समाचार

    Showing 21,391-21,400 of 25,186 items.
  • अपडेट : बङ्गलादेशमा भएको विस्फोटमा परि मृत्यु हुनेको संख्या २५ पुग्यो

    एजेन्सी / बङ्गलादेशको दक्षिणपूर्वी सहरको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । अझै पनि मृतकको सङ्ख्या बढ्न सक्ने एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् ।सीताकुण्डको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करिब ९ः३० बजे आगलागी भएको थियो । आगलागीमा परेर २५ जनाको ज्यान गइसकेको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् ।सीताकुण्ड जिल्लाका प्रहरी प्रमुख मोहमद मोमिनुर रहमानले शनिबार राति आगो लागेको र त्यस भीषण आगलागीमा पाँच अग्नि नियन्त्रकसहित २५ ज

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 72 पटक पढिएको
  • प्रत्येक सदस्यबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्दै माओवादी केन्द्र

    काठमाडौँ / नेकपा माओवादी केन्द्रले प्रत्येक सदस्यबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ । आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटीको बैठकले पार्टीको केन्द्रीय कार्यालयलाई सुदृढ र व्यवस्थित बनाउन रुपैयाँ संकलन गर्ने निर्णय गरेको हो ।पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा पार्टीको भातृ संगठन अखिल नेपाल क्रान्तिकारीमा देखिएको विवाद समाधानको विषयमा पनि छलफल भएको थियो । विवाद समाधानका लागि दुवै असन्तुष्ट पक्षलाई बोलाएर अध्यक्ष प्रचण्डले संवाद गर्ने तयारी गरिएको छ ।

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 64 पटक पढिएको
  • औसतभन्दा एक साताअघि नै नेपाल भित्रियो मनसुन

    झापा / यस वर्ष एक साताअघि नै मनसुन नेपाल भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जानकारी दिएको छ।नेपालमा जुन १३ गतेदेखि मनसुन भित्रिने सरदर मिति हो । तर, सरदर मिति भन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा आइतबारदेखि मनसुन प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फागुन १७ देखि जेठ १७ सम्मको अवधि प्रि–मनसुनको हो । यस वर्ष काठमाडौंमा फागुन पहिलो सातादेखि नै छिटपुट वर्षा भइरहेको छ । वैशाख १ पछि त झन् काठमाडौंमा बढी नै वर्षा भएको छ । तैपनि प्रि–मनसुनमा पर्नुपर्ने जति वर्षाको परिमाण पुग्न सकेको छैन ।मार्च,

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 57 पटक पढिएको
  • विदाका दिन चलाइएका सरकारी गाडी प्रहरी नियन्त्रणमा

    झापा / पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले सरकारले हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिएको छ । तर कार्यालय विदा हुँदाको दिन पनि सरकारी सवारी साधन चलाएको पाइएपछि त्यसलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । जनकपुरधाममा सार्वजनिक विदाका दिन शनिबार र आइतबार गरी १४ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिएका छन् । उनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधन कार्यालय खुल्ने दिन मात्रै दिइने बताए ।

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 193 पटक पढिएको
  • विश्व वातावरण दिवसमा मेची क्याम्पसमा मिनी म्याराथन र वृक्षारोपण

    भद्रपुर / ( सन्तोष शर्मा ) झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको वातावरण विज्ञान विद्यार्थी समाजले आज मिनी म्याराथन (सडक दौड) र वृक्षारोपण गरेको छ ।विश्व वातावरण दिवसको अवसरमा समाजले मिनी म्याराथन र वृक्षारोपण गरेको हो । क्याम्पस परिसरबाट शुरु भएको पाँच किलोमिटर लामो मिनी म्याराथन क्याम्पसमोड–सगरमाथाचोक–संगमचोक–जनताचोक–गणेश मन्दिर–मेची अस्पताल हुँदै पुनः मेची क्याम्पस पुगेर सम्पन्न भएको थियो । म्याराथनमा करिब एक सय जनाले सहभागिता जनाएका थिए ।मिनी म्याराथनमा पुरुषतर्फ माने हास्दा प्रथम, विवेक रिजाल द्वितीय, लक्ष्मीप्रसाद रिजाल तृतीय भए भने महिलातर्फ सुस्मिता राई प्रथम, समीक

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 62 पटक पढिएको
  • विद्यालयमा तोडफोड गर्ने २ जना पक्राउ

    झापा / जाजरकोटको नलगाड नगरपालिका- ५ रघुनाथ सेराखेत स्थित श्री जनकल्याण आधारभुत विद्यालयमा जेठ १८ गते राति तोडफोड भएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले नलगाड नगरपालिका- ५ रघुनाथका २० वर्षीय जनक ओली र सोही ठाउँका २१ वर्षीय विनोद खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट प्रहरी निरीक्षक अर्जुनसिंह साउदको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।  पक्राउ परेका उनीहरू विरुद्ध जिल्ला अदालतबाट आपराधिक कार्यसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 71 पटक पढिएको
  • झुक्याएर भारत लैजान खोजिएकी किशोरीको उद्धार

    झापा / झुक्याएर भारत लैजान खोजिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- १० की  १९ वर्षीया किशोरीको माइती नेपाल र नेपाल प्रहरीको संयुक्त टालीले  उद्धार गरेको छ ।  ति किशोरीलाई  शनिबार साँझ दशगजा क्षेत्रबाट उद्धार गरिएको हो ।किशोरीलाई भारत लना खोजेको आरोपमा भारत उत्तर प्रदेश बलरामपुर पोष्ट जितौरीया पुरनपुर पिलिभितका २९ वर्षीय पवन यादवलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 70 पटक पढिएको
  • २४ वर्षीया महिलाको शव जङ्गलमा झुण्डिएको अवस्थामा फेला

    झापा / कैलालीको शिवशक्ति समुदायिक वनको रुखमा झुण्डिएको अवस्थामा महिलाको शव फेला परेको छ । जिल्लाको घोडाघोडी नगरपालिका- ६ स्थित  स्थानीय २४ वर्षीया जलुकी सुनारको शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । शुक्रबार दिउँसो ३ बजे नुहाउन भनी घरबाट गएकी उनलाई शनिबार स्थानीयले रुखमा झुण्डिएको अवस्थामा फेला पारेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 125 पटक पढिएको
  •  धुलाबारी स्थित पाथिभरा भेराइटिजमा आगलागी :  १ करोड बराबरको क्षति भएको अनुमान

    बिर्तामोड / झापाको मेचीनगर -१० स्थीत धुलाबारीको एक इलोक्ट्रोनिक पसलमा आगलागी भएको छ । निलचल पाण्डाले सञ्चालन गर्दै आएको पाथिभरा भेराइटिजमा आगलागी भएको हो । आगलागीबाट १ करोड बढीको क्षति अनुमान भएको छ । करिब ९ :३० बजे बाट  सुरु भएको आगलागी अहिले मेचीनगर, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीय सहयोगमा नियन्त्रण आइसकेको छ । इलेक्ट्रिकका सामानहरू पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।  आगलागीको कारण भने पत्ता लागेको छैन् । 

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 209 पटक पढिएको
  • अपडेट : चिकित्सकको सवारीले ठक्कर दिएका सुरक्षागार्डको उपचारको क्रममा मृत्यु

    बिर्तामोड / शनिबार विराटनगर- १३ रानी विराटनगर आँखा अस्पतालका चिकित्सकको सवारी दुर्घटना भएको थियो । चिकित्सकको सवारीले  अस्पतालका सुरक्षागार्डलाई ठक्कर दिएर गम्भिर घाइते भएका सुरक्षागार्डको उपचारको क्रममा मृत्यु भएको छ । आँखा अस्पतालका चिकित्सक निष्ठा श्रेष्ठ चढेको बाग्मती प्रदेश ०१–२७ च ४०२१ नम्बरको गाडीको ठक्करबाट गेटमा खटिएका सेक्युरिटी गार्ड ४५ वर्षीय गुणप्रसाद लुईटेललाई ठक्कर दिएको थियो । गेटले टाउकोमा गम्भीर चोट लागेका लुईटेललाई तत्काल ठक्कर दिएको कारमा नै न्युरो अस्पताल लगिएको थियो ।शनिबार बिहान पौने १० बजे अस्पतालमा कार्यरत निष्ठा श्रेष्ठलाई अस्पताल पुर्याउने क्रममा अस्पताल भि

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 142 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.