धरान / धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले ४ हजार १५९ मतको अग्रता लिएका छन् । अर्का प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १४ हजार ९९६ र एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार १४३ मत पाएकी छन् । यो अवस्थामा हर्कराज राई एमालेकी मञ्जुभन्दा ७ हजार १२ मतले र कांग्रेसका किशोर राई भन्दा ४ हजार १५९ मतले अगाडि छन् । धरान उपमहानगरमा मत ६२ हजार ८९८ मा खसेकोमा ५८ हजार २७७ मत गणना भइसकेको छ ।उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार आइन्द्र विक्रम बेघाको अग्रता जारी छ । उनले १८ हजार ८६४ मत पाउँदा नेकपा एमालेका पदम प्रसाद लिम्बुले १६ हजार ५८१ मत पाएका
काठमाडौँ / हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ
काठमाडौं / शुक्रबार मात्रै एआईजीमा बढुवा गरिएको एआईजी बसन्त कुमार लामा दूई दीनको सेवा अवधि पछि अनिवार्य अवकाशमा जाने भएका छन् । लामा एआईजीमा ५६ वर्षे उमेर हद भएका कारण शनिबार मध्यरातदेखि अनिवार्य अवकाशमा जाने भएका हुन् । लामाले दुई दिने कार्यकाल सकेर अवकाश पाउने भएपछि नेपाल प्रहरीको पाँच एआईजीको दरबन्दी रिक्त हुने भएको छ ।रिक्त पाँच एआईजी पदमा डीआइजी उत्तमराज सुवेदी, अरुणकुमार बिसि, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई बढुवा सिफारिस गर्ने तयारी गरिएको छ । डीआईजीद्वय सुवेदी र बिसि २०७७ बैशाख ७ मा बढुवा भएका थिए भने डीआईजीद्वय लोहनी र आचार्य २०७७ पुस २० मा डीआईजीमा बढुवा
एजेन्सी / इन्डियन प्रिमियर लिग (आईपीएल) टिट्वान्टी क्रिकेटमा आज (शनिबार) दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।आजको खेलमा जित निकाल्दै दिल्ली प्लेअफमा पुग्ने योजनामा छ । दिल्लीलाई प्लेअफ पुग्न आजको खेलमा जित निकाल्नु पर्ने बाध्यता छ । आजका खेलमा पराजित भए दिल्लीको यो सिजन आईपीएल यात्रा समाप्त हुनेछ । यता मुम्बई आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ ।लिगमा १३ खेल खेलेको दिल्ली १४ अङ्कका साथ तालिकाको पाँचौं स्थानमा छ । चौथो स्थानमा रहेको बैंगलोरक
एजेन्सी / भारतको मध्यप्रदेशस्थित रतलाम जिल्लाका एक वृद्ध मुस्लिम भएको आरोपमा कुटिएको केही समयपछि मृत फेला परेका छन् । उनलाई भारतीय जनता पार्टीका स्थानीय नेताले निर्घात कुटेका थिए । ६५ वर्षीय भंवरलाल जैनलाई भाजपाका नेता दिनेश कुशवाहाले निर्घात कुटेको भिडियो सार्वजनिक भएको भोलिपल्ट शुक्रबार साँझ निमच जिल्लाको रामपुरा रोडमा प्रहरीले मृत फेला पारेको हो । भारतीय मिडियाका अनुसार मृतक भंवरलाल रतलाम जिल्लाको छिमेकी सिर्सा गाउँका अगुवा जैनका छोरा थिए ।भारतीय मिडियाका अनुसार उक्त भिडियो आरोपित भाजपाका दिनेश कुशवाह आफैँले मे २० मा स्वच्छ भारत नामको ह्वाट्सएप समूहबाट अपलोड गरेका थिए । साथै उक्त भिडियो अन्
झापा / नुवाकोटको विदुर नगरपालिकाको उपमेयर नेकपा माओवादी केन्द्रकी प्रभा बोगटी निर्वाचित भएकी छिन् । उनी माओवादी केन्द्रका दिवंगत नेता पोस्टबहादुर बोगटीकी छोरी हुन् । पत्रकारिता गर्दै आएकीले ११ हजार ६०६ मत ल्याएर नेकपा एमालेकी अम्बिका नेपाललाई पराजित गरेकी हुन् । हाल राजनीतिमा सक्रिय उनले विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालसँग विवाह गरेकी थिइन् । पछि उनीहरूले सम्बन्ध बिच्छेद गरेका थिए । यस्तै गठबन्धनका उम्मेदवार राजन श्रेष्ठले एमालेका सन्जु पण्डितलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका छन् ।
एजेन्सी / अर्जेन्टिनाका फरवार्ड एन्जेल डी मारियाले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छोड्ने निश्चित भएको छ ।पीएसजीले शुक्रबार डी मारियाले सिजनको अन्त्यबाट क्लब छोड्ने पुष्टि गरेको हो । डी मारियाले पिएसजी छोड्ने पक्का भएपनि नयाँ सिजनमा कुन क्लबमा देखिनेछन् भन्ने केही खुलाइएको छैन ।२०१५-१६ को सिजनमा पीएसजी प्रवेश गरेका डी मारियाले २९४ खेल खेल्दै ९१ गोल गरेका छन् । यस्तै, १११ पटक गोलका लागि असिस्ट गरेका छन् । ७ सिजनमा डी मारियाले १८ पटक उपाधि दिलाएका छन् ।
एजेन्सी / भारतीय हवाई सेवा कम्पनी जेट एयरवेजले एयर अपरेटरको प्रमाणपत्र पाएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरण डायरेक्टोरेट जनरल अफ सिभिल एभिएसनले जेट एयरलाई अनुमति दिएको हो ।केही महिनादेखि कम्पनी पुनः नयाँ स्वरूपमा सञ्चालनका लागि प्रक्रिया अघि बढाएको वायु सेवा व्यवस्थापन अनुमति पाएपछि निकै खुसी छ ।कम्पनीले गत महिना भिस्ताराका पूर्व योजनाकार तथा कमर्सियल अफिसर सञ्जीव कपुरलाई सिइओ नियुक्त गरेको थियो ।दक्षिण एसियाली मुलुकका वायुसेवा मध्ये निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी मानिएको जेट एयरवेज लगातार घाटामा गएपछि बन्द भएको थियो । यसका जहाज २०१९ अप्रिल तेस्रो सातादेखि ग्राउण्डेड छन् ।नयाँ व्यवस्थ
झापा / स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई बिदाइ गर्न थालिएको छ ।सरकारले ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि गरेको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना भएका थिए । तीमध्ये ४ जनाको मृत्यु भएको थियो भने, ४९ जना बर्खास्त भएका थिए । आचरणविपरीत गतिविधि गरेको कसुरमा उनीहरुलाई बर्खास्त गरिएको थियो । उनीहरुलाई ४० दिनको अवधि तोकी एक साताको सुरक्षा तालिम दिएर २८ चैतबाट खटाइएको थियो । उक्त अवधि शुक्रबार सकिएको हो । म्यादी प्रहरीलाई प्रहरी जवानसरह सेवा सुविधा दिइएको थियो । सरकारले तोकेको सेवा सुुविधा दुई किस्तामा प्रदान गरेको छ ।
गुल्मी / गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिकामा रहेको सत्यवती माध्यमिक विद्यालय हसराको कक्षा नौ मा अध्ययन गर्ने छात्रालाई शिक्षक प्रकाश भट्टराई र नीलकण्ठ बस्यालले यौन दुर्व्यवहार गरेको भन्ने उजुरीको आधारमा शुक्रबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । नाबालिका छात्रालाई शिक्षक बस्यालले २०७८ भदौदेखि र भट्टराईले माघदेखि यौनजन्य क्रियाकलापमा फकाउने र यौन दुर्व्यवहार गर्ने गरेको उजुरीमा उल्लेख छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट आरोपहरु पुष्टि हुन थालेको भन्दै मुद्दा दर्ता गर्ने तयारी गरेको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.