समाचार

    Showing 21,431-21,440 of 26,753 items.
  • मोरङ - ४ बाट माओवादीका अमनलाल निर्वाचित

    झापा / मोरङ  क्षेत्र नं- ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी) का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विनोद ढकाललाई २४ हजार चार सय ६३ मतमा रोकेर मोदी विजयी बनेका हुन् ।त्यसैगरी निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार मोरङ ४ ९२० बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का जीवन घिमिरे नौ हजार छ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 79 पटक पढिएको
  • कांग्रेसका हुमागाईँलाई हराउँदै काभ्रे- २ मा गोकुल बाँस्कोटा निर्वाचित

    झापा / नेकपा एमालेका नेता गोकुल बाँस्कोटा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सुरुदेखि नै कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईँसँग पछाडि परेका गोकुल बिहीबार बिहानदेखि मात्र अगाडि लागेका थिए । मतपरिणामअनुसार बासकोटा झन्डै ६ हजार मतान्तरले निर्वाचित भएका छन् । उनले ४५ हजार ३४५ मत ल्याउँदा कांग्रेसका हुमागाईंले ३९ हजार ४८२ मत ल्याए ।राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५७३ मत प्राप्त गरे । अघिल्लो पटक ०७४ मा पनि बाँस्कोटा यही क्षेत्रबाट निर्वाचित भएका थिए । ५५ हजार ५२६ मत ल्याएका उनी धेरै मतान्तरसहित विजयी हुनेमा थिए । तर, यसपटक भने उनले कांग्रेस उम्मेदवारसँग निकै

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 72 पटक पढिएको
  • झापा ५ का उम्मेदवारहरु कसले कति मत पाए ? विजयी साँवा भन्छन् ‘५ वर्षमा उत्कृष्ट क्षेत्र बनाउँछु’

    सावित्रा दाहालकनकाई / झापा क्षेत्र नं ४ लाई आगामी ५ वर्षमा नेपालको एक उत्कृष्ट र सबैले हेर्नलायक क्षेत्रको रुपमा विकास गर्ने प्रतिनिधि सभामा नवनिर्वाचित सदस्य लालप्रसाद (एलपी) साँवाले प्रतिवद्धता गरेका छन् ।नेकपा एमाले प्रदेश १ कमिटीका सचिवालय सदस्यसमेत रहेका साँवाले निकटतम् प्रतिष्पर्धी सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका देउमान थेवेलाई ६ हजार ८६७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । एमालेका साँवाले २९ हजार ३१५ मत प्राप्त गर्दा नेपाली कांग्रेस झापाका सभापतिसमेत रहेका थेवेले २२ हजार ४४८ मत प्राप्त गरे ।प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि साँवाले आफूलाई पुनः सांसद बनाएर यस क्

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 87 पटक पढिएको
  • सुनसरीका राई र उर्लावारीका थापा कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

    विराटनगर / १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले  प्रहरी नायब उपरीक्षक राजकुमार राई र प्रहरी निरीक्षक मिलन थापालाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गर्ने उनिहरुलाई प्रदेश प्रहरी कार्यालय बिराटनगरले सम्पादित कार्यको उच्च मुल्याङकन गर्दै “महिनाको सर्वोत्कृष्ट प्रहरी” ले पुरस्कृत गरेको हो । पुरस्कृत भएका प्रहरी नायब उपरीक्षक राज कुमार राई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत रही अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गर्नु भएको तथा प्रहरी निरीक्षक थापा इलाका प्रहरी

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 160 पटक पढिएको
  • फिफा विश्वकप : ब्राजिलसँग सर्बिया २ - ० ले पराजित

    एजेन्सी /  रिचार्लिसनले दुई गोल गरेपछि उपाधिको मुख्य दाबेदारको रुपमा कतार पुगेका ब्राजिलले फिफा विश्वकप फुटबलको पहिलो खेलमा सर्बियालाई २ - ० ले पराजित गरेको छ ।समूह जी अन्तर्गत लुसे स्टेडियममा भएको खेलमा रिचार्लिसनले दुवै गोल दोस्रो हाफमा गरेका थिए । पहिलो हाफमा सरब्याले ब्राजिललाई गोल रहित बराबरीमा रोक्न सफल भएको थियो । तर दोस्रो हाफमा रिचार्लिसन चम्किए । उनले ६२ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।त्यसको ११ मिनेटपछि उनले व्यक्तिगत दोस्रो गोल गरे जुन आफैँमा उत्कृष्ट थियो । भिनिसियस जुनियरको पासमा पेनाल्टी बक्समा रहेका रिचार्लिसन त्यसलाई कन्ट्रोल गर्दै बाइसाइकल किकमार्फत ग

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 88 पटक पढिएको
  • रूपन्देही ३ मा गृहमन्त्री खाणसँगको अग्रता बढाउँदै राप्रपाका दीपक बोहोरा

    झापा . / रूपन्देही ३ को पछिल्लो मतगणना अनुसार गृहमन्त्री बालकृष्ण खाण ३ सय ६६ मतले पछि परेका छन् ।उनलाई राप्रपाका दीपक बोहोराले अग्रता दिइरहेका छन् ।  बोहोराको २५ हजार ३५९ मत आएको छ भने खाणको २४ हजार ९९३ मत छ । 

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 216 पटक पढिएको
  • एमालेका नन्दरामलाई साढे २६ हजार मतान्तरले हराउँदै अर्थमन्त्री जनार्दन शर्मा निर्वाचित

    झापा / पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा एमालेका नन्दराम देवकोटालाई भारी मतान्तरले हराएर चुनाव जितेका हुन् ।शर्माले ३९ हजार ५४९ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत पाएका छन् । शर्माले २६ हजार ५८८ मतान्तरमा चुनाव जितेका हुन् ।

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 90 पटक पढिएको
  • प्रहरीको बर्दी लगाएर १० तोला सुन लुटपाट, ४ पक्राउ

     काठमाडौँ  / काठमाडौंको न्युरोडबाट प्रहरी हवल्दारको बर्दी लगाएर लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । लुटमा संलग्न रहेको आरोपमा प्रहरीले सुमन राईसहित अन्य चार जनालाई पक्राउ गरेको हो ।आरोपीहरूको साथबाट १ थान पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावअघि न्युरोडमा रहेको सुन बनाउने कारखाना पुलिसको युनिफर्म लगाएर पेस्तोल भिरेर गएका लुटेराहरूले १० तोला सुन लुटेर भागेका थिए ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 72 पटक पढिएको
  • बिभिन्न प्रकारका प्रतिबन्धित लागूऔषध सहित २ जना पक्राउ

    बिर्तामोड / सुनसरीको धरान उप- महानगरपालिका- १५ श्यामचोक स्थितबाट प्रतिबन्धित लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उप- महानगरपालिका- १५ का ३४ बर्षिय किशोर परियार र धरान ३ का २७ बर्षिय वीरबल प्रसाद साह रहेका छन् ।  बुधबार बिहान ७ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा को २५ प ४६४० नम्बरको स्कुटरमा लुकाई छिपाई ल्याउँदै गरेको बिभिन्न प्रकारका  प्रतिबन्धित लागूऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका परियार र साहको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 67 पटक पढिएको
  • बाजुरा घटना : उच्चस्तरीय छानबिनको माग

    धनगढी / नेपाली कांग्रेस बाजुराले मतदानका दिन भएका झडप र दुुई जनाको मृत्यु घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेको छ । मार्तडीमा बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीले पछिल्लो असहज अवस्थाबारे धारणा सार्वजनिक गरेको हो ।मतदानका दिन त्रिवेणी –७ को मतदानस्थलमा मतदान सकिनै लाग्दा विवाद भएपछि प्रहरीले चलाएको गोली लागेर कांग्रेस समर्थित युवा सञ्जीव अयडीको मृत्यु भएको थियो ।सोही दिन अर्को केन्द्रमा विवाद हुँदा कांग्रेस समर्थित समूहले स्थानीय अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीलाई कुटपिट गरी घाइते बनाएका थिए । पछि राति उनको घरमै गएर पुनः कुटपिट गर्दा अयडीको मृत्यु भएको थियो । उक्त घटनालाई

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 65 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.