनिक बिदा दिने निर्णयले स्वागत योग्य भएको नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा १ नम्बर प्रदेशका संसदीय दलका नेता पुर्वअर्थमन्त्री इन्द्र आङ्बो मौसमले बताए। ‘महान जनयुद्धको दौरान पाँचथरमा सबैभन्द

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 93 पटक पढिएको
  • सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति

    काठमाण्डौ- नेपाल चिकित्सक सङ्घले अस्पतालमा आपत्कालीन बाहेकका सेवा बन्द गर्ने आन्दोलन फिर्ता लिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तामा नेपाल चिकित्सक सङ्घले अगाडि सारेका आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर आ–आफ्नो जिम्मेवारी सम्हाल्ने सहमति भएको हो ।शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा सङ्घले आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारेको थियो । यस सम्बन्धमा वार्ता गर्न सरकारले गठन गरेको टोली र आन्दोलनरत नेपाल चिकित्सक सङ्घको टोलीबीच वार्ता भएको हो ।टोलीबीच घाइते चिकित्सकको उपचार सरक

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 161 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.