समाचार

    Showing 21,251-21,260 of 26,753 items.
  • मेनपावरका शाखालाई आर्थिक कारोबारको अधिकार

    झापा । मेनपावका शाखा कार्यालयले अब आर्थिक कारोबार गर्न पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयले निर्माण गरेको नयाँ कार्यविधि २०७९ अनुसार मेनपावरका शाखालाई आर्थिक कारोबारको अधिकार दिएको हो । बैदेशिक रोजगार ऐन २०६४ ले शाखालाई आर्थिक कारोबार गर्न बन्देज गरेको थियो । बैदेशिक रोजगारीमा जाने युवाको हितका लागि नयाँ कार्यविधि बनाएर आर्थिक कारोबारको अधिकार शाखालाई दिएको बैदेशिक रोजगार बिभागका शाखा अधिकृत प्रदिप ढकालले बताए । उनले शाखा सञ्चालनका लागि दर्ता प्रकृया समेत खुलेको उल्लेख गरे । नयाँ कार्यविधि अनुसार एक मेनपावरले एक प्रदेशमा एक शाखा सञ्चालन गर्न पाउने छन् । यद्यपी देशभर गरि तीन व

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 215 पटक पढिएको
  • स्रोत नखुलेको ९ लाख २० हजार रूपैयाँसहित एक जना पक्राउ

    विराटनगर- स्रोत नखुलेको ९ लाख २० हजार रूपैयाँसहित विराटनगरबाट बुधबार राति एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  विराटनगर महानगरपालिका–१९ का ४२ वर्षीय सञ्जीवकुमार साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार भारतीय मोटरसाइकलमा सवार रहेका साहलाई विराटनगर–१० बाट राति ८:३० बजेतिर पक्राउ गरिएको हो। कार्कीले बीआर ३८ एन ४९३० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको बताए। उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने अनुमान प्रहरीको छ।  प्रहरीका अनुसार पक्राउ परेका साहले साथबाट बरामद भएको रकमको स्रो

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 80 पटक पढिएको
  • दानबीरको घर बनाउन चन्दाको भर

    बिर्तामोड । विगतमा दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिएर अहिले विचल्लीमा परेका जग्गादाता उजारु राजवंशीको परिवारका लागि घर निर्माण शुरु गरिएको छ । बुधवार बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले घरको शिलान्यास गरिन् । करिव ५ लाख रुपैयाँको लागतमा तीन कोठे पक्की घर बनाइदिन लागेको उजारु राजवंशी भवन निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले बताए । घर निर्माणका लागि विभिन्न दाताहरुले सहयोग गर्ने बचन दिएका छन् । घरको शिलान्यास गर्दै नगर प्रमुख प्रसाईले उहिले हुँदाखेरि विद्यालयलाई सहयोग गरेका राजवंशी परिवारलाई अहिले उनीहरुको नभएको अबस्थामा समाजले सहयोग गर्नुपर्ने बताइन् ।

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 350 पटक पढिएको
  • सुनौला हजार दिनका आमाहरूलाई विराटनगर महानगरको पोषणसम्बन्धी अभिमुखीकरण

    विराटनगर - विराटनगर महानगरपालिकाले सुनौला हजार दिनका आमाहरूलाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।  महानगरले प्रदेश–१ सरकार र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत समुदायमा सुनौला हजार दिनका आमाहरूलाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । विराटनगर–४ को खार्जीमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गुणस्तरीय र नियमित सेवा दिनलाई कर्मचारीहरूलाई आग्रह गरे । नाग

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 63 पटक पढिएको
  • नेता टुडुलाई मातृशोक

    झापा - संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्र झापाका सचिव मोहन टुडुलाई मातृशोक परेको छ । मोहनकी आमा दुलारी टुडुको ७४ बर्षको उमेरमा उपचारका क्रममा आज बिहान मेची प्रादेशिक अस्पतालमा निधन भएको हो । उनको आजै स्थानिय देवनिया घाटमा अन्त्येष्टि गरिने पारिवारीक स्रोतले जनाएको छ । लामो समयदेखि दम र प्रेसर रोगले ग्रसित दुलारीका देवन, मोहन र अपेन तीन छोरा साथै फुलमती र हिरामती दुई छोरी छन् ।

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 260 पटक पढिएको
  • भत्ता बुझेर घर फर्किँदै गर्दा एक वृद्धाको बीच बाटोमा नै मृत्यु

    बझाङ - सामाजिक सुरक्षा भत्ता बुझ्न हिडेकी बझाङको छविसपाथिभेरा गाउँपालिका–१ कि ७२ वर्षीया सिता गिरी बाटैमा मृत्यु भएको छ । सामाजिक सुरक्षा भत्ता बुझ्न छविसपाथिभेरा गाउँपालिकामा अवस्थित कुमारी बैंकमा पुगेकी गिरीको भत्ता बुझेर घर फर्किने समयमा बीच बाटोमा नै मृत्यु भएको उनका आफन्तले जनाएका छन् ।श्रीमानको निधन भएको लामो समय भएको थियो । उनका आफन्त पनि घर नभएको र गिरी केही समयदेखि बिरामी रहेको सेती क्याम्पस बगडगाउँका प्राध्यापक लक्ष्मण गिरीले बताए । उनले भने, ‘गिरी दमको बिरामी हुनुहुन्थ्यो । नजिकका आफन्तहरुले सामाजिक सुरक्षा भत्ता बुझ्ने ब्यवस्था भएको भए सायद उनको मृत्यु हुँदैन थियो । उनको बुहार

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 114 पटक पढिएको
  • चार एसएसपी डिआइजीमा बढुवा सिफारिस

    झापा : सशस्त्र प्रहरी बलका चार जना ससस्त्र प्रहरि वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।सशस्त्रमा ४ जना डीआईजीको पद रिक्त छ । सो रिक्त पदमा  सुरेश कुमार श्रेष्ठ,अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको हो।

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 156 पटक पढिएको
  • सत्ता गठबन्धन विघटनको संघारमा

    झापा । सत्ता गठबन्धनमा राष्ट्रपतिको विषय पेचिलो बन्दै गएको छ । सरकार गठनका बेलाको सहमतिअनुसार एमालेले राष्ट्रपतिको उम्मेदवार आफ्नो हुनुपर्ने अडान राखिरहेको छ । तर, एमालेको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले भने एमालेलाई राष्ट्रपति नदिने योजना अनुसार ‘राष्ट्रिय सहमति’को एजेण्डा उठाएका छन् ।१० पुसमा भएको छलफलमा एमाले र माओबादी केन्द्र बीच राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलगायतका विषयमा ‘भद्र सहमति’ भएको थियो । दुवै दलका नेताहरुले बताएअनुसार भद्र सहमतिमा एमालेले राष्ट्रपति लिने प्रधानमन्त्री र सभामुखमा एमाले र माओवादीबीच आधा–आधा कार्यकाल सहकार्य गर्ने भन्ने सहमति भएको थियो ।उक

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 340 पटक पढिएको
  • सरकारी बिदा घटाउने प्रधानमन्त्रीको आशय

    झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले सरकारी बिदा धेरै भएका कारण सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक रहेको बताएका हुन् ।उनले भने, ’हाम्रा सरकारी बिदाहरू धेरै भए । यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ । यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषद्मा पनि छलफल गरेका छौं । गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ ।’प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 316 पटक पढिएको
  • खारेज होला त रविको मतदाता परिचयपत्र ?

    झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मतदाता परिचयपत्र खारेजीको माग गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अवैध ठहर गरेपछि उनको मतदाता खारेजीको माग गरिएको हो । लामिछानेको नागरिकता नै अवैध ठहर भएकाले सोही नागरिकताको आधारमा बनाइएको मतदाता परिचयपत्र रद्द गर्न अधिवक्ता अनुपम भट्टराईले जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका छन् ।भट्टराईले ३७८७ नम्बरमा दर्ता गरेको निवेदनमा माघ १३ गतेको सर्वोच्चको फैसलापछि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट उनले रितपूर्वक नागरिकता लिएको उल्लेख गर्दै भनेका छन्, ‘तत् सम्बन्धमा मतदाता नम्बर २६३४२९ को प्रयोग गरि निजले काठमाडौं क्षेत्

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 169 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.