समाचार

    Showing 21,411-21,420 of 25,186 items.
  • बालुवा निकाल्न गएका ३९ वर्षीय पुरुषको पानीमा डुबेर मृत्यु

    बिर्तामोड / मोरङको कटहरी गाउँपालिका- ७ स्थित लोहन्द्रा खोलामा डुबी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३९ वर्षीय जोगलाल सरदार रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकी ५ बजे लोहन्द्रा खोलामा बालुवा निकाल्न गएका सरदारको पानीमा डुबी  मृत्यु भएको हो । पानीमा डुबी बेहोस अवस्थामा आफन्तले फेला पारेका सरदारको उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा  घरमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 57 पटक पढिएको
  • अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

    झापा / बर्दियामा अपाङ्गता भएकी २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका– १ का २४ वर्षीय  शेरे बिक रहेको प्रहरीले जनाएको छ । पीडितलाई आरोपितले जेठ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको  इन्स्पेक्टर हृदेश सापकोटाले जानकारी दिए ।घटना पछि फरार रहेको आरोपितलाई इलाका प्रहरी कार्यालय बग्नाहा भुरिगाउँबाट  खटिएको टोलीले इलाका प्रहरी कार्यालय सडकपुर बौनिया कैलाली सहयोगमा जेठ १९ गते कैलाली जिल्लाको बडी बर्दगोरिया गाउँपालिका –३ खैरिनीबाट पक्राउ गरेको प्रहरीले जनाएक

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 143 पटक पढिएको
  • कक्षा ११ र १२ का विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्दै बाह्रदशी गाउँपालिका

    बिर्तामोड / कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई झापाको बाह्रदशी गाउँपालिकाले निःशुल्क पढाउने भएको छ । पहिलो कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिका अध्यक्ष देवेन्द्र चम्लागाईले जानकारी दिए । यस्तै कार्यपालिका बैठकमा मनोनीत ६ जनालाई शपथ ग्रहण गराइएको छ ।बाह्रदशी गाउँपालिका भित्र रहेका १६ वटा सामुदायिक विद्यालय मध्ये ३ वटा विद्यालयमा कक्षा ११ र १२ कक्षाको पठनपाठन भइरहेको छ । वडा नं.३ को पशुपति मावि, वडा नं. ५ को फूलबारी मावि र वडा नं. ७ को गौरीशङ्कर माविमा ११-१२ पढाई हुने गरेको छ ।कार्यपालिका बैठकले ५ वटा उपसमिति गठन गरेको छ । मनबहादुर राजवंशीको संयोजकत्वमा आर्थिक विकास स

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 63 पटक पढिएको
  • गृह मन्त्रालयले एक प्रहरी इन्सपेक्टरलाई सेवाबाट हटाउँदै

    काठमाडौं / ‘पदीय जिम्मेवारी पूरा नगरी’ लापरबाही गरेको आरोपमा गृह मन्त्रालयले एक प्रहरी इन्स्पेक्टर (प्रहरी निरीक्षक) लाई सेवाबाट हटाउने भएको छ ।प्रहरी नियमावली अनुरूप गृह मन्त्रालयले प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले कुर्मीलाई विभागीय कारबाही गर्नु नपर्ने कुनै मनासिब कारण भए बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरण पेश गर्नसमेत आदेश दिएको छ ।कुर्मी पर्सा कालिकामाई गाउँपालिका –५ का बासिन्दा हुन् । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडाको दरबन्दीमा थिए ।

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 105 पटक पढिएको
  • भारतीय गायक मुसेवालाको हत्यारा नेपालमा रहेको आशङ्कामा भारतीय प्रहरी नेपालमा

    एजेन्सी / भारतको पञ्जाब राज्य अन्तर्गत मन्सा जिल्लास्थित जवाहार्के गाउँमा गत आइतबार पञ्जाबी गीतका गायक सिद्धू मुसेवालाको हत्या भएको थियो । पञ्जाब पुलिसले मुसेवालाको हत्यामा संलग्न दुई व्यक्तिलाई पक्राउ गरिसकेको छ ।  उनीहरूसँगको बयानका आधारमा हत्यामा संलग्न व्यक्तिहरू खोज्न भारतीय प्रहरी नेपाल आएको खुलासा भएको छ ।हत्यामा संलग्नलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली शुक्रबार नेपाल आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।मुसेवालाको हत्यामा संलग्न हतियारधारीहरू भारतसँग खुला सीमाना रहेको नेपालमा लुकेको हुनसक्ने अनुसन्धान टोलीको निष्कर्ष रहेको बताइएको छ ।प्रहरी टोली नेपाल आएको भनिएपनि उनी

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 311 पटक पढिएको
  • आज यी स्थानमा वर्षा हुने

    झापा / नेपालमा हाल स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।आज प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 65 पटक पढिएको
  • सदनमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक पेश

    काठमाडौं / प्रतिनिधिसभा बैठकमा यौन हिंसा विरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक पेश गरिएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९” र “फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रस्तुत गरेका हुन् ।संवैधानिक व्यवस्था र विभिन्न सन्धिको पक्ष राष्ट्र भएकाले मृत्युदण्डसम्बन्धी कानुनी व्यवस्था गर्न नमिल्ने तर सजाय बढाउन मिल्नेगरी विधेयक ल्याइएको मन्त्री शर्माले स्पष्ट पारे । जवरजस्तीकरणी गर्नेलाई कानूनी

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 57 पटक पढिएको
  • भारतबाट नेपाल ल्याइएकी बालिकालाई सर्वोच्चले दियो अमेरिका लाने अनुमति

    काठमाडौँ / सर्वोच्च अदालतले आफ्नै बुबाले अपहरण गरी भारतबाट नेपाल ल्याएको दाबी गरिएकी बालिकालाई बुबाकै जिम्मा लगाइदिएको छ ।गत अप्रिल १५ मा भारतको नयाँ दिल्लीबाट अपहरणको शैलीमा सडक मार्ग हुँदै नेपाल ल्याइएकी मेहेर गोयललाई सर्वोच्चले बुबाको जिम्मा लगाइदिएको हो ।निजी अन्तर्राष्ट्रिय कानुन र प्राप्त कागजातका आधारमा बालिकालाई बुबालाको जिम्मा लगाइएको बताइएको छ । भारतमा आमाको संरक्षणमा रहेकी बालिकालाई उनका बुबाले झुक्याएर नेपाल ल्याएका थिए ।यसरी आफ्नो संरक्षणमा रहेकी छोरीलाई बालिकाको बुबाले झुक्याएर नेपाल ल्याई अमेरिका लैजान खोजेको भन्दै बालिकाकी आमा कनिका गोयल अपहरण तथा शरीर बन्धक र बन्दी प्रत्यक्षीक

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 71 पटक पढिएको
  • ५० हजार घुससहित वि . व्य . स का अध्यक्ष र विद्यालयका प्रधानाध्यापक पक्राउ

    झापा / ५० हजार घुस रकम सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेका छ । पक्राउ पर्नेमा महोत्तरीको श्री माध्यामिक विद्यालय एकडाराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवान र प्रधानाध्यापक रामदिनेश रहेका छन् । विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सिर्जना गरी विभिन्न बहानामा बनाई सेवाग्राहीबाट ५० हजार घुस लिएको आरोप छ  । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीको जलेश्वर नगरपालिका २ टाउन प्लानिङस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो ।

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 103 पटक पढिएको
  • सार्वजनिक सवारी साधनको भाडा घट्यो, कहाँ कति ? (सूचीसहित)

    झापा / यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।सरकारले इन्धनको मूल्य १० रुपैयाँले घटाएपछि विभागले स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको हो ।इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा भाडा समायोजन हुने गर्छ । बिहीबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँ अर्थात् ६.१३ प्रतिशतले घटेको थियो । सो अनुरूप विभागले आज जेठ २० गतेबाटै लागू हुनेगरि सवारीसाधनको भाडा यात्रुवाहकको २ प्रतिशत, मालवाहकको पहाडी क्षेत्रमा २.६ प्रतिशत र तराईको बाटोमा चल्नेको २.९ प्रतिशतले घटाइएको हो ।हाल डिजे

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 75 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.