समाचार

    Showing 21,601-21,610 of 26,755 items.
  • कोरोना विमा रकम भुक्तानीका लागि पत्रकार महासंघ मोरङद्धारा ध्यानाकर्षण

    विराटनगर / नेपाल पत्रकार महासंघ मोरङले कोरोना बिमा बापतको रकम भुक्तानीका लागि अजोड इन्स्योरेन्स कम्पनीको विराटनगर कार्यालयमा ज्ञापन पत्र बुझाईएको छ । गत जेठ १६ गते उच्च अदालत विराटनगरले कोरोना वीमा भुक्तानी प्राप्त गर्न बाँकी ३३ जना विमितको रकम उपलब्ध गराउनका लागि फैसला गरेपनि कम्पनीले फैसला कार्यन्वयन नगरेपछि महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालको नेतृत्वमा गएको टोलीले अजोड इन्स्योरेन्स कम्पनी विराटनगर शाखाका प्रमुख केदार खत्रीको ध्यानाकर्षण गराएको हो । उच्च अदालतको फैसला अनुसार गत साउन गते भुक्तानीका लागि पत्र पठाएका र भुक्तानी नभएपछि असोज १० गते भुक्तानीमा ढिलाई हुनुको कारण सहित लिखित जवाफ माग

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 66 पटक पढिएको
  • बिर्तामोडमा पिकअप गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका -३ स्थित पूर्व पश्चिम राजमार्गमा पिकअप गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय उदय बहादुर गहतराज रहेका छन् । आज बिहान ५ बजे साइकल यात्री .गहतराजलाई प्रदेश १-०१-००१ च ८३१९ नम्बरको पिकअप गाडीले ठक्कर दिएको थियो । पिकअपको ठक्कर घाईते भएका गहतराजको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चालक पथरी शनिश्चरे मोरङका कमल बहादुर मगरलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 112 पटक पढिएको
  • गण्डकी प्रदेश सरकारको कर घटाउने निर्णय खारेज

    काठमाडौँ / गण्डकी सरकारले कर घटाउने आफ्नै निर्णय खारेज गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी करको दर घटाएको भन्दै प्रदेश सरकारका मुख्यमन्त्री, अर्थमन्त्री र अर्थसचिवलाई स्पष्टीकरण सोधेको थियो ।आयोगले पहिलो पटक सोधेको स्पष्टीकरणमा समेत निर्णय नसच्चिए पछि दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधेको थियो । आयोगको दोस्रो पटकको स्पष्टीकरण पछि प्रदेश सरकारले कर घटाउने निर्णय खारेज गर्ने निर्णय गरेको हो ।निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ख) मा वार्षिक बजेट तथा कार्य

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 58 पटक पढिएको
  • झापाको मेचीनगरमा रहेको दुनाटपरी उद्योगमा आगलागी

    बिर्तामोड / झापाको मेचीनगर -९ मा रहेको लिफ प्लस प्रालि दुनाटपरी उद्योगमा आइतबार राती आगलागी हुँदा करिब २ करोड बराबरको क्षति भएको छ । उद्योगले सुपारीको सुकेका पातलाई कच्चापदार्थका रुपमा प्रयोग गरेर आकर्षण दुना, टपरी, थाल, बटुका, चम्चा लगायतका सामान उत्पादन गर्दै आएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ । मेचीनगर, भद्रपुर, बिर्तामोड, कमल र दमकको दमकलले आज बिहान मात्र आगलागी नियन्त्रण भएको उद्योगका सञ्चालक हरि दाहालले बताए ।

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 67 पटक पढिएको
  • भारतमा सर्पको टोकाइबाइ एक वर्षमा ६४ हजारभन्दा बढीको मृत्यु

    एजेन्सी / भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जना भन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ । हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको भारतको एक स्थानीय पत्रिकाले जनाएको छ । भारतको पत्रिका द हिन्दुले नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित एक अनुसन्धानलाई उद्धृत गरेर दिएको समाचार अनुसार यहाँ हरेक वर्ष ६४ भन्दा बढीको सर्पले डसेर ज्यान जाने गरेको छ ।भारतमा गत वर्षमात्र सर्पले टोकेर ६४ हजार एक सय जनाको ज्यान गएको थियो । विश्वका विभिन्न २१ देशका अनुसन्धानदाताहरु सम्मिलित रहेर गरिएको सो अनुसन्धानमा विश्वमा हरेक वर्ष ७८ हजार छ सय जनाको सर्पको डसाईबाट ज्यान जा

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 100 पटक पढिएको
  • रूपन्देहीमा श्रीमान श्रीमती आफ्नै घरभित्र मृत फेला

    झापा / रूपन्देहीमा श्रीमान श्रीमती आफ्नै घरभित्र मृत भेटिएका छन् । जिल्लाको देवदह नगरपालिका -५ स्थित पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर मृत फेला परेका हुन् । श्रीमान् वैदेशिक रोजगारीबाट छुट्टीमा घर आएका थिए । उनले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 79 पटक पढिएको
  • मगर दम्पती मृत फेला

    बुटवल / रूपन्देहीको देवदह नगरपालिका –५ स्थित पाल्पाली टोलका एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर घर भित्र चुकुल लागेको अवस्थामा सोमबार बिहान मृत फेला परेका हुन् ।हेमकलाको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र बोलिन्द्रको  शव पंखामा झुण्डिएको अवस्थामा रहेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले जानकारी दिए । बोलिन्द्र वैदेशिक रोजगारीबाट छुट्टीमा घर आएका थिए । उनले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 68 पटक पढिएको
  • ब्लगर चुईलाई जहाजको ककपिटमा लगेको भन्दै पाइलट लामालाई कारवाही

    काठमाडौँ / नेपाल वायु सेवा निगमका पाइलट विजय लामा कार्वाहीमा परेका छन् । नागरिक उडड्यन प्राधिकरण (क्यान) ले लामालाई आइतबार ग्राउण्डेड गर्ने निर्णय गरेको हो । क्यानका महानिर्देशक प्रदिप अधिकारीले उनलाई कारवाही गर्नुको साथै लामाको मलेसिया भ्रमण समेत रद्द गर्ने निर्णय गरेका छन् ।लामा सेफ्टी इक्युपमेन्ट इमर्जेन्सी तालिमका लागि आइतबार मलेसिया जाने तयारीमा थिए । उनलाई कति दिन सम्मको लागि ग्राउण्डेड गरिएको भन्ने अझै खुलाइएको छैन ।चर्चित एभियसन ब्लगर सम चुईलाई विना अनुमति जहाजको ककपिटमा लगेको भन्दै लामालाई कारवाही गरिएको हो । चोई केही दिनअघि नेपाल भ्रमणमा आएका थिए ।दुबईबाट काठमाडौं आउने क्रममा उक

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 155 पटक पढिएको
  • आम निर्वाचनमा सियोदेखि मतपेटिकासम्म विदेशबाटै आयात

    काठमाडौँ / मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केन्द्र र जिल्लाबाट गरी निर्वाचनका लागि ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको छ । जसमध्ये अधिकांश विदेशबाट आयात भएका छन् ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले केन्द्रीय कार्यालयमार्फत बोलपत्रबाट ५७ प्रकारका तथा जिल्ला तहबाट १५ प्रकारका गरी ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको हो । तीमध्ये धेरैजसो विदेशबाटै ल्याइएका छन् । आयोगले मतपेटिका उत्तरी छिमेकी मुलुक चीनबाट ल्याएको हो । यसैगरी, सियो, लाह छाप भारतबाट

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 72 पटक पढिएको
  • कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

    बिर्तामोड / मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी छविलाल रिजालले बताए । उक्त मतदान केन्द्रबाट कैदीबन्दीका साथै र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीले मतदान गर्न पाउनेछन् । झापामा छ हजार २४२ अस्थायी मतदाता छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।कैदी

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 70 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.