समाचार

    Showing 21,441-21,450 of 25,186 items.
  • १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ४१ वर्षीय पुरुष पक्राउ

    झापा / पाल्पामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका- ५ कैलाशनगर बस्ने ४१ वर्षीय वीर बहादुर पौडेल क्षेत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका- ३ सिद्धबाबास्थित पावर हाउसको प्रतीक्षालय नजिक क्षेत्रीले ती किशोरीलाई मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभान र  जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 79 पटक पढिएको
  • शहीद सेतु विकको सालिक पनि तोडफोड

    रूपन्देही / पूर्वराजा वीरेन्द्रको सालिक हटाउने क्रममा तनावग्रस्त बनेको नेपालगञ्जमा अर्को सालिक पनि तोडफोड गरिएको छ । झडपका क्रममा आक्रोशित स्थानीयले धम्बोजी चोक नजिकै रहेको न्यूरोडस्थित सेतु विक चोकमा राखिएको जनआन्दोलनका शहीद सेतु विकको सालिक पनि तोडफोड गरेका हुन् । सेतु विक चोकलाई दोस्रो जनआन्दोलन भन्दा अगाडिसम्म ज्ञानेन्द्र चोक भनिन्थ्यो । पछि जनआन्दोलनमा शहीद भएकी सेतु विकको नामबाट त्यसलाई सेतु विक चोक भनियो र सो स्थानमा उनकै सालिक राखिएको थियो ।प्रहरीले वीरेन्द्रको सालिक हटाएपछि आक्रोशित समूहले सेतुको सालिक तोडफोड गरेका हुन् । प्रहरीले विकको सालिक तोडफोडमा संलग्न आरोपमा केही

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 108 पटक पढिएको
  • सिरहामा ४८ वर्षीय पुरुषको शव इनारभित्र फेला

    झापा / सिरहामा एक पुरुषको शव इनार भित्र फेला परेको छ । जिल्लाको गोलबजार नगरपालिका- २ टुर्किया निवासी ज्ञानचन्द्र भनिने ४८ वर्षीय विष्णुदेव साहको शव बिहीवार बिहान इनारभित्र फेला परेको प्रहरीले जनाएको छ । बुधबार साँझ पत्नीका लागि औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गर्ने क्रममा बिहान गाउँ नजिकैको इनारभित्र साइकल सहित उनको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 61 पटक पढिएको
  • पूर्वराजाको सालिक राख्न खोज्दा नेपालगञ्जमा झडप, डेढ दर्जन घाइते

    रूपन्देही / बाँकेको नेपालगञ्जस्थित धम्बोझी चोकमा स्व. राजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच झडप भएको छ । बिहीबार बिहान वीरेन्द्रचोकमा स्वं राजा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादीबीच झडप भएको हो ।आज १९ जेठमा स्व. राजा वीरेन्द्रको सम्झनामा राजतन्त्र माग गर्दै आएको समूहले सालिक राखेपछि प्रहरीले बल प्रयोग गरी हटाउने क्रममा झडप भएको थियो । झडपका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायरसमेत गरेको थियो । झडपमा परी ९ प्रहरी र आधा दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएका जिल्ला प्रहरी कार्यालय

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 114 पटक पढिएको
  • अस्पतालबाट हतकडी सहित एक थुनुवा फरार

    झापा / कैलालीमा अस्पतालबाट एक थुनुवा फरार हतकडी सहित भएका छन् । मेडिकल जाँचका लागि अस्पताल लगिएका घोडाघोडी -२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडी सहित फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)  वेद जोशीका अनुसार पाण्डेय र प्रकाश शाहलाई लागूऔषधको मुद्दामा पक्राउ गरी थुनामा राखिएको थियो । उनीहरूलाई १४ जेठमा पक्राउ गरिएको हो । दुवै जनालाई मेडिकल जाँचका गरी स्थानीय घोडाघोडी अस्पताल लागिएको थियो । ‘मंगलबार उपचारका लागि अस्पताल लगिएको बेलामा त्यहीँबाट दुवै जना भाग्न खोजेका थिए । पाण्डेय भागे पनि शाहलाई भने पुनः पक्राउ गरेका छौं,’ डीएसपी जो

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 133 पटक पढिएको
  • प्लस टू पास र २० वर्ष उमेर पुगेकी युवतीलाई विवाहमा ५० हजार आर्थिक सहयोग गर्ने गाउँपालिकाको निर्णय

    झापा / सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने युवतीलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार महतोले पदभार ग्रहणको क्रममा बालविवाह रोकेर छोरीहरूलाई शिक्षामा प्रोत्साहन गर्ने निर्णय गरेका हुन् ।प्लस टू उत्तीर्ण गरेर २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने छोरीहरूलाई सम्मान स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरिएको अध्यक्ष महतोले जानकारी दिए ।मधेसमा अझै पनि छोरीहरूलाई नपढाउने र उमेरै नपुगी विवाह गरिदिने क्रम नरोकिएकाले यस्तो निर्णय गरिएको अध्यक्ष महतोले बताए ।

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 70 पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयमा नेविसङ्घले फेरि गर्यो तालाबन्दी

    काठमाडौँ / नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा फेरि तालाबन्दी गरेको छ ।नेविसङ्घले पदाधिकारीलाई बर्खास्तीलगायत विभिन्न माग राखेर यसअघि माघ ७ गतेदेखि निरन्तर तालाबन्दी गर्दै आएको थियो । तर बुधबार नेकपा (क्रान्तिकारी) ले ताला फुटाए पछिबिहीबार किर्तिपुरस्थित त्रिवि उपकुलपति कार्यालयसहित पदाधिकारीहरूका कार्यकक्षमा नेविसंघ त्रिवि समितिले तालाबन्दी गरेको हो । नेकपा (क्रान्तिकारी) का नाममा नक्कली विज्ञप्ति टाँसेर ताला फुटाइएको भन्दै नेविसङ्घले विरोधसमेत गरेको छ ।नेकपा ( क्रान्तिकारी) ले ताला फुटाएको विरोध गर्दै नेविसङ्घले आज फेरि तालाबन्दी गरेको छ ।

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 66 पटक पढिएको
  • १७ वर्षीया किशोरीको अपहरणपछि सामूहिक बलात्कार , बलात्कार गरेको आरोपमा ६ जना पक्राउ

    झापा / कपिलवस्तुको वाणगङ्गा नगरपालिकाकी एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा ६ जना युवा पक्राउ परेका छन् । सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी १७ वर्षीया किशोरीलाई अपहरणपछि बलात्कार गरेको आरोपमा रूपन्देहीको कञ्चन गाउँपालिकाका वडा नम्बर– ५ का निरज कार्की, वडा नम्बर– ४ का राहुल सिंजाली , सुलभ केसी, वडा नम्बर– ३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मङ्गलबार राति करिब ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किँदै गर्दा बालिकाको अपहरण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा रूपन

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 87 पटक पढिएको
  • तारा एयरको विमान दुर्घटना : पोस्टमार्टम सकियो, मृतकहरुको शव आज आफन्तलाई बुझाइँदै

    काठमाडौं / तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव आज (विहीबार) परिवारलाई हस्तान्तरण गरिने भएको छ । मृतक २२ जनाको शव पोस्टमार्टमको काम सकिएपछि आज परिवारलाई हस्तान्तरण गरिने भएको हो ।महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट शव परिवारलाई बुझाइनेछ । दुर्घटनामा मृत्यु भएकाको शव सोमबार र मंगलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १६ जना नेपाली, चार भारतीय र दुई जना जर्मन नागरिकको मृत्यु भएको हो ।

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 96 पटक पढिएको
  • सप्तकोसीमा हाम फालेका झापाका बुधुन्द्र प्रसादको उद्धार

    झापा / सप्तकोसी नदीमा हाम फालेका झापाको कमल गाउँपालिका –५ निवासी ४१ वर्षीय बुधुन्द्र प्रसाद लिम्बुको सशस्त्र प्रहरीले उद्धार गरेका छन् ।सशस्त्र प्रहरी सप्तरीका उपरीक्षक प्रदीप खड्काका अनुसार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –१ स्थित सप्तकोसी नदीमा बुधबार बेलुकी ७ बजेर हाम फालेका खड्काको उद्धार गरिएको हो । लिम्बू सप्तकोसी पुलको बीचको नोजबाट नदीमा हाम फालेका खड्काले बताए । उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धव प्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीको सहयोगमा उद्धार गरेको हो ।

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 163 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.