समाचार

    Showing 21,301-21,310 of 26,753 items.
  • बिर्तामोड नगर प्रहरीद्वारा जफत गरिएको प्रतिबन्धित ३ सय किलो माछा नष्ट

    बिर्तामोड नगर प्रहरीद्वारा सुक्रबार जफत गरिएको प्रतिबन्धित ३ सय किलो माछा नष्ट गरिएको छ । नगर प्रहरीले अदुवाखोला छेउमा रहेको प्रभु माछा पसलबाट रहु, पंगास र पम्प्लेट जातका मरेका माछा भारतबाट ल्याएर विक्री गरिरहेको सूचनाका आधारमा शुक्रवार जफत गरेको थियो ।उक्त माछा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको रोहबरमा माछा पालक कृषक सहिको उपस्थितिमा सैनिकमोड छेउमा खाल्डो खनेर पुरिएको छ ।नगर उपप्रमुख संग्रौलाले माछा व्यवसायी अर्जुन सहनीले भारतबाट माछा ल्याएर विक्री गरिहेको पाइएको र सहनीलाई यसअघि पनि पटक–पटक सचेत गराएको कारण अब कानूनी कारबाही गरिने बताए । बिर्तामोड नगर प्रहरीले यसअघि पनि सहनीको माछा पक्र

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 170 पटक पढिएको
  • प्रधानमन्त्रीसामु रविले बुझाए राजीनामा

    प्रदेश ब्युरो। सर्वोच्च अदालतले नागरिकतासम्बन्धी मुद्दामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई दोषि ठहर गरेसँगै उनले राजनीनामापत्र बुझाएका छन् । उनले आजै बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामापत्र बुझाएका हुन् ।लामिछाने प्रचण्डले पहिलोपटक गरेको मन्त्रिपरिषद् विस्तारमा उपप्रधान तथा गृहमन्त्री भएका थिए । राजनीतिमा होमिएको ६ महिनामै उक्त पदमा पुगेका लामिछाने अब राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि नरहने भएका छन् ।नागरिकता पुनः प्राप्तीको पक्रिया पूरा नगरेको भन्दै अदालतले आज उनको सबै पद बदर गरेको हो ।

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 101 पटक पढिएको
  • रवि लामिछानेले आइतबारनै नागरिकताको प्रतिलिपि लिने

    प्रदेश ब्युरो - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको आइतबार नै नागरिकताको प्रतिलिपि लिने भएका छन् ।सर्वोच्च अदालतले लामिछानेले प्रयोग गरेको नागरिकता बदर गरेपछि नयाँ प्रतिलिपि नागरिकता लिन लागेका हुन् ।‘आइतबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट उहाँ (रवि लामिछाने)ले नागरिकताको प्रतिलिपि लिनुहुनेछ, हामी तयारीमै छौं’–लामिछानको स्वकिय सचिव प्रकाश सिग्देलले भने ।उनका अनुसार नागरिकताको प्रतिलिपि लिने बित्तिकै लामिछाने चितवन आउने छन् । उनी गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं.२ बाट निर्वाचित भएका थिए । लामिछानको सांसद पद खारेज भएसंगै यस निर्वाचन क्षेत्रमा उपनिर्

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 94 पटक पढिएको
  • रबिले भने- यतिखेर म परिचय नभएको अनागरिक भएको छु

    झापा - सांसद पद खारेज भएपछि गृह मन्त्रालयबाट बाहिरिँदै रवि लामिछानेले यतिबेर आफू परिचय नभएको अनागरिक भएको बताएका छन् । उनले संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताए ।उनले अहिले आफू अनागरिक भएकोले कसलाई प्रश्न सोध्नु भएको भन्दै संचारकर्मीलाई प्रतिप्रश्न गरे । 'अनागरिकलाई प्रश्न गर्नु भएको छ । थाहा छैन । एउटा अनागरिकले के गर्छ ?' उनले भने, 'अदालतको फैसलालाई स्वागत गर्छु । म अध्यक्ष छैन, केही पनि होइन । यतिखेर म परिचय नभएको अनागरिक भएको छु ।'

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 73 पटक पढिएको
  • सर्वोच्चको फैसलाविरुद्ध रवि लामिछाने समर्थकको नाराबाजी

    सर्वोच्च अदालत परिसरबाहिर रवि लामिछानेका कार्यकर्ताले नाराबाजी गरेका छन्।सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नागरिकता कानुनसम्मत नभएकाले उनको सांसद पद बदर गर्ने फैसला गरेपछि उनका कार्यकर्ताले नाराबाजी गरेका हुन्। उनीहरूले ‘रवि दाइ– हाई, हाई, रवि दाइ– जिन्दावाद’ लगायत नारा लगाएका थिए। नाराबाजी गर्नेमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ।सर्वोच्च बाहिर रविका समर्थकले नाराबाजी गरेपछि संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू उच्च सुरक्षाबीच सर्वोच्चबाट बाहिरिएका थिए।

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 127 पटक पढिएको
  • रवि लामिछानेले रास्वपाको सभापति, उपप्रधान तथा गृहमन्त्री पद पनि गुमाए

    सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि सांसद पद गुमाएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पदसमेत गुमाउने भएका छन्। निर्वाचन आयोग उच्च स्रोतले नेपालखबरलाई बताएअनुसार कानुनत: उनको सभापति पद गएको छ। उनले २०५० लिएको नागरिकता नै निर्वाचन आयोगमा दल दर्ताका लागि पेश गरेको निवेदन पनि अवैध भएको छ। अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया अघि नबढाएकै कारण लामिछानेले सांसद पद गुमाएका हुन्। शुक्रबार सर्वाेच्च अदालतको संवैधानिक इजलासले  उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदि

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 76 पटक पढिएको
  • रवि लामिछानेको सांसद पद खारेज भएको फैसला आए सँगै विरोध प्रदर्शन गरेका २ जनालाई प्रहरीले हिरासतमा लिएको छ ।

     प्रदेश ब्युरो। रवि लामिछानेको सांसद पद खारेज भएको फैसला आए सँगै विरोध प्रदर्शन गरेका २ जनालाई प्रहरीले हिरासतमा लिएको छ । सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो ।यससँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गएको छ ।फैसला प्राप्त हुनासाथ महान्यायाधिवक्ता कार्यालयमा वरिष्ठ सरकारी वकिलहबिच छलफल भइरहेको छ ।‘नागरिकता पद नै नरहेकाले अहिले त उहाँको दुवै पद रहँदैन’, एक सरकारी वकि

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 76 पटक पढिएको
  • एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूद्वारा शिक्षामन्त्रीको पुत्ला दहन

    नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार बिहान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । अनेरास्ववियूले प्रदर्शनी मार्गस्थित रत्नराज्य(आरआर)  क्याम्पस अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेको हो ।शिक्षामन्त्री खनालले निजीलाई पोसेको उनीहरुको आरोप छ । उनीहरूले मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै उनको राजीनामा समेत माग गरेका छन् ।

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 119 पटक पढिएको
  • लोकदोहोरी गायक भीम पौडेलको निधन

    लोकदोहोरी गायक भीम पोडेलको निधन भएको छ । स्याङजा खुदी घर भएका उनी लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि विरामी रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी बताउँछन् । उनको घरमै निधन भएको हो । लामो समयदेखि उनी लोकदोहोरी गायनमा सक्रिय थिए । दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका पौडेल पछिल्लो समय  लाइभ दोहोरीमा लोकप्रिय थिए । भीम पौडेलको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षेति बेहोरेको छ। भीम शालिन स्वभावको प्रतिभावान गायक थिए ।

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 194 पटक पढिएको
  • प्रेमप्रसादको आत्मदाह बारे छानबिन गर्न गृहले बनायो समिती

    सांसद भवन अगाडी आत्मदाहको प्रयास गरि उपचारका क्रममा निधन भएका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।यसगै गृहले गृह मन्त्रायका सह सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ।समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सदस

    • प्रकाशित मितिः माघ १२, २०७९
    • 140 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.