काठमाडौं / अनुमति बिना विदेशी भ्लगरलाई अन्तर्वार्ता दिएका पाइलट विजय लामालाई नेपाल वायुसेवा उडानमा रोक (ग्राउन्डेड) लगाएको छ । उडिरहेको विमानको ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको अभियोगमा निगमले पाइलट लामालाई उडानमा रोक लगाएको हो । वायुसेवा तथा उड्डयनकर्मीहरूको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि ग्राउण्डेड गरेको हो । विभागले लामालाई ग्राउन्डेड गरेको जानकारी बबरमहलमा रहेको प्राधिकरण र सिनामंगलमा रहेको विभागलाई पनि गराएको प्राधिकरणका सहायक प्
काठमाडौं / निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि मतदाताले आफ्नो परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाउने व्यवस्था मिलाएको छ । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा भोट हाल्न पाउने छन् । निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको र नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न
झापा / प्रधानमन्त्री शेरबहादुर देउवाले गएराति गएको भूकम्पबाट प्रभावित भएकाहरूलाई तत्काल राहत वितरण, घाइतेको उपचार र उद्धारमा खटिन निर्देशन दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।साथै, प्रधानमन्त्री देउवाले भूकम्पमा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवारमा समवेदना प्रकट गरेका छन् । गएराति खप्तड क्षेत्र केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी डोटीको पूर्वचौकी -३ मा ६ जनाको मृत्यु भएको छ ।
काठमाडौँ / प्युठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।मृत्यु हुनेमा प्यूठान नगरपालिका –५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्ती रहेका छन् । उनीहरूको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जानकारी दिए ।प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्यूठान नगरपालिका –५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बु
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुनेछ । निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने चर्चा पनि सुरु भएको छ ।कांग्रेसले राष्ट्रपति पाएमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्ने सम्भावना छ । यस्तै, अर्का वरिष्ठ नेता कृष्णप्रसाद सिटौलासमेत राष्ट्रपतिको दौडमा रहेका छन् । सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रको भागमा राष्ट्रपति परेको अवस्थामा अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुन, डा. बाबुराम भट्टराई, सभ
झापा / मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको छ । डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक भोलाप्रसाद भट्टका अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ ।यस्तै सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको डीएसपी भट्टले बताए । उनीहरु ६ जनाकै शव निकालिएको प्रहरीले जनाएको छ ।भूकम्पले सोही वडाका पाँच जना घाइते भएका उनीह
झापा / मुगुबाट सुर्खेत आउँदै गरेको कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालिकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जिप दुर्घटना भएको हो । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको जिप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले जानकारी दिए । उनका अनुसार जिपमा १० जना सवार थिए । उनले भने, एक जनाको घटनास्थलमा र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु
झापा / नागरिक समाज झापाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदानस्थललाई अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकमैत्री बनाउन माग गर्दै ११ बुँदे अपिल जारी गरेको छ । वरिष्ठ अधिवक्ता एवं नेपाल कानून आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व सदस्य लीला उदासीसहित १८ नागरिक अगुवा संस्थाका प्रतिनिधिले हस्ताक्षर गरी अपिल जारी गरेका हुन् ।अपिल पत्रमा मतदाता प्रभावित गर्न मतदानस्थल वरपर हुने भोजभतेर पूर्णतः बन्द गर्न गराउन अपिल गरिएको छ । साथै, निर्वाचन खर्च पारदर्शी र मितव्ययी बनाउन र खर्चको स्रोत खुलाउन दल तथा उम्मेदवारहरूलाई आग्रह गरिएको छ ।त्यस्तै निर्वाचन सम्पन्न गर
झापा / धरान उपमहानगरपालिकाले आज मंगलबार सार्वजनिक बिदा दिएको छ । कात्तिके पूर्णिमा (बराहक्षेत्र मेला) का अवसरमा उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको हो । प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले आज विज्ञप्ति निकालेर उपमहानगरपालिकाभर मंगलबार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् । विद्यालय, क्याम्पस, वडा कार्यालय, अत्यावश्यकबाहेक स्वास्थ्य सेवा लगायतका कार्यालयमा बिदा दिइएको हो ।
बिर्तामोड / प्रहरी झापाको मेचीनगर नगरपालिका -६ स्थितबाट अवैध मोटर पार्टस बरामद गरेको छ । सोमबार बेलुका जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले १,५०,००० मूल्य बराबरको पार्टस बरामद गरेको हो । भारतबाट नेपाल अवैध रुपमा तर्फ ल्याउँदै गरेको मोटर पार्टसलाई आवश्यक कारवाहीको लागी मेची भसार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका (प्रवक्ता) डीएसपी बसन्त पाठकले जानकारी दिए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.