मोरङ / मोरङ मिक्लाजुङ गाउपालिका ५ बाट भरुवा बन्दुक सहित प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४३ वर्षीय जगत बहादुर लिम्बू रहेका छन् । बिहीवार दिनको पौने ४ बजे प्रहरीले लिम्बुलाई उनकै घरमा लुकाई छिपाई राखेको २ नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
काठमाण्डौ / राज्य-सत्तामा आमूल परिवर्तनको नारा दिएर १ फागुन २०५२ बाट सुरु भएको माओवादी सशस्त्र हिंसाको केन्द्र थियो, रोल्पा। दशक लामो हिंसामा रोल्पामा ९६९ जनाको मृत्यु भयो। ३३ जना अझै बेपत्ता छन्। घरबारविहीन, घाइते तथा अपांगको हिसाबै छैन।तिनै मृतक र बेपत्ताहरूको सम्मानमा र द्वन्द्वकालीन सामरिक क्षेत्रको संरक्षण गरी ‘युद्ध पर्यटन’को विकास गर्ने भन्दै वितेको एक दशकमा रोल्पामा झण्डै ५२ करोड ३२ लाख ११ हजार रुपैयाँ खर्च भइसकेको छ। तर, व्यवस्थित योजना बेगर लहडमा सुरु गरिएको ‘पर्यटन विकास’ले जिल्लामा व्याप्त गरिबी, अशिक्षा र स्वास्थ्य सेवालाई गिज्याइरहेको छ।शान्तिका नाममा लूट!‘युद्ध पर्यटनलाई प्रवर्द
ओखलढुङ्गा / ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनकोशी गाउँपालिका– ९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका–१० स्थित आफ्नै बेसीघरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट लागेर उनको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिएका छन्। उनले घटनाबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको बताएका छन्।
तनहुँ / पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज(शुक्रवार) बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नं को ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन्। दुर्घटनामा ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार बिक घाइते भएका छन् । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टा र कुहिनोमा चोट लागेको छ । ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको थियो । मृतकको शव दमौली अस्पतालमा र
संखुवासभा //संखुवासभा हत्याकाण्डको सफल अनुसन्धानगर्ने प्रदेश १ प्रहरी कार्यालय प्रमुख डीआईजी अरुण बिसीसहित पाँच प्रहरी अधिकारी पुरस्कृत भएका छन्। संखुवासभामा भएको सामुहिक हत्याकाण्डको सफल अनुसन्धान गरेको भन्दै डीआईजीसहित पाँच प्रहरी महानिरीक्षकलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको हो। पुरस्कृत हुनेमा डीआईजी बिसी, संघिय प्रहरी कार्यालयका एसपी भीमप्रसाद दाहाल, संखुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक मणिराम थापा र प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ छन्। महानिरीक्ष
इटहरी//इटहरीमा मेयरले सेवाग्राही महिलालाई दुव्र्यवहार गरेको भन्दै संस्थाहरुले विरोध गरेका छन्। सेवाग्राही महिलालाई कार्यकक्षमै दुव्र्यवहार भएको भन्दै इटहरीका दर्जन बढी संस्थाहरुले मेयर द्वारिकालाल चौधरीको विरोध गरेका हुन् ।कार्यालयमा गएका सीता शेर्पा राई र सर्मिला भट्टराईलाई सेवा सिफारिसमा तोक लगाउने क्रममा चौधरीले महिलाहरुकै अपमान हुने गरी जथाभावी अपशब्द बोलेर दुव्र्यवहार गरेको बताइएको छ ।उनले नगर प्रहरी लगाउने धम्कीसमेत दिएको बताइएको छ। स्थानीय तहको नेतृत्व लिइरहेका प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलाहरुलाई दुव्र्यवहार भएको भन्दै उनीहरुले चौधरीलाई क
ओखलढुङ्गा / काठमाडौँबाट ओखलढुङ्गा तर्फ जादै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज(बिहिवार) बिहान काठमाडौँबाट खिजीफलाटेका लागि छुटेको प्रदेश नम्बर३–०१–०२३च ३५१३ सामान बोक्ने बोलेर दुर्घटना हुँदा चालक लाक्पा शेर्पासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।मन्थली नगरपालिका–१ कुनौरी, बोक्सेको भिरमा भएको दुर्घटनामा जिपचालक ओखलढुङ्गाको खिजदेम्बा गाउँपालिका–६ का लाक्पा शेर्पा, उनकी श्रीमती फुर्वा शेर्पा र सवारी धनी वाङसेन शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशङ्कर श्रेष्ठले जानकारी दिएका छन्। प्रहर
ओखलढुङ्गा / ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका छन्। जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रहरी कर्मचारी ड्युटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका
विराटनगर/ मोरङको बुढीगंगामा आज (बिहिवार) कार अनियन्त्रित भइ दुर्घटना हुँदा चारजना गम्भिर घाइते भएका छन् । कोशी राजमार्गमा विराटनगरतर्फ आइरहेको बा ११ च १५७१ नम्बरको कार आफैं अनियन्त्रित भई पाईनियर उद्योग अगाडि बिजुलीको पोलमा ठक्कर खाँदा चारजना घाइते भएका हुन् ।दुर्घटनामा कार चालक बेलकारी नगरपालिका–१ का ३८ वर्षीय बाबुराम कार्की, ४३ वर्षीया गीता लिम्बु, ३० वर्षीया चन्द्रकला राई र ५५ वर्षीया कानी धिमाल घाइते भएको इलाका प्रहरी कार्यालय निमुवाले जानकारी दिएको छ । घाइतेमध्ये कार्की र लिम्बुलाई भित्री चोट लागेको र बोल्न सक्ने भएपनि राईको बाहिरी चोट नदेखिएको र बोल्न नसक्ने तथा धिमाललाई समेत बाहिरी
सुनसरी / सुनसरी दुहबी नगरपालिका ९ छाताबेली स्थित जय बाबा ईट्टा भट्टा उद्योग भित्र ट्रिफरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बङ्गालका रफिकुल इस्लाम की छोरी ९ वर्षीया बबिता खातुन रहेकी छन् । बुधवार बेलुका को १ ख ५४५१ नम्बरको ट्रिफरले बालिकालाई ठक्कर दिँदा घटनास्थलमानै उनको मृत्यु भएको थियो । ट्रिफर र चालक धनकुटा सहिद भूमि गाउपालिका ४ का ३० वर्षीय हेमराज राई इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.