समाचार

    Showing 21,471-21,480 of 25,186 items.
  • हवाई दुर्घटना : कति पाउँछन् मृतकका परिवारले राहत ?

    काठमाडौं / आइतबार तारा एयरको विमान मुस्ताङको थासाङमा दुर्घटना हुँदा १९ जना यात्रुसहित चालकदलका तीन सदस्यको मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु भएका सबैको शब काठमाडौं ल्याइएको छ भने पोस्टमार्टम प्रक्रियामा रहेको छ ।सरकारले वरिष्ठ एरोनोटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमनको अध्यक्षतामा क्याप्टेन दिपुराज ज्वारचन , वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र पर्यटन मन्त्रालयका बुद्धिसागर लामिछाने सदस्यसचिव रहने गरी छानबिन समिति बनाएको छ । छानबिन समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेले दुर्घटनाको अवस्था, चालकदलको अवस्था, छावरसँग भएको कुराकानी, मौसमको अवस्था

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 288 पटक पढिएको
  • बालिकालाई चकलेट खान दिने बहानामा बलात्कार प्रयास गरेको आरोपमा ३८ वर्षीय युवक पक्राउ

    झापा / अर्घाखाँचीमा ७ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालारानी गाउँपालिका वडा नं ७ भेडिखोरी निवासी ३८ वर्षीय कमल महत रहेको प्रहरीले जनाएको छ । बालिकालाई चकलेट खान दिने बहानामा गोठमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप रहेको छ । पक्राउ परेका महतलाई प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरी प्रवक्ता शंकर खड्काले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 90 पटक पढिएको
  • विमान दुर्घटनापछि किन खोजिन्छ ब्ल्याक बक्स ?

    काठमाडौं / ब्ल्याक बक्सबारे धेरैले नाम सुनेको हुनुपर्छ । विमान दुर्घटनापछि सधैँ ब्ल्याक बक्स खोजिन्छ, किनकी यसमा भएको तथ्यांकले विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ । तर, वास्तवमा ब्ल्याक बक्स भनेको के हो रु नामअनुसार यो किन कालो हुँदैन् ? ब्ल्याक बक्सबारे केही रोचक तथ्यः१. आधिकारिक रूपमा यो ब्ल्याक बक्स होइन हामीले ‘ब्ल्याक बक्स’ भनेर चिनेको सामग्रीको वास्तविक नाम फ्लाइट डाटा रेकर्डर  (एफडीए) हो । यसले वास्तवमै तथ्याङ्कको रेकर्ड राख्छ । दुर्घटनापछि अनुसन्धानलाई सहज बनाउन, इन्जिनको आवाज, तापक्रम, इन्धनको प्रवाह, विमानको गति, उचाइ र झर्ने दरलगायतका उडानसँग सम्बन्धित तथ्या

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 186 पटक पढिएको
  • ८४ हजार ६ सय ५० रुपैयाँ र ४ बुक तास सहित दोहोरी साँझबाट आठ जना पक्राउ

    झापा / पोखरा महानगरपालिका- ४ चिप्लेढुङ्गास्थित पर्वत कुस्मा नगरपालिका- १३ बस्ने जय परियारको साननानी दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका- १५ बस्ने स्याङ्जा वालिङ नगरपालिका -३ घर भएका २४ वर्षीय दीपक गुरुङ लगायत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त दोहोरी साँझभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ६ सय ५० रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 84 पटक पढिएको
  • स्थानीय तह निर्वाचनमा निर्वाचित ८१ जना पत्रकारको सदस्यता रद्द

    काठमाडौँ  / नेपाल पत्रकार महासङ्घले स्थानीय तह निर्वाचनमा भाग लिएर निर्वाचित भएका ८१ जना पत्रकारको सदस्यता रद्द गरेको छ । महासङ्घको उपलब्ध कार्यसमितिको बैठकले निर्वाचनमा भाग लिएर विजयी भएका ८१ पत्रकारलाई महासङ्घको साधारण सदस्यबाट हटाएको हो । स्थानीय तहको निर्वाचनमा देशभरबाट करिब २ सय पत्रकारले उम्मेदवारी दिएपनि ८१ जना मात्र निर्वाचित भएका महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए ।महासंघले चुनावमा उम्मेदवार बनेका पत्रकारहरू महासङ्घको कुनै तहको कार्यसमितिमा पदाधिकारी वा सदस्य भए त्यस्तो पदबाट स्वतः पदमुक्त गर्नेसमेत निर्णय गरेको छ ।यो निर्णयअनुसार महासङ्घका दुई केन्द्रीय सदस्यसहि

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 60 पटक पढिएको
  • ३० हजार रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालयका अमिन पक्राउ

    झापा / सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझी पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार बिहान १०ः३० बजे सिद्धार्थनगर नगरपालिका–५ को ३ नं नापी टोली कार्यालयको सरकारी क्वार्टरबाट रायमाझीलाई नियन्त्रणमा लिएको हो । अख्तियारको नियन्त्रणमा रहेका उनीमाथि अहिले अनुसन्धान चलिरहेको छ । 

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 127 पटक पढिएको
  • जबरजस्ती करणी मुद्दाको हदम्याद बढाउन सर्वोच्चमा रिट दर्ता

    बिर्तामोड / जबरजस्ती करणी मुद्दाको विद्यमान हदम्याद हटाउन माग गर्दै कानुन अध्ययनरत विद्यार्थीले सर्वोच्च अदालतमा सोमबार रिट दर्ता गराएका छन् । विद्यमान कानुनी व्यवस्थामा बलात्कार भएको मितिले एक वर्षभित्रै जाहेरी दिनुपर्ने कुरा उल्लेख गरिएको छ । नाबालिग माथि जबरजस्ती करणी भएको अवस्थामा बालिग भएको मितिले एक वर्ष अर्थात् अधिकतम १९ वर्षको हुँदासम्म जाहेरी दिनसक्ने कानुनी व्यवस्था रहेको छ । उक्त कानुनी व्यवस्थाको कारण समयमै जाहेरी दिन नसक्ने पीडितले न्याय नपाउने र पीडकले उन्मुक्ति पाउने अवस्था देखिएको भन्दै जबरजस्ती करणी कसुरको जाहेरी दिने हदम्याद हटाउन माग गर्दै रिट दर्ता गरिएको हो ।&nbs

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 64 पटक पढिएको
  • भाउजूलाई पेट्रोल छर्केर जिउँदै जलाएर हत्या गरेको आरोपमा देवर पक्राउ

    झापा / सप्तरीमा भाउजूलाई शरीरमा पेट्रोल छर्केर जिउँदै जलाएर हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका- १ धनगढीका २१ वर्षीय परमेश्वर साह रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।गत माघ २१ गते खाना पकाइरहेकी २७ वर्षीया राजकुमारी साहलाई शरीरमा पेट्रोल छर्केर आगो लगाएको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।घटनापछि फरार रहेका आरोपित केही दिनदेखि घरमै बस्न थालेको सूचना पाएपछि प्रहरीले पक्राउ गरिएको  प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 72 पटक पढिएको
  • आइजीपी नियुक्ति विरुद्धको मुद्दा हेर्न नमिल्नेमा

    काठमाडौं / आईजीपीमा धिरजप्रताप सिंहलाई गरिएको बढुवा विरुद्ध सर्वोच्चमा दायर गरिएको रिट मङ्गलबारको इजलासमा हेर्न नमिल्ने भएको छ । यसअघि दायर भएका डीआइजीको बढुवा विरुद्धको रिट निवेदनलाई पनि सँगै राखिएपछि हेर्न नमिल्ने भएको हो । तत्कालीन डीआइजी धिरज प्रताप सिंह, रवीन्द्र धानुकको एआईजीमा बढुवाविरुद्ध प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए । सो रिट र अहिले पोखरेलले आईजीपी धिरजप्रताप सिंह विरुद्ध दायर गरेको रिट एकै इजलासमा राखिएपछि मुद्दा हेर्न नमिल्ने भएको हो ।  मंगलबार मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका न्यायाधीश कुमार चुडाल र विश्वम्भर प्रसाद

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 69 पटक पढिएको
  • कैलालीमा श्रीमान् रूखमा झुन्डिएको र श्रीमतीको घाँटी रेटिएको अवस्थामा मृत फेला

    झापा / कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् ।जिल्लाको गोदावरी नगरपालिका- ७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी)  वेदप्रकाश जोशीले हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेको जानकारी दिए । प्रहरीका अनुसार शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 56 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.