झापा / प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथी विष्णु खड्कालाई सैनिक सहायकको जिम्मेवारी दिएका छन् ।हालका सैनिक सहायक सहायकरथी चोक ढकालले लेवनानमा डेपुटी फोर्स कमाण्डरको नियुक्ति पाएपछि खड्कालाई प्रधानसेनापतिले आफ्नो सहायकको रुपमा सरुवा गरेका हुन् ।सैनिक सहायकको लागि सहायकरथी सन्तोषबल्लभ पौडेल समेत दौडमा थिए । तर, प्रधानसेनापतिले अन्तिममा खड्कालाई उक्त जिम्मेवारीमा ल्याएका हुन् ।सेनामा निकै महत्वपूर्ण मानिने सैनिक सहायक (एमए) बनाइएका खड्का राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख अंगरक्षक भइसकेका जर्नेल हुन्। हाल उनी नेपाली सेनाको बालाजुमा रहेको एक नम्बर बाहिनीको बाहिनीपतिका रुपमा कार्यरत रहेका
वीरगञ्ज / नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट प्रहरीले दुईजना पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका –१६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका –१६ का २३ वर्षीय अमिरी राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट वीरगञ्जका सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट र वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति कलैयाबाट वीरगञ्ज आउँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा चेकजाँच गर्ने क्रममा नक्कली मतपत्र र नगद फेला पारेपछि नियन्त्रणमा लिएको थियो । उनीहरूको साथब
काठमाडौं / त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गरेको आरोपमा केही युवालाई प्रहरीले पक्राउ गरेको छ ।कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्ने बहानामा बेटिङ गर्नेहरूलाई नियन्त्रणमा लिएको हो ।उनीहरूसँग रहेको मोबाइल पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको सीआईबीका एक अधिकारीले जानकारी दिए। प्रहरीले गत शुक्रबार शृखंलाको पहिलो खेलमा नै शंकास्पद गतिविधिमा रहेका केही दर्शकलाई निगरानीमा राखेको जनाएको छ । त्यही आधारमा अनुसन्धान अघि बढाउँदा आज केही व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।नेपाल र यूएईबीच शुक्
काठमाडौं / काठमाडौं महानगरको बहाल व्यवस्था कार्यविधि’ को मस्यौदा विधायन समितिमा पठाइएको छ । महानगरकी उपमेयर एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा बसेको राजस्व परामर्श समितिले बैठकले व्यवस्था माथि दफावार छलफल गरेर विधायन समितिमा पठाउने निर्णय गरेको हो ।बैठकमा महानगरका निर्देशक एवं विधायन समितिका सदस्य सचिव वसन्त आचार्यले कार्यविधि प्रस्तुत गरेका थिए । मस्यौदा कार्यविधिमा ६ वटा परिच्छेद र एउटा अनुसूची छ । मस्यौदामा महानगरपालिकाभित्र बस्ने तथा व्यवसाय गर्ने प्रयोजनका लागि संरचना, स्थान वा जग्गा बहाल वा लिजमा लिँदा दिँदा अनिवार्य सम्झौता गर्नुपर्ने उल्लेख गरिएको छ । यसरी गर
काठमाडौं / निर्वाचन मिति नजिकिएसँगै काठमाडौं उपत्यकाका फरक-फरक ३ स्थानमा शंकास्पद वस्तु फेला परेका छन् । प्रहरीका अनुसार ललितपुरको जावलाखेल, काठमाडौंको हाँडीगाउँ र बूढानीलकण्ठमा शंकास्पद वस्तु फेला परेको हो । जावलाखेल स्टाफ कलेज अगाडि राखिएको प्रेसर कुकर बम भने नेपाली सेनाको टोलीले निष्क्रिय पारिसकेको छ । ललितपुर–३ को सत्ता गठबन्धनको सम्पर्क कार्यालय नजिकै बम फेला परेको प्रहरीले जनाएको छ । त्यस्तैगरी काठमाडौंको हाँडीगाउँ र बूढानीलकण्ठमा पनि शङ्कास्पद वस्तु फेला परेको थियो । यही मंसिर ४ गते हुने आम निर्वाचन बिथोल्ने उद्देश्यले यो गतिविधि गरिएको हुनसक्ने प्रहरीको भनाइ छ ।
झापा / मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट शून्य समय (मौन अवधि) सुरु भएको छ।योसँगै राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ।सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न पाउने छैनन्। मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान नसकिएसम्मको समय शून्य समय हो ।निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न शून्य समय तोकिएको हो । शून्य समय भर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला, गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचरण निर्द
झापा / डडेल्धुरामा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार सागर ढकालले निराहार व्रत बस्ने घोषणा गरेका छन् । ४ महिनादेखि निरन्तर रुपमा डडेल्धुरामा निर्वाचनको तयारी र प्रचारप्रसारमा सक्रिय भएका ढकालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो घोषणा गरेका हुन् । जिल्लाका ५२ वटै वडाका विभिन्न बस्तीहरूमा मत मागेर डडेल्धुरा सदरमुकाम आइपुगेका ढकालले डडेल्धुराको भूमि शक्तिपीठ र संस्कृतिको धनी भएको भन्दै आफूलाई आसन्न आम निर्वाचनले उर्जा प्राप्त गरेको समेत बताए । गुल्मीका इन्जिनियर सागर प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न यहाँ आएका हुन्।
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्यराति तोडफोड भएको हो । ‘कसले र किन तोडफोड भएको हो अहिलेसम्म खुल्न सकेको छैन,’ श्रेष्ठले भने । राप्रपाको झण्डा, ब्यानर च्यातिएको छ । काठमाडौं -५ मा राप्रपाबाट प्राध्यापक डा. रामप्रसाद उप्रेती, एमालेबाट ईश्वर पोखरेल र कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार छन् ।
काठमाडौं / निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उमेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने भएको छ । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उमेदवारहरूले परिचयपत्र माग गर्न आएमा त्यस्ता उमेदवारहरूलाई आयोगले परिचयपत्र दिने निर्णय गरेको हो । परिचयपत्र लिन चाहाने उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयबाट आफ्नो अभिलेख राखी परिचयपत्र लिन पाउनेछन् ।अन्तिम बन्दसूचीमा उल्लेखित मतदाता भएको प्रदेश अन्तर्गतको जिल्लाको खण्ड हेरी आफ्नो जिल्ला अन्तर्गतको भए सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयले आफ्नो
काठमाडौं / काठमाडौंको बूढानीलकण्ठमा भेटिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । शुक्रबार बिहान साढे २ बजेतिर सशस्त्र प्रहरीको टोलीले बूढानीलकण्ठस्थित स्पेसल चोकमा प्रेसरकुकर बम भेटेपछि नेपाली सेनाको बम डिस्पोजल टोली मगाइएको थियो । निर्वाचन बिथाल्ने उद्देश्यले बम राखिएको हुन सक्ने आशंका गरिएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.