समाचार

    Showing 21,401-21,410 of 25,186 items.
  • बङ्गलादेशमा विस्फोट हुँदा १६ जनाको मृत्यु

    एजेन्सी / बङ्गलादेशको दक्षिणपूर्वी सहर सिताकुण्डमा रहेको एउटा डिपोमा विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।कन्टेनर भण्डारण डिपोमा आगलागी भएको थियो र उक्त आगो निभाउनका लागि अग्नि नियन्त्रकहरूलाई बोलाइएको थियो र त्यति नै बेला बिस्फोट भएको थियो ।घाइतेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र ६० देखि ९० प्रतिशतसम्म जलेको बताएको छ ।यद्यपि आगलागीको कारण भने खुल्न सकेको छैन ।स्थानीय सञ्चारमाध्यमका अनुसार डिपोमा राखिएका केही कन्टेनरमा केमिकल मिसाएर राखिएको थियो । जसका कारण आगलागी भएको बताइएको छ ।स्थानीय प

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 62 पटक पढिएको
  • करेन्ट लागेर दुई जनाको मृत्यु

    झापा / भक्तपुर र उदयपुरमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर- ४ बसाहा घुम्तेली टोलका ४७ वर्षीय धनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।सुत्ने कोठाको ढोका खोल्ने क्रममा बिजुलीको तारमा छोइएर करेन्ट लाग्दा घाइते भएका राईको उपचारका क्रममा चौदण्डीगढी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।यस्तै, भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर- १ मनहरामा रहेको सुकुम्बासी बस्तीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । आफ्नो बनाउँदै गरेको घरको ढलानको तार मिलाउने क्रममा करेन्ट लागेर सुकुम्बासी बस्तीमा बस्ने ५२ वर्षका दिलबहादुर त

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 76 पटक पढिएको
  • रूपन्देही बस दुर्घटना : मृतक नाै जना मध्ये पाँच जनाको सनाखत

    भैरहवा / जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा–परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुने ९ जनामध्ये पाँच जनाको मात्र पहिचान भएको छ र अन्य चार जनाको पहिचान हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।केसीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहटका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसतिया –४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ ।दुर्घटनामा भारतीय नागरिक ४० वर्षीय अरविन्द शर

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 116 पटक पढिएको
  • मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

    झापा / मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार (आज) प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।प्रदेश मन्त्रिपरिषद्ले सरकारको नीति तथा कार्यक्रम शनिबार स्वीकृत गरिसकेको छ । नीति तथा योजना आयोगका उपाध्यक्ष डा। भोगेन्द्र झाका अनुसार नीति तथा कार्यक्रममा आर्थिक स्थिरता कायम गर्ने, आर्थिक वृद्धिदर बढाउने, अनुत्पादक खर्च नियन्त्रण गर्ने, प्रशानिक क्षेत्रमा अनुशासन कायम गर्ने, स्वरोजगार प्रवर्द्धन गर्ने र शिक्षा, स्वास्थ्यमा सुधार ल्याउने योजना सम

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 79 पटक पढिएको
  • नक्कली नोटसहित तीन महिला पक्राउ

    धनगढी / कैलालीको धनगढीबाट ३८ थान नक्कली नोटसहित प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका –७ बस्ने ३५ वर्षीया सुमित्रा राना, वडा नम्बर ८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र वडा नम्बर २ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका –१४ की २७ वर्षीया रितु चौधरी रहेका छन्।उपमहानगरपालिका –१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शुक्रवार राति हाटबजार रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिए टोलीले

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 83 पटक पढिएको
  • सर्वजित् चलचित्र निर्माणमा ५ महिनाको तलब दिने मन्त्री आलेको घोषणा

    काठमाडौँ / दिनेश डीसीले निर्देशन गर्न लागेको सर्वजित् चलचित्र निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिवार आयोजित एक कार्यक्रमका बीच सर्वजित् चलचित्रको शुभ मुहूर्त भएको थियो । त्यस कार्यक्रममा बोल्दै मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित् विश्वकर्माको जीवनमा आधारित चलचित्र निर्माण हुने भएको हो । चलचित्र निर्माणमा करिब १ करोड २५ लाख लागत अनुमान गरिएको छ । &nbs

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 72 पटक पढिएको
  • सर्वनाम शिक्षालयका वार्डेनले छात्राहरू माथि यौन दुर्व्यवहार गरेको आरोप, प्रिन्सिपल प्रहरीको नियन्त्रणमा

    काठमाडौं / काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेतमाथि बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । यतिबेला विद्यार्थीका अभिभावकहरूले अभियुक्तमाथि कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका छन् । यता आरोपित वार्डेन बस्नेत भने अहिले फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले शिक्षालयका प्रिन्सिपल दुर्गानाथ सिवाकोटी र उनकी श्रीमतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । पीडित भनिएका छात्राहरू ९ देखि १२ वर्ष उमेर समूहको रहको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराम न्यौपानेले बताएका छन् ।

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 82 पटक पढिएको
  • आँखा अस्पतालका चिकित्सकको गाडी दुर्घटना हुँदा सुरक्षा गार्ड गम्भिर घाइते

    बिर्तामोड  / विराटनगर- १३ रानीस्थित विराटनगर आँखा अस्पतालमा अस्पतालका चिकित्सकको गाडी दुर्घटना भएको छ  । दुर्घटना परि गेटमा खटिएका सुरक्षागार्ड विराटनगर - ४ का अन्दाजी ४५ वर्षीय गुरुप्रसाद लुँइटेल गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचार विराटनगर स्थित न्युरो अस्पतालमा भइरहेको छ ।अस्पतालका चिकित्सकको बाग्मती प्रदेश ०१ - २७ च ४०२१ नम्बरको गाडी अस्पताल भित्र प्रवेश गर्दा गाडीले गेटमा ठक्कर दिएको थियोले त्यही गेटले थिचेर सुरक्षा गार्ड घाइते भएका हुन् ।  सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक पर्सा ८ का ३४ वर्षीय दिनेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको मोरङ

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 134 पटक पढिएको
  • जर्मनीमा रेल दुर्घटना हुँदा चार जनाको मृत्यु , ३० जना घाइते

    एजेन्सी /  शुक्रबार जर्मनीको दक्षिणपूर्वी राज्य बाभेरियामा रेल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् । विद्यार्थी बोकेको ट्रेन म्युनिखतर्फ गइरहेको बेला गार्मिस-पार्टेनकिर्चेन नजिकै तीनवटा डिब्बा पटरीबाट खसेका थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 64 पटक पढिएको
  • सिलिन्डर पड्किएर बालिकाको मृत्यु

    झापा / तनहुँमा खाना पकाउने सिलिन्डर ग्यास पड्‌किँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका- ९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीया छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् ।सिलिन्डर ग्यासमा अचानक आगलागी भई पड्‌किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको उनले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 69 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.