समाचार

    Showing 21,461-21,470 of 26,753 items.
  • भक्तपुर २ मा विवाद , रोकियो मतगणना

    काठमाडौं / भक्तपुर क्षेत्र नं २ मा सदर र बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको छ । आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएकोमा निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए ।४ मङ्सिरमा भक्तपुर–२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो । हिजो मतदान सकिएपछि गएराति १० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय भएको थियो ।भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत, जनता समाजवादीका दिलबहादुर तामाङ, राप्रपाका मोहन केसी, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगर रहेका छन् । 

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 72 पटक पढिएको
  • झापा -१ मा १ बजेपछि मतगणना शुरु हुने

    बिर्तामोड / हिजो सम्पन्न आम निर्वाचनको आज मतगणना शुरु भइरहेको छ । झापा क्षेत्र नं १ को मतगणना आज दिउसो १ बजेपछिबाट शुरु गरिने निर्वाचन अधिकृत टंकबहादुर महतले बताए । उनका अनुसार ‘सबै मतदान केन्द्रबाट संकलन भएका मतपेटिका बुझ्ने काम नै राति २ बजेसम्म लाग्यो । सर्वदलीय बैठकको निर्णय पश्चात झापा १ को  मतगणना १ बजे शुरु हुने भएको हो । त्यस क्षेत्रमा एमालेका अग्नि खरेल र गठबन्धनका विश्वप्रकाश शर्मा उम्मेद्वार छन् । 

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 69 पटक पढिएको
  • अपडेट : प्रहरी सवार जिप दुर्घटना , ३ जनाको मृत्यु

    झापा / बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ९ जनाको अवस्था चिन्ताजनक छ । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको थियो ।प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुर्घटनामा तीन जनाको मृत्यु भएको र नौ जनाको अवस्था ‘अत्यन्तै चिन्ताजनक’ रहेको बताए । घाइतेहरुलाई हेलिकोप्टरमार्फत् कोहलपुर पठाउने तयारी भइरहेको छ । उक्त जिपमा १२ जना सवार थिए । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । 

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 79 पटक पढिएको
  • गुल्मीको अर्बेनीमा मंगलबार पुनः मतदान हुने

    गुल्मी / प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तरगत गुल्मी जिल्लामा स्थगित भएको मतदान केन्द्रमा मंगलबार पुनः मतदान हुने भएको छ । जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडानम्ब-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंसिर ६ गते मंगलबार पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।आइतबार मतदान चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता मध्ये ६६४ जनाले मतदान गरेका थिए । यो केन्द्र बाहेक

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 62 पटक पढिएको
  • मोटरसाइकलको ठक्करबाट २ जनाको मृत्यु

    काठमाडौं / काठमाडौंका बालाजु र चाबहिलमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बालाजुको गङ्गा फिल्म हल नजिक गएराति साढे ९ बजे बा ४२ प ९९४५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृतक पुरुषको सनाखत हुन बाँकी छ । मोटरसाइकल चालक फरार भएकाले उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।यसैगरी गएराति ९ बजे चाबहिलमा बा १ ग २०८९ नम्बरको ट्रक र बा ३९ प ११५६ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका २५ वर्षीय छिरिङ शेर्पा रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जम

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 65 पटक पढिएको
  • मतपेटिका पुर्‍याएर फर्किदै गरेको प्रहरी सवार जिप दुर्घटना

    झापा / बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको छ । पाटन नगरपालिका थुम भन्ने स्थानमा आज बिहान जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । उक्त जिपमा १२ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 83 पटक पढिएको
  • झापा -२ को मतगणना सुरु

    बिर्तामोड  / हिजो सम्पन्न आम निर्वाचनको  मतगणना झापा क्षेत्र नम्बर २ मा सुरु भएको हो । सर्वदलीय बैठक सकेर बिहान ४ बजेदेखि अर्जुनधारा नगरपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।  त्यस्तै झापा १ , ३ र ५ मा बिहान ८ बजेदेखि मतगणना सुरु हुँदैछ । सर्वदलीय बैठक सम्पन्न गरी बिहान ८ बजेबाट मतगणना गर्ने निर्णय भइसकेको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।  

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 129 पटक पढिएको
  • खोटाङको एक मतदान स्थलका सबै कर्मचारी महिला

    खोटाङ / प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि खोटाङको एक मतदान स्थलमा महिला कर्मचारीहरु मात्रै खटिएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी सबै महिला नै  हुन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालय ‘ख’ मतदान स्थलको मतदान अधिकृत शर्मिला राई, सहायक मतदान अधिकृत इरन राई, सहायक कर्मचारी अरुणा बानियाँ, कल्पना पोखरेल, देवी राई, सविता ढकाल, सीता यादव र सहयोग कर्मचारी सरस्वती दाहाल गरेर सबै कर्मचारी महिला खटिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, जिल्लाका १५ मतदान स्थलका मतदान अधिकृत महिला रहेको मुख्

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • 60 पटक पढिएको
  • मिलको बेल्टमा अल्झिएर एक मजदुरको मृत्यु , परिवारजनद्वारा क्षतिपूर्तिको माग

    काठमाडौँ / धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित एभरेस्ट पेपर मिलको बेल्टमा अल्झिएर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा क्षीरेश्वरनाथ नगरपालिका -९ औराहा बस्ने ३७ वर्षीय गौरीप्रसाद श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवका अनुसार शनिबार बिहान १० बजे पेपर मिलमा परालको भुसा ओसार्ने क्रममा मेसिनको बेल्टमा अल्झिएर उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाई मृतकको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी द

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • 72 पटक पढिएको
  • निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपतिको अपिल

    काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन अपिल गरेकी छन् ।शनिबार एक सन्देश जारी गरी राष्ट्रपति भण्डारीले मतदान नागरिक अधिकारको उच्चतम् अभ्यास भएकाले सबैलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेकी हुन् । उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा आह्वान गरेकी छन् ।‘निष्पक्ष‚ भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जन उत्तरदायी हुँदै जान्छन्’ सन्देशमा राष्ट्रपति भण्डारीले भनेकी छन्,

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • 71 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.