बिर्तामोड / बलात्कारको आरोपमा झापाको गौरीगञ्जबाट एक म्यादी प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका –५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेका छन् । ३ जेठ २०७४ मा उदयपुरको ताप्लीस्थत गहते जङ्गलमा लगेर १४ वर्षीया एक बालिकालाई बलात्कार गरी बेहोस बनाएर पोख्रेल फरार भएका थिए ।उदयपुरबाट फरार भएपछि उनलाई प्रहरीले खोजी गरिरहेको थियो । तर, स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरीका लागि आवेदन दिई छनोट प्रक्रिया पुरा गरेर म्यादी प्रहरीमा कार्यरत रहेकै बेला उनलाई प्रहरीले झापाको गौरीगञ्जबाट पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक व
मोरङ / मोरङको जहदा गाउँपालिका- २ मा श्रीमतीको हत्या गरेर श्रीमान् फरार भएका छन् । जहदाको बर्खीबैरिया बस्ने ४० वर्षीय दिनेश राजभरले ३५ वर्षीया गीतादेवी राजभरको हत्या गरेर फरार भएका हुन् ।मोरङ प्रहरीका अनुसार हिजो राती हत्या गरेर उनी फरार भएको सूचना पाएपछि अहिले प्रहरी चौकी मझारेको टोलीले घटनास्थल सुरक्षित गरेर अनुसन्धानको काम सुरु गरेको छ ।
काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन् । शनिबार दिउँसो १ बजे सार्वजनिक भएको परिणाम अनुसार बालेनले ३४ हजार मत कटाएका छन् । ९३ हजार ६४७ मत गन्दा साहको खातामा ३४ हजार १३० मत परेको छ । एमालेका केशव स्थापितले १८ हजार ५४७ मत पाएका छन् । नेपाली काङ्ग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १८ हजार ४२९ मत पाएकी छन् । स्थापितसँग बालेनको मतान्तर १५ हजार ५८३ छ भने सिर्जनासँग १५ हजार ७०१ छ । सिर्जना र स्थापित बीचको मतान्तर ११८ छ ।
बिर्तामोड / सरकारले सशस्त्र प्रहरीका डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको छ । बढुवाका लागि चार जना डीआईजीले आवेदन दिएकोमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई एआईजीमा बढुवा गरेको हो । डीआईजी वरियतामा अगाडि रहेका पौडेललाई नै बढुवा समितिले एआईजीमा बढुवा सिफारिस गरेको थियो । ढुवासँगै पौडेल सशस्त्रको भावी आईजीको रोलक्रममा अन्य अधिकारीभन्दा अघि भएका छन् । सशस्त्रमा दुई एआईजी पद रिक्त भए पनि गत २१ वैशाखमा पौडेललाई एकल रुपमा बढुवा सिफारिस गरिएको थियो । बढुवा सिफारिसमा चित्त नबुझ्ने डीआइजीहरूले सशस्त्र प्रहरी नियमावली अनुसार ७ दिनभित्र उजुरी दिन सक्ने सूचना जार
हेटौँडा / हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेद्वार नेकपा (एकीकृत समाजवादी) का मीना लामाले २३ हजार ७५ मत प्राप्त गरी निर्वाचित भएकी छिन् ।उनका निकटतम प्रतिस्पर्धी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालय हेटौँडाका अनुसार राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५३१ प्राप्त गरेका छन् ।यस्तै उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाँले ३२ हजार ५९३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ मत र राप्रपाकी इन्दिरा न्यौपानेले पाँच हजार ४८६ मत प्राप्त गरेका छन् ।
बिर्तामोड / सरकारले डीआईजी बसन्तकुमार लामालाई एआईजीमा बढुवा गरेसँगै उमेर हदका कारण लामा दुई दिनका लागि मात्र एआईजी बनेका छन् । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले लामालाई दुई दिनका लागि एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । ५६ वर्षे उमेर हदका कारण लामाको कार्यकाल यही ७ जेठको मध्यरातसम्म मात्र रहेको छ । त्यसपछि उनी अनिवार्य अवकाशमा जानेछन् । सरकारले लामालाई एआईजीमा बढुवा गरेपछि शुक्रबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका थिए । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले गत २३ वैशाखमा प्रहरीको एआईजीमा लामालाई एकल बढुवा सिफारिस गर्ने निर्
विराटनगर / मोरङको जहदा गाउँपालिका –२ मा श्रीमतीको हत्या गरेर श्रीमान् फरार भएका छन् । जहदाको बर्खीबैरिया बस्ने ४० वर्षीय दिनेश राजभरले ३५ वर्षीया गीतादेवी राजभरको हत्या गरेर फरार भएका हुन् ।मोरङ प्रहरीका अनुसार हिजो राती हत्या गरेर उनी फरार भएको सूचना पाएपछि अहिले प्रहरी चौकी मझारेको टोलीले घटनास्थल सुरक्षित गरेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली समेत घटनास्थलमा पुगेको छ ।
झापा / नेपालमा अहिले स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्युन चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ । देशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदलीको अवस्था रहने छ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र अन्य प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पू
डोटी / डोटीमा शनिबार बिहान यात्रु बस दुर्घटना हुँदा १८ महिने बालक बेपत्ता भएका छन् भने १३ जना घाईते भएका छन् । कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस शनिबार बिहान ५ बजे शिखर नगरपालिका १ गेरुपानीमा दुर्घटना भएको थियो।दुर्घटनामा अछाम चौरपाटी गाउँपालिका –६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजन बेपत्ता छन् । १३ जना घाइते मध्ये बसका सहचालकसहित ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डीएसपी भोलाकुमार भट्टले जानकारी दिए ।भट्टका अनुसार अन्य ८ जनाको भने शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।
चितवन / हावाहुरी कारण शुक्रबार साँझ रूख ढलेर अटो रिक्सालाई थिच्दा चितवनमा तीन जनाको मृत्यु भएको छ । पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रुखले थिच्दा घटनास्थलमा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।रुखले अटोलाई थिच्दा भरतपुर –११ लामाटोलका प्रदीप लामा र गोरखा गण्डकी गाउँपालिका –६ घर भई भरतपुर –७ बस्ने माया गुरुङको घटनास्थलमै मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।यस्तै, भोजाडमै ना १ ज ६१४० नम्बरको म्याजिक भ्यानलाई रुखले थिच्दा भरतपुर –११ का लोकनाथ न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.