समाचार

    Showing 21,341-21,350 of 22,806 items.
  • नक्कली नोटसहित दुई भारतीय पक्राउ

    जलेश्वर / महोत्तरीको औरही बजारबाट नक्कली नोटसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत –१३ बस्ने २२ वर्षीय पिन्टु कुमार राय र सोही ठाउँ बस्ने  १२ वर्षीय रितेश कुमार सिंह रहेका छन् । उनीहरूलाई शुक्रबार राति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिउँ । प्रहरीले पक्राउ परेकाहरूको साथबाट प्रहरीले रु. १००० हजारका २२ थान, रु. ५०० का तीन थान, रु. १०० का २७ थान, रु. ५० का छ थान,  रु. २० का आठ थान, रु. १०

    • प्रकाशित मितिः असोज २, २०७८
    • 89 पटक पढिएको
  • ठगी मुद्दामा फरार अभियोगी १५ वर्षपछि पक्राउ

    काभ्रेपलाञ्चोक / प्रहरीले ठगी मुद्दामा फरार एक जनालाई १५ वर्षपछि पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०६३ साल भदौ २५ गते ठगी मुद्दामा तीन वर्ष चार महिना १२ दिन कैदसहित रू ८ लाख ५ हजार जरिवानाको फैसला सुनाएपछि  विदुरराज गिरी फरार भएका थिए  । फैसला कार्यान्वयनको सिलसिलामा  शुक्रवार उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार चौँरीदेउराली गाउँपालिका वडा नं ६ स्थायी घर भएका ६८ वर्षीय गिरीलाई खोजतलास गर्दा काठमाडौँ जिल्लाको बालाजुमा  फेला पारी नियन्त्रणमा लिएर शुक्रवार धुलिखेल जिल्ला अदालतमा पेश गरिएको थियो ।

    • प्रकाशित मितिः असोज २, २०७८
    • 87 पटक पढिएको
  • काष्ठमण्डप पुनः निर्माणको काम ९६ प्रतिशत काम सकियो

    काठमाडौँ / ऐतिहासिक काष्ठमाण्डपको पुनःनिर्माण आगामी दशैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले  ९६ प्रतिशत काम सम्पन्न भएको छ । अब चार प्रतिशत काम मात्र बाँकी छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेकाले दशैँसम्म सक्ने लक्ष्य छ । “यसबीचमा केही अवरोध नआए ढुक्कसँग दशैँअघि काम सम्पन्न हुने थियो”, अध्यक्ष शाक्यले भने, “अन्य निर्माण सम्पन्न गरी अहिले छानो छाउने काम भइरहेको छ ।” विसं २०७२ को वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्णरुपमा क्षति भएको थियो । सातौँ शताब्दीमा निर्माण गरिएको यस सम्पदाको पुनःनिर्माणका लागि काठमाड

    • प्रकाशित मितिः असोज २, २०७८
    • 95 पटक पढिएको
  • चार स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना

    बिर्तामाेड / खोटाङमा मध्यपहाडी राजमार्गले छोएको चार स्थानीय तहमा ग्रमीण उद्यम तथा आर्थिक विकास आयोजना संचालनको तयारी थालिएको छ । प्रदेश नं. १ सरकारको आर्थिक करिडोर अन्र्तगत हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी गरिएको हो । आयोजनाअन्तर्गत अनाज बीउ, फलफूल, तरकारी, मसला, कुखुरा, दूध, मासु, माछा, चिया, कफी, मह, जडीबुटी र वन पैदावार उत्पादनका क्षेत्रमा संलग्न उत्पादकको प्रोत्साहन तथा सहयोगका कार्यक्रम सञ्चालन गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा

    • प्रकाशित मितिः असोज २, २०७८
    • 87 पटक पढिएको
  • मेचीनगर क्षेत्रमा नदीजन्य पदार्थ उत्खननमा रोक

    काँकडभिट्टा / मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा पुनः रोक लगाएको छ । नगरपालिकाले आज सूचना नै जारी गरेर उत्खननमा पुनः रोक लगाएको हो । विगतका वर्षमा नगरपालिकाले असार, साउन र भदौ महिनामा मात्र सो कार्यमा रोक लगाउँदै आएकोनगरपालिका क्षेत्र भएर बग्ने मेची, हडिया, निन्दा र टिमाई नदीको नदीजन्य पदार्थ ठेक्का लाग्ने प्रक्रियामा रहेकाले अर्को सूचना जारी नभएसम्म वडा कार्यालयलाई उत्खनन गर्न नगराउन जानकारी दिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए ।उनले नदीजन्य पदार्थ उत्खनन नभए नभएबारे अनुगमन गर्न १५ वटै वडा कार्यालयसहित इलाका प्रहरी कार्यालय काँकडभिट्टा र धुलाबारीलाई समेत आग्रह गरेको बताए ।

    • प्रकाशित मितिः असोज १, २०७८
    • 175 पटक पढिएको
  • घुस अस्वीकार गर्ने २४ ट्राफिक प्रहरी सम्मानित

    काठमाडौं / महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूको प्रलोभनमा नपरी आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षक सहित २४ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमका बीच पुरस्कृत एव सम्मान गरेको छ । प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूको प्रलोभनमा नपरी काम गर्ने ट्राफिकलाई सम्मान गर्दै त्यस्ता चालकहरुलाई कानुन अनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।नगद पुरस्कृत तथा प्रशंसापत्र सहित सम्मानित हुनेहरू प्रहरी निरीक्षक रबिन्द्र कुमार

    • प्रकाशित मितिः असोज १, २०७८
    • 99 पटक पढिएको
  • अन्त:शुल्क नक्कली स्टिकर प्रकरण : माउन्ट एभरेष्ट डिस्टीलरीमा राजश्वको छापा

    बिर्तामोड / उध्योगी र व्यवसायीले राजश्व छल्नका लागि अनेकौं हतकण्डा प्रयोग गर्ने गर्छन । कर छल्नकै लागि मदिरा र सुर्तिजन्य उध्योगले नक्कली स्टिकर प्रयोग गर्ने गरेको नयाँ भने हैन । विगतमा राजश्व अनुसन्धान र राजश्व विभागको सक्रियताका कारण रोकिएको नक्कली स्टीकरको धन्दा फेरि मौलाएको पाइएको छ ।राजश्व छली रोक्नका लागि मदिरा उध्योग र ठूला सुर्तिजन्य पदार्थ उत्पादन गर्ने उध्योगमा राजश्व विभागले २४ घण्टाका लागि कर्मचारी नै खटाउने समेत गरेको छ । विगतमा पनि कर्मचारी र उध्योगीको मिलेमतोमा नक्कली स्टिकर प्रयोग गरेर अन्तशुल्क लगायतका कर छल्ने गरेको खुलेपछि विभागले कारवाही गरेको थियो । विभागको कारवाहीका कारण

    • प्रकाशित मितिः असोज १, २०७८
    • 228 पटक पढिएको
  • सुन तस्करी : राजस्व अनुसन्धानले थाल्यो छानविन

    नेपालगञ्ज / नेपालगञ्जको राँझा विमानस्थलबाट प्रहरीले चार किलो २१ ग्राम सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको घट्नाको विस्तृत छानबिन राजस्व अनुसन्धान विभाग काठमाडौँले गर्ने भएको छ ।सो घट्नाको छानबिन विभागले गर्ने भएपछि पक्राउ परेका मोरङ लेटाङ्ग गाविस २ का बुद्धिमान खाती र झापा खुदुनाबारी गाविस ६ का अमिर लगुन विश्वकर्मालाई सुन र अन्य आवश्यक कागजपत्रसहित काठमाडौ पठाइएको राजस्व अनुसन्धान कार्यालय कोहलपुरले जनाएको छ ।सो सुन काठमाण्डौ मैतीदेवीमा रहेका बुद्ध ज्वेलरी वर्कसप प्रालिबाट खरिद गरिएको पाइएकोले उक्त प्रालिसहित सम्पूर्ण घटनाबारे विभागले नै अनुसन्धान गर्ने भएपछि पक्राउ परेका दुई जना, बरामद

    • प्रकाशित मितिः असोज १, २०७८
    • 133 पटक पढिएको
  • पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

    भोजपुर / भोजपुर आमचोक गाउपालिका १ खाम्ताङ की १४ वर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको छ । बिहीवार दिउसो १२ बजे आमचोक १ र २ को सिमानामा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर उनी बेपत्ता भएकी थिइन् । उक्त खबर पाए लगत्तै प्रहरी टोलीले खोजतलास गर्दा बेलुका सभा ४ बजे मृत अवस्थामा परियारको लास फेला परेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असोज १, २०७८
    • 102 पटक पढिएको
  • प्रदेश एकमा दुर्घटनाबाट ४को मृत्यु, ५ जना घाईते

    बिर्तामोड / बिहिवार १ नम्बर प्रदेशको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । हिजो(बिहिवार) दिउसो पौने ११ बजे मोरङ बुढीगंगा गाउपालिका ३ कोशीराजमार्गमा बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई रोडको साईडमा रहेको बिजुलीको पोलमा ठोकिदा कार चालक मोरङ बेलबारी १ का ३८ वर्षीय बाबुराम कार्की, कारमा सवार ४३ वर्षीया गीता लिम्बू,  ३० वर्षीया चन्द्रकला राई र ५५ वर्षीया कानी धिमाल घाईते भएका छन् । घाईते मध्ये हिजै दिउसो साढे १२ बजे चन्द्रकला राईको विराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा मृत्यु भएको छ भने अन्य घाइतेको सोही अस्पतालमानै उपचा

    • प्रकाशित मितिः असोज १, २०७८
    • 141 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.