समाचार

    Showing 21,561-21,570 of 25,186 items.
  • भारतको बिहार राज्यमा नक्कली मदिरा सेवनका कारण १३ जनाको मृत्यु

    एजेन्सी / भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ । उक्त घटना दक्षिण बिहारको औरङ्गावाद र गया जिल्लामा भएको बताइएको हो । बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि सुक्खा राज्य को रूपमा चर्चा गरिने गरिएको छ । तर छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलग्नता रहेको अवैध मदिराको कारोबार राज्यमा भइरहेको छ। मदनपुर र सलैया प्रहरी चौकीका प्रहरीले फोनमा घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेक

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 56 पटक पढिएको
  • न्युरोसर्जन हुँ डाक्टर भन्दै १७ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

    झापा / वीर अस्पताल र त्रिवि शिक्षण (टिचिङ)  अस्पताल महाराजगञ्जको डाक्टर भन्दै ठगी गर्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ठगी कार्यमा संलग्न रहेको आरोपमा अछाम मङ्गलसेन नगरपालिका- २ बस्ने चक्र बहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूलाई डाक्टर बताउँदै छात्रवृत्तिमा अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिन्छु भनी ठगी गरेको अभियोगमा उनलाई बुधबार अछाम प्रहरीले पक्राउ गरेको हो ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिन्छु भनी बिकले ठगी गरेको प्रहरीले जनाएको छ ।उनले आफूलाई वीर र टिचिङ

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 61 पटक पढिएको
  • आफ्ना कर्मचारीलाई फ्रेन्च भाषा पढाउदै सशस्त्र प्रहरी

    काठमाडौं  / सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीलाई फ्रेन्च भाषा पढाउने भएको छ । संयुक्त राष्ट्रसङ्घले शान्ति मिसनमा फ्रेन्च भाषा जानेकालाई प्राथमिकता दिन थालेपछि सशस्त्रले केही कर्मचारीलाई फ्रेन्च पठाउन लागेको हो ।हालै सशस्त्र प्रहरीले ५० जनालाई फ्रेन्च पठाउने प्रक्रिया सुरु गरेको छ । त्यसका लागि आवेदन दिन इच्छुक कर्मचारीलाई सूचना मार्फत आह्वान गरिएको छ । आवेदक मध्येबाट छानेर भाषा पढाउन लागिएको सशस्त्रका एक अधिकारीले बताए । त्यस्तै, सशस्त्र प्रहरी बलले अन्य देशमा शान्ति मिसनमा पठाउनका लागि पनि पहल थालेको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 70 पटक पढिएको
  • आइतबार पनि सेवा प्रदान गर्दै राहदानी विभाग

    काठमाडौं / परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने भएको छ । विभागले आज विहीवार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदा राहदानी लिन आउनेको चाप बढेपछि विभागले आइतबार पनि सेवा प्रदान गर्ने निर्णय गरेको हो ।विभागका अनुसार आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा प्रदान गरिने जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 85 पटक पढिएको
  • यौन दुर्व्यवहार गरेको आरोपमा स्वास्थ्य अनुसन्धान परिषदका कर्मचारी निलम्बित

    काठमाडौं / नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यौन दुर्व्यवहार गरेको आरोपमा एक कर्मचारीलाई निलम्बन गरेको छ ।परिषद्ले इन्टर्नसिपमा आएकी युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरेको हो ।झाले दुर्व्यवहार गरेको भन्दै युवतीले निवेदन दिएपछि परिषदले सोधपुछ गर्दा घटना भएको पाएपछि छानबिन समिति समेत गठन गरेको जनाइएको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 73 पटक पढिएको
  • पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दा पूर्ण इजलासमा

    काठमाडौँ / सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइरालाविरुद्धको रिटको पेसी पूर्ण इजलासमा तोकिएको छ ।पूर्ण इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा. कुमार चुडाल रहेका छन् ।महान्यायधिवक्ता कार्यालयले ११ साउन २०७७ मा श्रीमती गीता ढकालको हत्यामा दोषी ठहरिएको कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कैद सजाय घटाउन गरेका फैसलाविरुद्ध पुनरावलोकन रिट दायर गरेको हो ।रिटको सुनुवाइका लागि पहिलो पटक १० चैत २०७८ मा न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालत

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 76 पटक पढिएको
  • स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ सहित भारतीय नागरिक पक्राउ

    वीरगन्ज  / वीरगन्ज महानगरपालिका- १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार बेतिया ग्रामपञ्चायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुल बस्ने ४२ वर्षीय संजय राम रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा श्रोत नखुलेको नगद फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 78 पटक पढिएको
  • इन्टरनेटमा नेपाली कम्पनीको विज्ञापन : कानुनको अभावका कारण राज्यले गुमायो राजस्व

    काठमाडौं / पछिल्लो समय नेपालका धेरै कम्पनीहरूले सामाजिक सञ्जाल र इन्टरनेट प्लेटफर्म मार्फत विज्ञापन गर्दा गैरकानुनी रुपमा भुक्तानी गर्ने गरेको पाइएको छ । नेपालको कानुनले यस्ता प्लेटफर्ममा विज्ञापन गर्न नेपाली कम्पनीहरूलाई छुट नदिएको कारण भुक्तानी गर्न गैरकानुनी बाटो अपनाइएको हो । विदेशी सञ्चार प्लेटफर्ममा नेपाली कम्पनीहरूले विज्ञापन गर्न पाउने नपाउने विषय उल्लेख नगरिएकाले पनि यस्ता विज्ञापनको भुक्तानी पनि गैरकानुनी रुपमा गर्दै आएका छन् । सार्वजनिक सञ्चारमाध्यममा विज्ञापन गर्न महँगो पर्ने र प्रभावकारिता पनि कम हुने भन्दै कम्पनीहरूले यस्ता प्लेटफर्ममा विज्ञापन गर्न आकर्षित भएका हु

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 94 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा प्रदर्शन गर्ने अनेरास्ववियुका विद्यार्थी नेता पक्राउ

    हेटौंडा / पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धको आन्दोलनको क्रममा हेटौडाबाट अनेरास्ववियुका नेताहरू पक्राउ परेका छन् । अनेरास्ववियुले आज मूल्यवृद्धि विरुद्ध सरकारी सवारीसाधनको चाबी नियन्त्रणमा लिएर नजिकैको प्रहरी कार्यालयमा बुझाउने कार्यक्रम राखेको थियो ।आन्दोलनको क्रममा सरकारी सवारीको चाबी थुतेपछि प्रहरीले विद्यार्थी नेताहरूलाई पक्राउ गरेको हो । प्रहरीले स्थायी कमिटी सदस्य सन्तोष पौडेल, जिल्ला उपाध्यक्ष भुवन मैनाली, सचिव पुष्कर तिमल्सिना, युवा संघका नेता राजकुमार घिमिरेलगायतलाई पक्राउ गरेको हो ।शान्तिपूर्ण आन्दोलनका क्रममा आफ्ना नेताहरूलाई गिरफ्तार गरिएको घटनाप्रति अनेरास्ववियुले खेद प्रकट

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 77 पटक पढिएको
  • श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ

    बिर्तामोड /  मोरङको जहदा गाउँपालिका- २ का दिनेश कुमार राजभरलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत ज्येष्ठ ६ गते राती ९ बजे घरायसी विवादका कारण ४३ वर्षीय राजभरले आफ्नै श्रीमती ३५ वर्षीया गीता देवी राजभरलाई काठ र फलामको रडले टाउको र कम्बरमा प्रहार गरी हत्या गरेर घटना स्थलबाटै फरार भएका थिए । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा राजभरलाई ज्येष्ठ १० गते पक्राउ गरेको हो । पक्राउ परेका राजभरको मोरङ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 87 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.