समाचार

    Showing 21,521-21,530 of 25,186 items.
  • बलात्कृत भएकी किशोरी गर्भवती , आरोपित फरार

    बैतडी / बैतडीको मेलौली नगरपालिका घर भएकी १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । किशोरी फागुन महिनामै बलात्कृत भएपनि अहिले मात्रै पीडित किशोरीका आफन्तले जाहेरी दिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी बताए । बलात्कारबाट किशोरी गर्भवती भएको थाहा भएपछि मात्रै बलात्कारको घटना सार्वजनिक भएको हो । किशोरीमाथि मेलौली नगरपालिका २ का २२ वर्षीय अशोकबहादुर चन्दले बलात्कार गरेको आरोप लागेको छ । आरोपित चन्द फरार रहेका र पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा चन्दको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।किशोरी बलात्कृत पछि गर्भवती रहेको आफन्तले जाहेरीमा उल्लेख गरेको भएपनि मेड

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 89 पटक पढिएको
  • बेपत्ता भएको एक महिना पछि युवती मृत फेला

    पाल्पा / पाल्पामा एक युवती घरबाट बेपत्ता भएको एक महिना पछि मृत फेला परेकी छन् ।जिल्लाको रम्भा गाउँपालिका –३ अमिलेकी २२ वर्षीया अस्मिता दर्जी बेपत्ता भएको एक महिनापछि कालिगण्डकी नदी किनारमा मृत फेला परेकी हुन् ।उनी गत वैशाख ११ गते बिहान करिव १० बजेतिर घरबाट निस्केकी थिइन् । बेपत्ता भएलगत्तै उनका परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए । शनिवार उनको शव कालिगण्डकी नदि किनारमा फेला परेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 62 पटक पढिएको
  • अपडेट : सम्पर्कविहीन ट्विनअटर जहाज मुस्ताङको टिटीमा दुर्घटनाग्रस्त अवस्थामा फेला

    झापा / सम्पर्कविहीन भएको तारा एयरको (९ एन एईटी कल साइन) को ट्वीनअटर जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार उक्त जहाज १२ बजे मुस्ताङको खासा नजिकै टीटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको हो । जहाज भेटिएको स्थानमा हेलिकप्टर परिचालन भइरहेको पनि उनले बताए । यता जिल्ला प्रशासन कार्यालय मुस्ताङमा शाखा अधिकृत देवेन्द्रराज पाण्डेले भने हालसम्म जहाज भेटिएको भन्ने सूचना नआएको बताएका छन् । उक्त जहाज आज (आइतबार) बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो । जहाज उडेको २० मिनेटपछि  (१० बजेर

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 513 पटक पढिएको
  • अपडेट : मौसम खराब भएपछि ट्विनअटर खोज्न गएको हेलिकोप्टर जोमसोममै फर्कियो

    झापा  / जोमसोमबाट ताराको सम्पर्कविहीन भएको ट्विनअर खोज्न गएको हेलिकोप्टर मौसम खराब भएपछि जोमसोम विमानस्थलमा फर्किएको छ ।पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीका अनुसार हुस्सु र पानी परेकाले खोजी र उद्धारका लागि गएको फिस्टेल एयरको हिलिकोप्टर फर्किएको हो । सम्पर्कविहीन भएको ताराको ट्विनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको थियो । मुस्ताङका डीएसपी रामकुमार दानीका अनुसार हेलिकोप्टरबाट खोजी तथा उद्धार नभएपछि हेलिकोप्टर अन्तिम समय सम्पर्कमा आएको लेते पास र धौलागिरि शृङ्खला आसपासका क्षेत्रमा प्रहरी र स्थानीय खटाइएको छ । त्यस्तै उपल्लो भेगमा रहेका गोठालाहरुस

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 76 पटक पढिएको
  • खानेपानीको पानीको ट्याङ्कीभित्र शिशुको शव फेला

    ओखलढुंगा / ओखलढुङ्गामा खानेपानीको ट्याङ्कीभित्र बोरामा बाँधिएको अवस्थामा शिशुको शव फेला परेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका - २ ठुलाछापमा नवजात शिशुको शव फेला परेको हो । ओखलढुंगा प्रहरी प्रमुख शुकदेव खनालका अनुसार स्थानीयले खानेपानीको पुरानो ट्याङ्कीभित्र बोरामा शिशुको शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरी घटनास्थल पुगेर आवश्यक कानुनी प्रकृया पुरा गरी शवलाई पोस्टमार्टमका लागी जिल्ला अस्पताल रुम्जाटार लगिएको थियो ।रुम्जाटारमा नवजात शिशुको पोस्टमार्ट नहुने भएपछि टिचिङ अस्पताल काठमाडौँ लगिएको छ । प्रहरीले शिशुको हत्या गरिएको वा मृत शिशु जन्मिएपछि फालेको भन्ने विष

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 77 पटक पढिएको
  • अझै केही दिन वर्षाको सम्भावना

    बिर्तामोड  / अझै केही दिन देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा तीन वटा मौसमी प्रणालीको प्रभाव रहेको छ ।स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।रातिको समयमा देशको प्रदेश नं एक, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश नं एक, मधेश प्रदेश, वाग्मती र ग

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 46 पटक पढिएको
  • अपडेट : यी हुन् सम्पर्कविहीन तारा एयरको जहाजमा सवार २२ जना यात्रीहरु (सूचीसहित)

    झापा / पोखराबाट जोमसोमका लागि आइतबार बिहान उडेको तारा एयरको ट्विनअट्टर जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ । चालक दलका तीनसहित १९ यात्रु गएको विमानस्थलले जनाएको छ । चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए भने, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुम

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 105 पटक पढिएको
  • अपडेट : तारा एयरको जहाज टिटी ताल क्षेत्रमा दुर्घटना भएको आशंका

    काठमाडौं / पोखराबाट जोमसोमतर्फ १९ यात्रुसहित उडेको तारा एयरको जहाज मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घटना भएको आशंका गरिएको छ । यद्यपि कास्की प्रहरीका एसपी रमेश थापाले भने सम्पर्कविहीन भएको जहाज खोजी भइरहेको बताएका छन् ।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेको यति एयरलाइन्सले जनाएको छ । तारा एयरको ९ एन–एइटी जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडान भरेका थिए ।चालकदलका सदस्य इताशव घिमिरे र किश्मी थापासहित सो जहाज ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको थियो ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 74 पटक पढिएको
  • खानेपानीको पानीको ट्याङ्कीभित्र शिशुको शव फेला

    ओखलढुंगा / ओखलढुङ्गामा खानेपानीको ट्याङ्कीभित्र बोरामा बाँधिएको अवस्थामा शिशुको शव फेला परेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका - २ ठुलाछापमा नवजात शिशुको शव फेला परेको हो । ओखलढुंगा प्रहरी प्रमुख शुकदेव खनालका अनुसार स्थानीयले खानेपानीको पुरानो ट्याङ्कीभित्र बोरामा शिशुको शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरी घटनास्थल पुगेर आवश्यक कानुनी प्रकृया पुरा गरी शवलाई पोस्टमार्टमका लागी जिल्ला अस्पताल रुम्जाटार लगिएको थियो ।रुम्जाटारमा नवजात शिशुको पोस्टमार्ट नहुने भएपछि टिचिङ अस्पताल काठमाडौँ लगिएको छ । प्रहरीले शिशुको हत्या गरिएको वा मृत शिशु जन्मिएपछि फालेको भन्ने विष

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 36 पटक पढिएको
  • २३ यात्रु सवार तारा एयरको विमान सम्पर्कविहीन

    पोखरा / पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । बिहान ७ बजेर ५० मिनेटमा पोखरा विमानस्थलबाट उत्तरी जिल्ला मुस्ताङको जोमसोमका लागि उडेको ट्वीनअटर विमान सम्पर्कविहीन भएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले  बताए । विमानमा चालक दलका सदस्य सहित २३ जना रहेको बताइएको छ ।महानिर्देशक गौतमका अनुसार उद्धार समन्वयका लागि एक टोली बनाई सम्पर्कविहीन विमानको खोजीका लागि कास्की, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लामा पर्ने क्षेत्रहरूमा तीनवटा हेलिकोप्टर परिचालन गरिएको छ ।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेको यति एयरलाइन्सले जनाएको छ

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 1,737 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.