समाचार

    Showing 21,631-21,640 of 26,755 items.
  • बदरमत कम गर्न झापामा नमुना मतदान कार्यक्रम

    बिर्तामोड / जिल्ला निर्वाचन कार्यालय झापाले आजदेखि नमुना मतदान कार्यक्रम सुरु गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजबाट मतदान कार्यक्रम सुरु गरेको हो । आज भद्रपुरको विरेन्द्र रत्न मा.विमा नमुना मतदान गरिएको छ । नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो ।बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन नमुना मतदानको अभ्यास थालेको जिल्ला निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए । प्रतिनिधिसभा र

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 67 पटक पढिएको
  • मोरङमा भरुवा बन्दुक देखाई श्रीमती कुटपिट गर्ने पक्राउ

    बिर्तामोड / उर्लाबारी नगरपालिका -२ सिमसार टोल बस्ने ३१ वर्षीय दीपक विश्वकर्मालाई १ थान अवैध भरुवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी दिपकले आफ्नो घरमा रहेको भरुवा बन्दुक निकाली श्रीमतीलाई डर त्रास देखाई कुटपिट गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 72 पटक पढिएको
  • प्रधानमन्त्री र मन्त्रीहरूले चुनावी कार्यक्रममा सहभागी हुन आयोगबाट अनुमति लिनुपर्ने

    काठमाडौँ / चुनाव प्रचारप्रसारका कार्यक्रममा जाँदा प्रधानमन्त्री र मन्त्रीहरूले निर्वाचन आयोगबाट अनुमति लिनु पर्ने भएको छ । प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो क्षेत्रबाट अन्य क्षेत्रमा चुनावी कार्यक्रममा जानुपरे आयोगबाट अनुमति लिनुपर्ने भएको हो ।प्रधानमन्त्री र संघ तथा प्रदेशका मन्त्रीहरूले चुनावी कार्यक्रममा जाँदा सरकारी स्रोत, साधनको प्रयोग भने गर्न पाउने छैनन् ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कात्तिक १७ देखि मंसिर १ गतेसम्म दलहरूले आमसभा र जुलुस गरेरै चुनावी प्रचार गर्न पाउने बताए । ‘आयोगको अनुमति लिएर प्रधानमन्त्री र मन्त्रीहरू चुनावी कार्यक्रममा जान पाउँछन्,’ उनले भने । चुनाव हुनु

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 61 पटक पढिएको
  • आजदेखि राजनीतिक दलहरूले चुनाव केन्द्रित जुलुस र आमसभा गर्न पाउने

    झापा  / आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि दलहरूले आज (बिहिबार) देखि चुनाव केन्द्रित प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राजनीतिक दलहरूले सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने छन् । प्रचारप्रसारका क्रममा राजनीतिक दलहरूले जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको समेत व्यवस्था गरिएको छ ।आचारसंहिता बमोजिम निर्वाचन

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 56 पटक पढिएको
  • रूखमा टाउको ठोक्किएर गम्भीर घाइते भएका बालकको मृत्यु

    काठमाडौं / काठमाडौंको लाजिम्पाटमा बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर  घाइते भएका  बालकको मृत्यु भएको छ । बुधबार दिउँसो साढे ३ बजे वेस्ट इलिमेन्ट्री मन्टेश्वरी स्कुलका १३ वर्षीय आयुश्मान दाहाल बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर घाइते भएका थिए । प्रहरीका अनुसार घटना स्कुल बाहिर भएको थियो । गाडी विद्यालयबाट निस्किने बेलामा दुर्घटना भएको थियो । ५ कक्षामा अध्ययनरत दाहाल बसको पछाडिको सिटमा बसेका थिए । घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमा

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 73 पटक पढिएको
  • झापामा जिल्लास्तरीय प्रचारप्रसार संयन्त्र गठन, संयोजकमा पूर्वेली

    बिर्तामोड  / लोकतान्त्रिक-बाम गठबन्धन संयुक्त संयन्त्र झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न पत्रकारहरूको संयुक्त भेलाले नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको संयोजकत्वमा जिल्लास्तरीय प्रचारप्रसार संयन्त्र गठन गरेको छ । लोकतान्त्रिक बाम गठबन्धन संयुक्त संयन्त्रमा आबद्ध राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एस का शुभेच्छुक एवं आबद्ध संस्थाका पत्रकारहरूको भेलाले पूर्वेलीको संयोजकत्वमा  जिल्लास्तरीय प्रचारप्रसार संयन्त्र गठन गरेको हो ।गठित समितिको सहसंयोजकमा प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मी, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष अनिलदेव राई

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 127 पटक पढिएको
  • रोकेर राखेको स्काईभेटरमा आगजनि गर्ने पक्राउ

    झापा / ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका -२ स्थितमा रहेको स्काईभेटरमा आगजनि गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिशंखुगढी -१ का २९ वर्षीय तुलसी राज अधिकारी रहेका छन । सृजनशील कन्स्ट्कसन प्रा.लि.को बा ३ ख ४३०६ नम्बरको स्काईभेटर चिशंखुगढी -२ स्थित बाङ्गे खोला नजिक सडक छेउमा रोकेर राखेको अवस्थामा कार्तिक १४ गते राती आगजनिबाट पूर्णरुपमा जली क्षति भएको थियो । तत्काल घटना स्थलमा खटिएको प्रहरी चौकी खानीभञ्ज्याङ र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको प्रहरी टोलीले खोज तलासको क्रममा स्काईभेटरमा आगजनी गर्ने अधिकारीलाई भाग्दै गरेको अवस्थामा चिशंखुगढी -१ सुर्केटार स्थितबाट आज बिहान प

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 74 पटक पढिएको
  • बाजुराका ४३ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा

    बाजुरा । बाजुराका ४३ मतदान केन्द्र अति संवेदनशील सूचीमा रहेका छन् ।बाजुराको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले दिएको जानकारी अनुसार जिल्लाका जम्मा ७० मध्ये ४३ लाई अति संवेदनशील र २३ लाई संवेदनशील  मतदान स्थल मानिएको छ ।उनका अनुसार ७० मध्ये चार मतदान स्थल मात्रै सामान्य अवस्थाका छन् ।प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको निर्वाचन हुने बाजुरा जिल्लामा ७० मतदान स्थलमा एक सय १२ मतदान केन्द्र कायम भएका छन् । बाजुरामा महिला ४० हजार पाँच सय ३७, पुरुष ४२ हजार एक सय ५१ र अन्य दुई गरि जम्मा ८२ हजार आठ सय ९० मतदाता रहेका छन् ।सहायक प्रमुख जिल्ला अधिकारी बिष्टका

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 58 पटक पढिएको
  • भीरबाट खसेर म्यादी प्रहरीको मृत्यु

    धादिङ / धादिङमा गस्तीमा गएका म्यादी प्रहरीको मृत्यु भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारमा कार्यरत २१ वर्षीया भवानी खकुरेलको मृत्यु भएको हो । उनको गस्ती जानेक्रममा भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए ।उनका अनुसार सोमबार दिउँसो करिब १ बजेतिर सल्यानटारमा म्यादी प्रहरीहरू गस्तीमा जाँदै थिए। बाटो छेउमा माटो भासिएर चिप्लिएपछि उनी अन्दाजी ५५ मिटर तल खसेकी थिइन् । उनको टाउकोमा समेत चोट लागेको थियो।धादिङमै प्राथमिक उपचारपछि काठमाडौंको नेपाल प्रहरी अस्पतालमा रिफर गरिएको थियो। त्यहाँबाट पनि बाँसबारीस्थित न्युरो अस्पतालमा

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 77 पटक पढिएको
  • बिना मगरलाई निर्वाचन आयोगले सोध्यो चौबीस घण्टे स्पष्टीकरण

    झापा / निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचन कञ्चनपुर क्षेत्र नं. १ मा उम्मेदवारी दिएकी बिना मगरलाई चौबीस घण्टे स्पष्टीकरण सोधेको छ । मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । मगरले निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत हुनेगरि २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो ।निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 81 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.