जनकपुर / जयनगर–कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ। नेपाल रेल्वे कम्पनीका अनुसार कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल सेवा सञ्चालन गरिने भएको हो । नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले सूचना जारी गरी कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई ध्यानमा राखेर कात्तिक २१ देखि २३ गतेसम्म जयनगर–जनकपुरसम्म अनटाइम्ली सेवा सञ्चालन
झापा / जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७ औँ सम्मेलन (कोपा –२७) आज आइतबारदेखि सुरु हुँदैछ । सम्मेलन आजदेखि मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म इजिप्टको शर्मा एल–शेखमा हुँदैछ ।उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी तथा महत्वाकाङ्क्षी परिणाम दिने अपेक्षा गरिएको छ । साथै उत्सर्जन न्यूनीकरण, अनुकूलन प्रयासलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाहको माध्यमबाट विश्वव्यापी जलवायु कार्यलाई गति दिनेसमेत सम्मेलनको ल
काठमाडौँ / नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ । सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ ।यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार खरिद गर्न लागेको थियो । त्यसमध्ये ८४ करोड रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढेको भए पनि विरोध भएपछि रोकियो । नेपाली सेनालाई भने सरकारले २ अर्ब रुपैयाँ बराबरको हतियार खरिद गर्न स्वीकृति दिएपछि नेपाल ल्याउने तयारी भएको छ ।सरकारसँग डलर अभावका कारण केही ढिलाइ भएको हो, सरकारले अमेरिका पठाउने डलर व्यवस्था गर्नासाथ हतियार नेपाल आउनेछ, स्रोतले भन्यो । दुई अर्ब रुपैयाँ बराबरको
झापा / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच शनिबार भैरहवामा भएको बैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै पक्षबाट नाका बन्द (सिल) गर्ने निर्णय गरेको हो । विगतका आम चुनावमा जस्तै यसपटक पनि ७२ घण्टा नाका सिल गर्ने निर्णय भएको छ,’रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले भने ।बैठकले सीमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने, सबै प्रकारका गैरकानुनी कार्यहरू नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने, सीमा क्षेत्रम
झापा / काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुलीमा खस्दा १९ जना घाइते भएका छन् । शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका -१० हुग्दिखोलास्थित त्रिशूली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए । बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको खत्रीले बताए । उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाएको छ । बस त्रिशूली किनारमै रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको थियो ।
काठमाडौँ / भारतको निर्वाचन आयोगका प्रमुख राजीव कुमार नेपाल आउने भएका छन् । उनी निर्वाचनको अवलोकन गर्न नेपाल आउने भएका हुन् । आयोगका सहप्रवक्ता कमल भट्टराईका अनुसार उनी मंसिर दुई गते नेपाल आँउदै छन् । भट्टराईले भारत भ्रमणको क्रममा उनलाई नेपाल भ्रमणको औपचारिक निम्ता दिएका थिए ।
झापा / जनलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७ औँ सम्मेलन (कोपा –२७) आइतबारदेखि सुरु हुँदैछ । सम्मेलन कात्तिक २० देखि मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म इजिप्टको शर्मा एल–शेखमा हुँदैछ ।उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी तथा महत्वाकाङ्क्षी परिणाम दिने अपेक्षा गरिएको छ । साथै उत्सर्जन न्यूनीकरण, अनुकूलन प्रयासलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाहको माध्यमबाट विश्वव्यापी जलवायु कार्यलाई गति दिनेसमेत सम्म
झापा / ओखलढुङ्गाको सिद्धिचरण नगरपालिक -११ सोब्रुमा चिर्पट प्रहार गरि श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । ३३ वर्षीय कल्पना खड्का राईको हत्या गरेको आरोपमा प्रहरीले रामबहादुर राईलाई पक्राउ गरेको हो । श्रीमान श्रीमतीबीच सामान्य विवाद हुँदा मादक पदार्थ सेवन गरेका राईले श्रीमतीलाई चिर्पट प्रहार गरेको बुझिएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका घर भई ३ वर्षअघि देखि यहाँ बसोवास गर्दै आएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ ७ बजेतिर घटना घटेको भए पनि स्थानीयले प्रहरीलाई शनिबार बिहान मात्रै खबर गरेको थियो । घटनाको विषयमा अनुसन्धान भइ
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड जाने भएकी छिन् । विश्वभरका महिला नेताहरूको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलका आयोजनामा हुने ८–१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उनी सोमबार आइसल्याण्ड प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । डब्लूपीएलले भण्डारीलाई यो वर्षको डब्लूपीएल ट्राइलब्लेजर अवार्ड पनि प्रदान गर्ने मन्त्रालयले आज निकालेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले ग्लोबल फोरममा अवार्ड ग्रहणसँगै आफ्नो मन्तव्य पनि राख्ने छिन् । १२ नोभेम्बरमा स्वदेश फर्कने राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि सहभागी हुने छन्
काठमाडौँ / तम्घास काली गण्डकी नदीमा हाम फाली बेपत्ता भएका युवाको खोजी कार्य जारी जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।शुक्रवार दिउँसो जिल्लाको काली गण्डकी गाउँपालिका १ हर्मिचौरका ३५ वर्षीय टेकराज पाण्डेले गुल्मी र स्याङजाको सङ्गमस्थल रेप्कामा रहेको मोटरे बल पुलबाट काली गण्डकी नदीमा हाम फाली बेपत्ता भएका हुन् ।नदीमा हाम फाली बेपत्ता भएका पाण्डेको खोजी कार्यका लागि स्थानीय र प्रहरी परिचालन भए पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । नदीमा हाम फाल्नुको कारण नखुलेको र खोजी कार्य जारी रहेको खरेलले बताए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.