समाचार

    Showing 21,331-21,340 of 26,753 items.
  • पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी

     ताप्लेजुङ /  ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पुर्‍याइएको छ । ‘लिफ्टिङ’ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ गरेर पाथीभरामा खानेपानी पुर्‍याइएको हो ।पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित छ । फुङ्लिङ नगरपालिका -११ फावाखोलाको डढेले स्थित मुहानबाट काफ्‌लेपाटी हुँदै ‘लिफ्टिङ’ प्रविधिबाट मङ्गलबार पाथीभरा मन्दिर क्षेत्रमा पानी पुर्‍याइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिएका हुन्। पाथीभरा मन्दिर क्षेत्रमा रहेको लिफ्टिङ प्रविधिको पानी सञ्चित गर्ने अन्तिम ट्याङ्कीसम्म पानी पुर्‍याइ

    • प्रकाशित मितिः माघ ४, २०७९
    • 181 पटक पढिएको
  • अभिनेता पल शाहलाई तनहुँ अदालतबाट सफाई

     बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको जिल्ला अदालत तनहुँ स्रोतले जानकारी दिएको छ ।एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।हाल उनी त्यही सजाय काट्न जेलमै छन्। त्यसकै कारण तनहुँ अदालतको सफ

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 182 पटक पढिएको
  • यती एयर दुर्घटनामा ज्यान गुमाएका थप १ जनाको शव भेटियो

    पोखरा / पोखरा यती एयरको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ ।सोमबार दिउँसो सेती खोँचबाट थप एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले जानकारी दिएका हुन्।योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ । अब ३ जना बेपत्ता छन् ।

    • प्रकाशित मितिः माघ २, २०७९
    • 120 पटक पढिएको
  • तप्लेजुङमा हप्तामा नेपाल एयरलाईन्सले चार र सीता एयरले तीन उडान

    ताप्लेजुङमा सीता एयरले आगामी बुधवार माघ ४ गतेदेखि काठमान्डौ- ताप्लेजुङ ( सुकेटार ) हप्तामा ३ उडान गर्ने सीता एयरका MD राजेन्द्र सिंहले जानकारी दिनु भएको छ ।ताप्लेजुङ ( सुकेटार ) नेपाल एयरलाईन्सले हप्तामा चार उडान गर्दै आएको छ । यसबाट ताप्लेजुङवसीहरुलाई हवाई यात्रामा सहज हुने अपेक्षा गरिएको छ । साथै पाथिभरा जाने तिर्थयात्री र वाह्य तथा आन्तरिक पर्यटकका लागि पनि सुबिधा हुने छ । 

    • प्रकाशित मितिः माघ २, २०७९
    • 561 पटक पढिएको
  • आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ब्ल्याक बक्स भेटियो

    आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ब्ल्याक बक्स भेटिएको जानकारी दिए ।ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ यसमा ककपिट भ्वाइस रेकर्ड हुन्छ । प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको जनाएको छ ।

    • प्रकाशित मितिः माघ २, २०७९
    • 596 पटक पढिएको
  • जहाज दुर्घटनामा अझै भेटिएनन् चार यात्रु, ३६ जनाको सनाखत

    काठमाडौँ / पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको हवाई जहाज दुर्घटनाका ६८ जना यात्रुको शव भेटिएको छ। ती मध्ये ३६ जनाको मात्र सनाखत भएको छ। अझै चारजना यात्रु बेपत्ता रहेको प्रहरीले बताएको छ।मृतक सबै यात्रुको शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।अस्पतालका चिकित्सक डा. खेमअधिकारीले ३६ जनाको शव सनाखत भएको जानकारी दिएका छन्। सनाखत हुनेमा जहाज कमान्ड गरेका पाइलकमल केसीको शव पहिचान भएको छ।त्यस्तै एयरहोस्टेज सिर्जना हुङचुङ को पनि शव पहिचान भएको छ।  जहाजमा ६८ जना यात्रु र चालकदलका अन्य चार सहित ७२ जना सवार थिए। कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अ

    • प्रकाशित मितिः माघ २, २०७९
    • 189 पटक पढिएको
  • इन्डोनेसियामा ६.० म्याग्निच्युडको भूकम्प गयो

    इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।भूकम्पको केन्द्र आचे प्रान्तको सिंगकिल सहरबाट ४८ किलोमिटर दक्षिणपूर्वमा ४८ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको छ । भूकम्पले पुर्याएको मानवीय क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । 

    • प्रकाशित मितिः माघ २, २०७९
    • 104 पटक पढिएको
  • आइतबार भएको जहाज दुर्घटना, फेला नपरेका सवको बिहानैदेखि खोजी गरिँदै

    पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेका ४ जना अझै फेला परेका छैनन्। रातको समयमा उद्धार कार्यमा कठिनाइ भएपछि गए राति खोजी कार्य रोकिएको थियो ।आज बिहानैदेखि उनीहरूको खोजी भइरहेको छ। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको गोताखोर टोली, नेपाल आर्मी, नेपाल प्रहरी  पनि परिचालन गरिएको छ।खोज्ने क्रममा केही शब देखिएको तर उद्दारमा कठिनाई भैरहेको बताइएको छ। पहिचान भएका पोखरा तथा आसपासका क्षेत्रका व्यक्तिका शव सोमबार पोखराबाटै परिवार तथा आफन्तको जिम्मा लगाइने भएको छ।काठमाडौंका र विदेशी यात्रुका शव भने हेलिकप्टरमार्फत काठमाडौं लगेर परिवारलाई जिम्मा लगाउन

    • प्रकाशित मितिः माघ २, २०७९
    • 400 पटक पढिएको
  • यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पत्रकार पौडेलको सम्झनामा महासंघले १३ दिनसम्म शोक मनाउने

    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएको छ ।त्रिभुवन पौडेल काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका थिए । पत्रकार महासंघले उनको निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ ।

    • प्रकाशित मितिः माघ १, २०७९
    • 249 पटक पढिएको
  • विमान दुर्घटनाका अझै ४ जनाको सव भेटिएन राती भएकाले भोली बिहानैदेखि खोजी कार्य सुरु गर्ने : नेपाली सेना

    जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार बेलुका विज्ञप्ती जारी गर्दै रातको समयमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन कठिन भएकोले भोली बिहानैदेखि खोजी कार्य सुचारु गर्ने जनाएको छ । पोखरामा आज बिहान भएको यति एयरको विमान दुर्घटनामा जारी खोजी कार्य रातको समय भएकाले रोकिएको नेपाली सेनाले जनाएको छ ।नेपाली सेना करिव २०० जनाको फौजसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य जारी छ । आजसम्म ६८ जनाको शव निकालिएको सेनाले जनाएको छ बेपत्ता भएका ४ जनाको भोली बिहानैदेखि खोजी कार्य हुनेछ ।आज बिहान काठमाडौंबाट चालक दलका चारसहित ७२ यात्रु बोकेर पोखराको लागि उठेको यति

    • प्रकाशित मितिः माघ १, २०७९
    • 67 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.