समाचार

    Showing 21,311-21,320 of 25,186 items.
  • अनेरास्ववियुका इकाई कमिटी सहसचिवले अस्कल कलेजका उपप्राध्यापकलाई कुटे

    काठमाडौं  / काठमाडौंको लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) मा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका इकाई कमिटी सहसचिव पंकज पाण्डेले उपप्राध्यापक दिवाकर पाण्डेलाई कुटपिट गरेका छन् । खेलकुद तथा विद्यार्थी कल्याणकारी विभाग प्रमुख रहेका उपप्राध्यापक दिवाकरलाई पंकजले सल्लाह गर्नुछ भनेर एकान्तमा लगेर आइतबार कुटेको कलेजका प्रमुख लोकबहादुर बरालले बताए । अनेरास्ववियुका विद्यार्थीहरूमाथि दर्ता भएको कीर्ते मुद्दा फिर्ताका लागि दबाब दिन उपप्राध्यापकमाथि कुटपिट भएको हो ।अनेरास्ववियुका पूर्व इकाई प्रमुख कमलराज जोशीले बिएससी सीएसआईटीको भर्ना प्रक्रियामा कीर्ते नामावली तयार

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 79 पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरण : शोभकान्तको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

    काठमाडौं /  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गराएर हडपेको प्रकरणमा मुछिँदै थुनामा रहेका आरोपी शोभाकान्त ढकालको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ ।मुद्दाको पेसी न्यायाधीशहरू सपना मल्ल प्रधान, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको पूर्ण इजलासमा तोकिएको थियो ।यसअघि २९ वैशाखमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको इजलासमा पेसी तोकिएको थियो । तर, त्यसबेला मुद्दालाई ‘हेर्न नमिल्ने’ सूचीमा राखियो ।न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश भट्टराईको संयुक्त इजलासले २४ वैशाखमा रायबुझी हुने आदेश दिएको थियो ।सोही कारण मुद्द

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 64 पटक पढिएको
  • प्रदेश १ को नामाकरण सहजीकरणका लागि एमालेले बनायो समिति

    विराटनगर /  नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठकले प्रदेशको नामाकरणको सहजीकरणका लागि दलको तर्फबाट पाँच सदस्यीय समिति गठन गरेको छ ।एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीका अनुसार बिहीबार बसेको एमाले संसदीय दलको बैठकले पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीको संयोजकत्वमा प्रदेश नामाकरण समिति गठन गरेको हो । समितिको सदस्यहरूमा पूर्व सामाजिक विकास मन्त्रीद्वय जीवन घिमिरे र उषाकला राई, पूर्व उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीश प्रसाद कुसियैत र प्रदेश सांसद अर्जुन राई रहेका छन् । 

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 66 पटक पढिएको
  • कारको ठक्करबाट ३० वर्षीया युवतीको मृत्यु , कार चालक फरार

    बाँके / बाँकेको जानकी गाउँपालिका- ६, कोठारपुरमा कारको ठक्करबाट पैदलयात्री अन्दाजी ३० वर्षीया युवतीको मृत्यु भएको छ ।  ठक्करबाट गम्भीर घाइते भएकी युवतीको उपचारका क्रममा नेपालगन्ज स्थित भेरी अस्पतालमा मृत्यु भएको जनाइएको छ । मृतकको सनाखत हुन बाँकी छ ।बिहीबार (आज ) बिहान करिब ५ बजे बा ४ च १९७५ नम्बरको कारले युवतीलाई ठक्कर दिएको थियो । दुर्घटनालगत्तै फरार रहेका कार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 71 पटक पढिएको
  • भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको सामाग्री बरामद

    बिर्तामोड / मोरङको छुट्टा छुट्टै दुई स्थानबाट अवैध रुपमा भन्सार छली गरी नेपाल ल्याउँदै गरेको समान प्रहरीले बरामद गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका  विराटनगर महानगरपालिका- १२ स्थितबाट अबैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ९४ हजार मूल्य बराबरको बिभिन्न प्रकारका लत्ता कपडाहरू र बिराटनगर- ६ स्थित केसलिया रोडबाट ना ४ ख १६७८ नम्बरको ट्रकमा अन्दाजी मूल्य २३ लाख ७५ हजार मूल्य बराबरको ५०० बोरा मकै अवैध रूपमा भन्सार छली भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा चालक सहित  नियन्त्रणमा लिएको हो । बरामद गर

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 100 पटक पढिएको
  • झापा र इलामबाट ब्राउन सुगरसहित चार जना पक्राउ

    बिर्तामोड /  झापाको बिर्तामोड नगरपालिका –५ बाट ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –५ का ४८ वर्षीय डिजेन राजवंशी र पाँचथरको फिदिम नगरपालिका –७ का २२ वर्षीय सुजन गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनीहरूलाई ब्राउनसुगर सहित बुधवार साँझ ७ बजे पक्राउ गरेको हो । उनीहरूको साथबाट १५ ग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र नगद २ लाख ८४ हजार ७५० रुपैयाँ समेत बरामद गरिएको डीएसपी पाठकले बताए । त्यस्तै इलामको

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 203 पटक पढिएको
  • १५ वर्षीया किशोरीलाई प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

    काठमाडौं / ललितपुरको सुनाकोठीमा १५ वर्षीया किशोरीलाई  प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका- ३, दियाले घर भएका २३ वर्षीय मिलन परियार रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार ती किशोरीलाई जेठ १४ गते साँझ जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी परेको छ । घटनाबारे जानकारी प्राप्त हुने थाहा हुन साथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको ललितपुर प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 101 पटक पढिएको
  • झापा फुटबल क्लबका खेलाडीलाई झापा गोल्ड कपले सम्मान गर्ने

    बिर्तामोड / सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान गर्ने भएको छ ।आज बिहीबार बसेको झापा गोल्ड कपको बैठकले सो निर्णय गरेको हो । गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कारस्वरूप जनही ११ हजार रुपैयाँ प्रदान गरिनेछ ।जेठ २० गते सम्पन्न ‘सी’ डिभिजन लिगमा झापा फुटबल क्लब च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको थियो । खेलाडीलाई प्रोत्साहन गर्न झापा गोल्ड कपले पुरस्कृत गर्ने निर्णय गरेको महासचिव गजेन्द्रबहादुर पौडेलले बताए ।एक विशेष कार्यक्रमको आयोजना गरी क्लबका खेलाडी तथा अफिसियल २८ जनालाई ज

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 54 पटक पढिएको
  • झापामा ११ वर्षीया बालिका बलात्कृत, अर्जुनधाराका २८ वर्षीय राई पक्राउ

    बिर्तामोड /  झापाको अर्जुनधाराबाट ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका –११ बस्ने २८ वर्षीय विपिन राई रहेका छन् । मंगलबार राति मेचीनगर नगरपालिका –१३ चारआलीस्थित झिल जाने बाटोमा बालिकालाई राईले बलात्कार गरेको भन्दै पीडितका परिवारले इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा राईलाई बुधबार इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 84 पटक पढिएको
  • भित्री वस्त्रमा लुकाएर सुन तस्करी गरेको आरोपमा विमानस्थलबाट एकजना पक्राउ

    काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शरीरको भित्री वस्त्रमा लुकाएर सुन तस्करी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।कतार एयरवेजको उडानमार्फत बिहीबार बिहान ९: ४५ बजे  धनुषाका एकजनालाई पक्राउ गरिएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले जानकारी दिएका छन् ।भट्टराईका अनुसार बिहीबार यात्रु चेकजाँच गर्ने क्षेत्रमा शंकास्पद लागेपछि उनको शरीर तथा सामान चेकजाँच गरिएको थियो । त्यतिवेला उनको भित्री वस्त्र शंकास्पद लागेपछि खनतलासी गर्दा फल्स पकेट बनाएर सुन लुकाएको पाइएको थियो ।उनले विष्कुट आकारको सुन ४ वटा गरी जम्मा ४६६।५ ग्राम बरामद भएको थियो । साथै, सिक्री आकारको ५० ग्राम सुन

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 93 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.