समाचार

    Showing 21,231-21,240 of 26,753 items.
  • नक्कली लालपूर्जाबाट एनआइसी एसिया बैंकले २ करोड भन्दा बढीको ऋण दियो

    प्रदेश ब्युरो । अर्काको नाममा रहेको जग्गाको नक्कली लालपूर्जा बनाइ बैंकबाट ऋण उठाएको खुलासा भएको छ । राजविराज ८ का रवीन्द्र कुमार यादवको नाममा रहेको जग्गा राजविराज ९ का वर्षाना खातुनको नाममा नक्कली लालपूर्जा तयार गरी राजविराज १ का समसादले एनआइसी एसिया बैंक राजविराज शाखाबाट २ करोड ८० लाख रुपैयाँ स्वीकृत गराइ २ करोड ३० लाख रुपैयाँ विभिन्न व्यक्तिलाई भुक्तानी दिइएको खुलासा भएको छ ।घटनापछि बिहान १० बजेदेखि नै बैंकमा सर्वसाधारणको भीड लागेको थियो भने वास्तविक जग्गाधनी र उनका आफन्तले विवाद गरेका थिए । उक्त कार्यमा सद्दामको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानमा पाइएको बैंक प्रशासनको भनाइ छ । वास्

    • प्रकाशित मितिः माघ २८, २०७९
    • 1,265 पटक पढिएको
  • राष्ट्रपतिले बोलाइन शीतल निवासमा नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरुलाइ

    राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदलाई शीतल निवासमा बोलाएकी छन् । राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार सांसदहरूलाई दिउँसो ३ बजेका लागि शीतल निवासमा बोलाइएको हो ।  उनका अनुसार बधाई तथा शुभकामना दिन राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाका सांसदलाई शीतल निवास बोलाएकी हुन् । सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित रहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा शीतल निवास बोलाएकी हुन् । भण्डारीको कार्यकाल २८ फागुनमा सकिँदै छ । नयाँ राष्ट्रपतिका लागि २५ फागुनमा चुनावको मिति तय गरिएको छ ।   

    • प्रकाशित मितिः माघ २८, २०७९
    • 265 पटक पढिएको
  • राष्ट्रपतिले माफी माग्नु पर्छ ; राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

    झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सवारीका क्रममा कुटिएका चिकित्सकसँग राष्ट्रपतिले माफी माग्नुपर्ने बताएकाे छ । पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उनको फेसबुक मार्फत एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।ट्रमासेन्टरका चिकित्सकलाई प्रहरीले निर्घात कुटपिट सिकिस्त बनाएको घटनाले आफू मर्माहत भएको उनले उल्लेख गरेका छन् ।´शुक्रबार दिउँसो सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर फर्किने क्रममा बाटो हिँडेको भन्दै बाटोमा हिँड्दै गरेका ट्रमासेन्टरका चिकित्सकलाई प्रहरीले निर्घात कुटपिट गरी सिकिस्त बनाएको घटनाले हामी मर्माहत

    • प्रकाशित मितिः माघ २८, २०७९
    • 369 पटक पढिएको
  • बिध्युतीय धरापमा परी झापा बिर्तामोडका खेम श्रेस्ठको मृत्यु

    राति पिसाब फेर्न निस्किदा हात्ती धपाउन थापेको विद्युतीय धरापमा परी करेन्ट लागेर सिकिस्त भएका श्रेष्ठलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको थियो उपचारकै क्रममा बिर्तामोड ७ बाह्रघरेका ४९ बर्षिय खेम श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ।श्रेष्ठले जंगली हात्ती धपाउन आफ्नै घरवरिपरि बिध्युतिय धराप थापेका थिए । हात्ती प्रभावित क्षेत्रमा मानिसहरुले यस्ता किसिमको जोखिमपूर्ण उपाय अपनाउँदै आएका छन् ।

    • प्रकाशित मितिः माघ २८, २०७९
    • 386 पटक पढिएको
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर पदमुक्त भएका छन् । थाई एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उदेश्यले कुराकानी गरेको श्रव्य दृश्य प्राप्त भएपछि ठाकुर निलम्बनमा परेका हुन् ।मन्त्रालयले यसबारे थप अनुसन्धान गर्न अख्तिया दुरुपयोग अनुसन्धान आयोगमा पत्रचार गर्ने तयारी गरिएको जनाएको छ। उक्त श्रव्य सामाग्री प्राप्त भएपछि सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा ठाकुरलाई पदबाट निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 309 पटक पढिएको
  • चोरी मुद्धाका फरार दुई प्रतिवादी पक्राउ

    झापा- चोरी मुद्धाका फरार दुई प्रतिवादी पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा गौरादहका  बिजय भन्ने रोबिन राजवंशी र एलेक्स भन्ने बिजय चौधरी रहेका छन् । झापा जिल्ला अदालतको मिति २०७८ कार्तिक १४ गतेको फैसला अनुसार चोरी मुद्धामा गौरादह नगरपालिका वडा नं.८का २५ वर्षिय बिजय भन्ने रोबिन राजवंशीलाई ६ महिना कैद र रु ५हजार जरिवाना सुनाइएको थियो । सोही दिनको फैसलामा एउटै घटनामा संलग्न गौरादह नगरपालिका वडा नं.२ का ३६ वर्षिय एलेक्स भन्ने बिजय चौधरीलाई १ बर्ष ६ महिना कैद र रु १५ हजार जरिवाना सुनाइएको थियो ।फरार रहेका राजवंशी र चौधरीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 114 पटक पढिएको
  • किन निलम्बनमा परे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर ?

     काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएको छ । सोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको उनले बताए ।यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने मन्त्रालयले जनाएको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा कार्यरत थिए । य

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 130 पटक पढिएको
  • स्यालाखदी केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

    काठमाडौं - पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मिनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ । 

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 172 पटक पढिएको
  • गोरखनाथ वैदिक गुरुकुलमा आगलागी

    दाङ – दाङको घोराही उपमहानगरपालिका-१७ स्थित चौघेरा गोरक्ष रत्ननाथ मठको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी भएको छ ।शुक्रबार बिहान करिब ४ बजे तिर  गुरुकुलमा अध्यन गर्ने बटुकको आवासमा आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।गुरुकुलको बटुक बस्ने आवासको कोठामा विद्युत सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।आगलागी भएको खबर पाए लगत्तै प्रहरी, सशस्त्र प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा बिहान करिब ५ बजे आगो नियन्त्रण लिएको गौतमले बताए ।आगलागीबाट बटुकको पुस्तक खाद्यान्न लत्ता कपडा सम्पूर्ण जलेर नष्ट भएका छन् । गुरुकुलमा २५ जना बटुक आवा

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 176 पटक पढिएको
  • बन्दिपुरमा एक बाख्रा फर्ममा आगलागी, ६० लाख रुपैयाँ बराबरकाे क्षति

    तनहुँ – तनहुँको बन्दिपुर गाउँपालिका-५ याम्पामा रहेकाे कुमालटारी बाख्रा फार्ममा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।स्थानीय चेतप्रसाद तिवारी, कुलप्रसाद तिवारी र विष्णु अम्गाईले सञ्चालन गरेको फार्ममा हिजाे बिहीवार दिउँसो आगलागी भएकाे हाे । आधुनिक बाख्राको खोर निर्माणका क्रममा विद्युत् सर्ट भएर आगलागी हुँदा फार्मकाे ८० प्रतिशतभन्दा बढी भाग जलेर नष्ट भएकाे छ ।वडा अध्यक्ष ध्रुव लामिछानेका अनुसार फार्ममा करिब १ सय २० वटा बाख्रा र २ सय वटा कुखुरा पालिएकाे थियाे । खोरमा रहेका बाख्रालाई बाहिर निकालिएकाे तर केही कुखुरा मरेका

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 168 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.