कानेपोखरी / मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा मोरङ क्षेत्र नं ३ मा चुनावी माहोल रोमाञ्चक बन्दै गएको छ । मोरङ क्षेत्र नं ३ मा काङ्ग्रेस/एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिरहँदा यस पटक राप्रपाले समेत दुई ठूला पार्टीलाई कडा चुनौती दिने देखिएको छ ।काङ्ग्रेसले प्रतिनिधि सभा तर्फ सुनिल शर्मालाई, एमालेले भानुभक्त ढकाल र राप्रपाले रेखा थापालाई उम्मेदवार बनाएको छ । सुरुमा थापालाई दुई ठुला राजनीतिक दलले कमजोर उम्मेदवार बताउने गरे पनि अहिले तिनै दुई राजनीतिक दललाई रेखाले दिएको चुनौतीको सामना गरिराख्नु परेको छ ।अघिल्लो पटक जितेका सांसदले केही नगरेपछि अहिले
बिर्तामोड / आदर्श स्कुल अफ म्यानेजमेन्टले सुरुवाती कोठा नेपाल झापा तथा एन एम बि बैकको सहकार्यमा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।आदर्श कलेजकी एकेडेमिक कोर्डिनेटर विजया भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो । विद्यार्थीलाई बैक तथा वित्तीय संस्था ,बचत गर्ने बानी ,बैकको महत्त्व , बाल बचत ,आधुनिक बैकिङ प्रणाली इत्यादिको बारेमा जानकारी प्रदान गराउने उद्देश्यले कार्यक्रमको सञ्चलन गरिएको कोर्डिनेटर भण्डारीले जानकारी दिइन् । उक्त कार्यक्रममा एन एम बि बैंकका कर्मचारी सरोज अधिकारी, दिव्या लुँइटेल र आदर्श स्कुल अफ म्यानेजमेन्टका ७० जना विद्यार्थी को सहभा
झापा / वीरगञ्जमा कन्टेनरको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहार राज्य गोपालगन्ज जिल्ला, बरैली थाना बरैली बस्ने ३० वर्षीय अशोक यादव रहेका छन् । बिहीबार साँझ साढे ६ बजे वीरगञ्ज महानगरपालिका -२५ आईसीपी २ नम्बर गेटको पार्किङ क्षेत्रमा उनलाई कन्टेनरले ठक्कर दिएको थियो ।दुवै खुट्टा कन्टेनरले किचेर घाईते भएपछि यादवलाई उपचारका लागि एलएस न्युरो हस्पिटलमा उपचारका लागि लगिएको थियो ।एलएस हस्पीटलमा प्रारम्भिक उपचारपछि नेशनल मेडिकल कलेज वीरगञ्जमा लगिएकोमा राति ८ बजे अस्पतालले यादवको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्ष
झापा / आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाईको काम सम्पन्न भएको छ ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाई काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको यही कार्तिक २० गतेसम्मको समयसीमा भन्दा दुई दिन अगावै जनक शिक्षा सामग्रीले मतपत्र छपाईको काम सम्पन्न गरेको हो ।शुक्रबार जनक शिक्षा सामग्रीमा मतपत्र छपाई सम्बन्धी अवलोकन गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिस
काठमाडौँ / आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला १ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ६ सयमा कारोबार भएको छ ।त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
झापा / भारत सरकारले निर्वाचन आयोगलाई ८० वटा सवारीसाधन उपहार दिएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि ८० वटा सवारी साधन भारतले नेपाललाई उपहार दिएको हो । एक समारोहका बीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्कारपियो गाडीको साँचो प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई धन्यवाद समेत दिएका छन् । नेपाल र भारतबीच लामो समयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उनले दुई देशबीचको स
काठमाडौँ / १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार र बिहीबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो । बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, रमन श्रेष्ठ र अधिवक्ता सुवास पाठकले बहस गरेका थिए । प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । बहस सकिएपछि थुनछेक आदेश जारी हुनेछ । अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि
झापा / आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ ।आजबाट देशभरका ७५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडाका घरदैलोमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने निर्वाचन आयोगले जनाएको छ । चुनावमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातालाई मतदान गर्ने सही तरिका सिकाइनेछ ।आयोगले प्रत्येक वडामा रहेका स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर खटाउँदै छ । केही वडामा एक स्वास्थ्य स्वयंसेविकाले अपुग भए थप एक परिचालन गर्ने तयारी छ
बिर्तामोड / मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापामा १३ हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचन यता उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् । २३ हजार नयाँ मतदाता थपिएसँगै झापामा कुल मतदाताको संख्या छ लाख ६३ हजार ३११ पुगेको जिल्ला निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए । पाँच वटा निर्वाचन क्षेत्रका कुल मतदातामध्ये महिलाको संख्या तीन लाख ३२ हजार २५९, पुरुषको संख्या तीन लाख ३१ हजार ४४ र अन्य मतदाता आठ जना रहेका छन् ।झापाको क्षेत्र नम्बर –१ मा सबै भन्दा थोरै एक लाख २० हजार ३७५ मतदाता छन् भने क्षेत्र नम्बर –५
बिर्तामोड / विराटनगरको एक कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर -५ का ५४ वर्षीय रौदी चौधरी रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार विराटनगर -४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा चौधरीको मृत्यु भएको हो । ग्यास लिक हुँदा निसास्सिएर बेहोस भएका चौधरीको उपचारका क्रममा विराट नर्सिङ होममा दिउँसो २ बजे मृत्यु भएको श्रेष्ठले बताए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.