समाचार

    Showing 21,241-21,250 of 22,794 items.
  • १४६ ग्राम ब्राउनसुगर र नगदसहित बिर्तामोड बाट दुई पक्राउ

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाबाट ठूलो परिमाणमा ब्राउनसुगर र नगदसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका बिर्तामोड–१ स्थित पञ्चकन्या प्लटिङबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।कनकाई नगरपालिका–९ का टेकराज साह र सोही स्थानका २४ वर्षीय विकास मर्डीलाई  १४६ ग्राम ब्राउनसुगर र रु दुई लाख ६९ हजार ३०० सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।सुरुमा प्रहरी टोलीले जाँच गर्दा साहको साथबाट ०.५ मिलिग्राम र मर्डीको साथबाट चार ग्राम पाँच मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । सोधपुछ गर्दा मर्डीको बिर्तामोड–१

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 2,501 पटक पढिएको
  • १८ वर्ष अघिको रिसइबी लिएर एक वृद्धको हत्या आरोपमा ३ पक्राउ ,मुख्य योजनाकार फरार

    रौतहट // घाँस काट्न गएका एक ५० वर्षीय वृद्धको हत्या आरोपमा पक्राउ परेका ३ जनालाई रौतहट प्रहरीले सार्वजनिक गरेको छ। मुख्य योजनाकार भने फरार भएका छन्। चन्द्रपुर नगरपालिका–३ का ४५ वर्षीय प्रल्हाद फुयाँल, पसाको पर्सागढी नगरपालिका–१ सिर्जनाटोलका २४ वर्षीय रमेश पहरी र नवलपरासी पूर्वको कावासोती नगरपालिका –८ का २३ वर्षीय सूर्य भण्डारीलाई हत्या आरोपमा पक्राउ गरि सार्वजनिक गरेको हो। घटनाको मुख्य योजनाकार चन्द्रपुर नगरपालिका –४ कप्तान टोलका ३८ वर्षीय सहदेव भन्ने डोलप्रसाद बोलखे भने फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।१८ वर्ष अघिको रिसइबी लिएर उनीहरूले गत भदौ २६ गते घाँस काट्न गएका चन्द्रपुर नगरप

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 174 पटक पढिएको
  • भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने

    बिर्तामोड / जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ । कोरोना सङ्क्रमणका कारण धरासायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनःउत्थानका लागि उक्त परियोजनाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा सङ्लग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नदी सफा गर्न दिएको हो । आइतबार भोटेकोशीबाट सुरु गरिएको कार्यक्रम मङ्गलबार त्रिशूली र शुक्रबार कर्णालीमा शुभारम्भ गरिने नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सीज (नारा)का महासचिव शिशिर खनालले राससलाई जानकारी दिए । उक्त कार्यक्रमअन्तर्गत रिभर गाईड र कर्मचारीले नदी सफा र

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 98 पटक पढिएको
  • ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

    ताप्लेजुङ / ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका –४, तेल्लोकमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीय इन्द्र भट्टराई रहेका छन् । हिजो बेलुका ७ बजे पूर्वबाट पश्चिम आउँदै गरेको मे१त ६३९९० नम्बरको ट्याक्टरले पैदल यात्री भट्टराईलाई ठक्कर दिई घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक सन्जराज लिम्बू इलाका प्रहरी कार्यालय तेल्लोकको नियन्त्रणमा रहेको छ । 

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 77 पटक पढिएको
  • टिपरको ठक्करबाट एकको मृत्यु

    सुरुङ्गा / झापाको सुरुङ्गास्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी –१० मा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका –९ का ४० वर्षीय नेत्र खड्का रहेका छन् । पूर्ववाट पश्चिम तर्फ जादै गरेको को २ च २६३२ नं को बोलेरोलाई सोही दिशाबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टिपरले ठक्कर दिँदा खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।टिपर चालक मकवानपुरको थाहा नगरपालिका –८ निवासी २४ वर्षीय  सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालयले बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 77 पटक पढिएको
  • पशुपतिका साधुमाथि खुकुरी प्रहार

    काठमाडौँ / पशुपतिनाथ मन्दिर क्षेत्रका एक साधुमाथि खुकुरी प्रहार भएको छ । सोमबार बिहान विश्वरुपा मन्दिर नजिकै २५ वर्षीय सन्तोष बाबामाथि खुकुरी प्रहार भएको हो ।बाबा शौचालयतर्फ जाँदै गर्दा एक अज्ञात व्यक्ति आएर माल निकाल भनेर गाँजा मागेका थिए । तर, बाबाले छैन भनेपछि ती व्यक्तिले खुकुरी प्रहार गरेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरले जानकारी दिए । ती व्यक्ति खुकुरी प्रहार गरेर फरार भएका छन् भने, खुकुरीको प्रहारबाट घाइते भएका बाबा ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 108 पटक पढिएको
  • दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो : ११ काउन्टर थप

    काठमाडौँ / दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागिर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । सरकारले यस वर्षको दशैँका लागि घर जानेका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै पश्चिमको धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको सिराहा, सप्तरी, ताप्लेजुङ, इलाम, झापा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको बसपार्कमा लाइन देखिन थालेको छ ।  गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रिम टिकट बुकिङ खुला गरिएक

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 102 पटक पढिएको
  • विराटनगर उडेको जहाज २ घण्टापछि त्रिभुवन विमानस्थलमै अवतरण

    बिर्तामाेड / काठमाडौँबाट विराटनगर प्रस्थान गरेको एक जहाज दुई घण्ट पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किएको छ । बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगर तर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि पुनः काठमाडौं नै फर्किएको हो । उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँ तर्फको पाङ्ग्रा नखुलेपछि पुनः काठमाडौँ नै फकीएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । महानिर्देशक क्षेत्रीका अनुसार अहिले उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  ‘नर्मल ल्याण्ड’ गरेर पार्किङस्थलमा गइसकेको छ ।&nbs

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 605 पटक पढिएको
  • ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु

    सिरहा / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका –३ स्थित गागन खोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १३१ नं को ट्रकले विपरीत दिसातर्फ जाँदै गरेको स७ प ९१८५ नं को मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको कञ्‍चनरुप नगरपालिका –७ का ३० वर्षीय अभिषेक कटुवाल र ३७ वर्षीय अच्युत लुइँटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्रकको ठक्करबाट गम्भीर घाइते कटुवालको उपचारका क्रममा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र लुइँटेलको विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोल बजारका प्रहर

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 99 पटक पढिएको
  • बाढीका कारण हुम्लाको ऋदम् साना जलविद्युत् आयोजनामा क्षति

    हुम्ला /अविरल वर्षाका कारण आएको बाढीले हुम्लाको ऋदम् साना जलविद्युत् आयोजनामा क्षति पुगेको छ । गत शुक्रबार आएको बाढीले उक्त आयोजनाको १३० मिटर पाइपमा क्षति पुर्‍याएको हो ।हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीसमेतको टोलीले उक्त बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेको छ । निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी आचार्यले दसैँ अगाडि आयोजनाको मर्मत गरेर विद्युत् उत्पादनको कार्य पुनःसुरु गर्ने सम्भावना नरहेको बताए ।हुम्लामा यतिखेर विद्युत् सेवा अवरुद्ध भएको छ । बिजुली नभएपछि यहाँका कतिपय स्थानमा सञ्चार सेवा समेत अवरुद्ध हुन पुगेको छ । 

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 74 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.