समाचार

    Showing 21,501-21,510 of 25,186 items.
  • श्रेष्ठको हत्याको आरोपमा तीन जना पक्राउ

    विराटनगर / मोरङको कटहरी गाउँपालिका –२ आदर्शटोलका ५० वर्षीय तुलसी श्रेष्ठको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका –१ का ३३ वर्षीय रविन भुजेल, २९ वर्षीय कपिल माझी र कटहरी गाउँपालिका –३ का २८ वर्षीय नितेश चौधरी रहेका छन् ।आइतबार बिहान साढे ६ बजे मोरङ कटहरी गाउँपालिका –१ महेशपुर थानगाछी स्थित बित्तु माझीको खेतमा श्रेष्ठ मृत अवस्थामा फेला परेका थिए । घटनाको प्रकृति हेर्दा मृतकको शरीरमा चोटपटक देखिएकोले हत्या भएको हुन सक्ने आशंका गरि डग स्नाफिङ समेत गरिएको थियो । घटनालाई सूक्ष्म रूपले अनुसन्धान थालेको मोरङ प्रहरीले घटनामा संलग्नलाई आइतबार

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 95 पटक पढिएको
  • नागरिकता र परिचय पत्रसँगै प्यान नम्बर पनि प्रदान गरिदै

    काठमाडौं / सरकारले नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रदान गरेकै समयमा स्थायी लेखा नम्बर उपलब्ध गराउने भएको छ । आइतबार सङ्घीय संसद्‌मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नागरिकता प्रदान गरेकै समयमा प्यान नम्बर दिने भएको घोषणा गरेका हुन् ।सरकारले नाबालिक नागरिक समेत लगानी र व्यवसायमा संलग्न भएमा उनीहरूलाई जन्मदर्ता, नाबालिक परिचयपत्र वा अभिभावको परिचयपत्रको आधारमा स्थायी लेखा नम्बर प्रदान गर्ने भएको छ । 

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 102 पटक पढिएको
  • तारा एयर विमान दुर्घटना : एकै परिवारका सात जना रहेको पुष्टि

    काठमाडौं / मुस्ताङमा दुर्घटनाग्रस्त स्थितिमा फेला परेको तारा एयरको जहाजमा एकै परिवारका सातजना रहेको पुष्टि भएको छ । हिजो (आइतबार) बिहानदेखि बेपत्ता भएर सोमबार बिहान भेटिएको दुर्घटनाग्रस्त विमानमा धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जना सवार रहेको पाइएको छ । उक्त विमानमा मिथिला नगरपालिका– ११ लोटाका राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङ सवार थिए ।उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए।

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 81 पटक पढिएको
  • अपडेट : घटनास्थलबाट १४ जनाको शव संकलन, मृतकको शव काठमाडौं ल्याइने

    काठमाडौँ / मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको छ । जहाजमा सवार कसैलाई पनि जीवित अवस्थामा भेट्ने सम्भावना नरहेको त्रिभुवन विमानस्थल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले बताए । सिटौलाका अनुसार अन्यको खोजीकार्य भई रहेको, शव भेटिएकामध्ये केहीको चिनिने अवस्था र केहीको भने क्षतविक्षत अवस्थामा शव भेटिएको छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने सिभिल एभिएसनका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले जानकारी दिए । चालक दलका तीन सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका –२ को सानो

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 71 पटक पढिएको
  • यस्तो छ आजको मौसम

    झापा  / हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको छ। प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 90 पटक पढिएको
  • ट्रिपर दुर्घटना : चार जनाको घटनास्थलमै मृत्यु

    लमजुङ / लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा ट्रिपरका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरे, ४५ वर्षीय उत्तम न्यौपाने, २८ वर्षीय पारस शाह र २५ वर्षीय रवीन्द्र सेढाईं रहेका छन् ।मध्यपहाडी लोकमार्गअन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको बा ४ ख ७७८१ नम्बरको ट्रिपर मध्यनेपाल नगरपालिका –७ र ८ को सिमाना पर्ने कोइलेनीमा दुर्घटना भएको हो ।सडक आयोजनाका लागि ढुंगा ढुवानी गर्नेक्रममा ट्रिपर सडकबाट करिब ३० मिटर तल खसेको हो । 

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 68 पटक पढिएको
  • अपडेट : बेपत्ता तारा एयरको जहाज नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा फेला

    बिर्तामोड / पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिकाको नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । खोजीमा गएको टोलीका एक सदस्यले रिपोर्टर्स नेपाललाई दुर्घटनाग्रस्त विमान भेट्टिएको जानकारी दिए ।विमान दुर्घटना भएको ठाउँमा हेलिकोप्टर भने लान सकिएको छैन । मौसमको खराबीका कारण सुरक्षाकर्मीहरू पैदलै उक्त क्षेत्रमा पुगेका छन् । 

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 241 पटक पढिएको
  • अब प्रदेश कार्यालयबाटै सवारी चालक अनुमतिपत्र उपलब्ध गराइने

    काठमाडौँ / अब सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराउने भएको छ । अर्थमन्त्रीका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब ५६ करोड रकम विनियोजन गरिएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 56 पटक पढिएको
  • सञ्चार क्षेत्रलाई ८ अर्ब ५९ करोड बजेट विनियोजन

    काठमाडौँ / सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई ८ अर्ब ५९ करोड बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सञ्चार क्षेत्रलाई सो रकम छुट्याएका हुन ।उनले दूरसञ्चार क्षेत्रलाई प्रभावकारी बनाउने, साइबर सुरक्षा केन्द्र, डिजिटल फ्रेमवर्क लगायतका विषयलाई समेटेका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 57 पटक पढिएको
  • स्थानीय तहमार्फत १ परिवारलाई १ इन्डक्सन चुल्हो दिइने

    काठमाडौं / सरकारले स्थानीय तहमार्फत विद्युतीय चुल्हो अनुदानमा उपलब्ध गराउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै स्थानीय तह मार्फत एक परिवारलाई एक विद्युतीय चुल्हो अनुदानमा वितरण गरिने बताए।यसैगरी विद्युतको पहुँच बाहिर रहेका  परिवारका लागि धुँवामुक्त बनाउन सुधारिएको चुल्हो बनाउन सहयोग गर्ने उल्लेख छ। विद्युत  खपत बढाउन इन्डक्सन चुल्हो अनुदानमा उपलब्ध गराउन लागिएको हो।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 123 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.