समाचार

    Showing 21,661-21,670 of 26,755 items.
  • छठ पुजा हेर्न मोरङको उर्लाबारी पुगेका झापाका बालकको छुरा प्रहार गरी हत्या

    बिर्तामोड / छठ पुजा हेर्न मोरङको उर्लाबारी पुगेका झापाका बालकको छुरा प्रहार गरी हत्या भएको छ । उर्लाबारी नगरपालिका-७ मावा खोलामा छठ हेर्न पुगेका झापाको दमक नगरपालिका-१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको छुरा प्रहार गरी हत्या भएको मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । एस पी कोइरालाका अनुसार बालकको बायाँ कोखादेखि तलको भागमा छुरा प्रहार भएको छ । छठ पर्व हेर्न मावा खोलामा पुगेका दियुस माथि आइतबार राति १०:२५ बजेतिर छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।घाइते बालकलाई उद्धार गरेर उपचारका लागि उर्लाबारीको गोदावरी अस्पताल पुर्‍याए

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • 79 पटक पढिएको
  • बुधबारे महोत्सवमा सोमबार साँझ लाहुरे आँउदै

    बिर्तामोड / झापाको बुद्धशान्तिमा गाउपालिका -३ बुधबारेमा जारी बुधबारे महोत्सवमा सोमबार साँझ चर्चित र्यापर लाहुरे (आशिष राणा) आउने भएका छन् । दर्शकको बाक्लो उपस्थितिमा लागिरहेको मेलामा आशिष रानाको आगमन हुने चर्चाले थप रौनक थपेको छ । विजया दशमी , शुभ दिपावली तथा छठ पर्वको अवसरमा  लगाइएको मेलामा देशका ख्याति प्राप्त कलाकारले आफ्नो प्रस्तुती दिई  सकेका छन् ।आशीर्वाद प्रतिष्ठान सुधार केन्द्रले लगाएको महोत्सवबाट आएको मुनाफाले कुलतमा फसेका  ५  जनालाई निशुल्क उपचार गर्ने आयोजकले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक १३, २०७९
    • 127 पटक पढिएको
  • नवलपुरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २५ घाइते

    झापा / नवलपरासी पूर्वको बुलिङटारमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासी पूर्वको बुलिङ्टार गाउँपालिका –२ मथारमा दुर्घटना भएको हो ।दुर्घटनामा परी रम्भा गाउँपालिका –१ का ४१ वर्षीया तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी बिक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका –९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी सन्तोष पाठकले जानकारी दिए । पाठकका अनुसार उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।  घाइतेको स्थानीय र प्रहरीले

    • प्रकाशित मितिः कार्तिक १३, २०७९
    • 61 पटक पढिएको
  • एयरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

    झापा / अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एयरपोर्टमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका –१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझी रहेका छन् । सन्धिखर्क –१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेमा अनियन्त्रित भई गएराती प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परी सुनाम र रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी दिए । त्यस्तै अर्को बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क २ आटि

    • प्रकाशित मितिः कार्तिक ११, २०७९
    • 96 पटक पढिएको
  • झापाको शिवसतासीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बिर्तामोड / झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–५ बस्ने २५ वर्षीय निर्मल दास रहेका छन् । बुधवार साँझ ६ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसतासी –९ स्थित मिलन चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४९९६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे १ ख २३२१ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो ।मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् । उनको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार १८ वर्षीय सौरभ मदक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनाम

    • प्रकाशित मितिः कार्तिक १०, २०७९
    • 106 पटक पढिएको
  • कस्तो रहला आज दिनभरको मौसम

    काठमाडौँ / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान  देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यता सफा रहेको छ । यस्तै दिउँसो  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।  यस्तै प्रदेश नं १, बागमती  र गण्डकी प्रदेशका थोरै  स्थानहरूमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । यस्तै राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी प्रदेश

    • प्रकाशित मितिः कार्तिक ९, २०७९
    • 82 पटक पढिएको
  • १२ सय ३८ जनाले पाए हिमाल आरोहणको अनुमति

    झापा / हिमाल आरोहणको लागि १२ सय ३८ जनालाई अनुमति पाएका छन् । पर्यटन विभागले शरद ऋतुमा हिमाल आरोहणका लागि देशका ४१ हिमाल आरोहण गर्न विभिन्न ७७ देशका १२ सय ३८ आरोहीहरुलाई अनुमति दिएको हो ।हिमआरोहीहरुले सबैभन्दा बढी गोरखास्थित मनास्लु आरोहण गर्दैछन् । कात्तिक ६ गतेसम्म मनास्लु आरोहणका लागि ४०४ जनाले अनुमति पाएका छन् ।दोस्रोमा अमादब्लाम हिमाल रहेको छ । उक्त हिमालका लागि २६ टिमका ३३६ जनाले अनुमति पाएको विभागले जनाएको छ । त्यस्तै, एक सय भन्दा बढी अनुमति पाउने हिमालमा हिमलुङ रहेको छ ।जसमा १५६ जनाले अनुमति पाएका छन् । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भने एकदमै कम अर्थात ५ जनाले मात्रै अ

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • 68 पटक पढिएको
  • १ नं. प्रदेश प्रहरी श्रीमती संघले गराए असाह्य आमाहरूलाई भोजन

    विराटनगर / १ नम्बर प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष श्रीमती कल्पना गिरी तथा संघका पदाधिकारीहरूले विराटनगर स्थित मानव सेवा आश्रममा आस्रित आमाहरूलाई भोजन गराएका छन् । ‘सेवा नै धर्म हो’ भन्ने भावनाले अभिप्रेरित कार्यक्रम अनुसार आज बिहान प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष गिरीले आश्रममा रहेका वृद्धा असाह्य आमाहरूलाई बिहानको भोजन गराएका हुन् ।प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष गिरीले मानव सेवा आश्रमले बेसहारा, असाह्य, अनाथ, अभिभावक विहीन तथा सडक आश्रित मानवको उद्धार गरी सेवा प्रदान गरिरहेकोमा मानव सेवा आश्रमलाई हृदय देखि धन्यवाद दिँदै १ नं. प्रदेश प्रहरी श्रीमती संघ पनि यस्ता विवि

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • 69 पटक पढिएको
  • फर्निचर उद्योगमा आगलागी हुँदा करोडौँको क्षति

    झापा / दाङको घोराहीका तीन फर्निचर उद्योगमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । घोराही -१५ उमेश मार्ग रोडमा रहेको न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई तीनवटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए । राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणमा आएको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको दमकल सहयोगमा आगो नियन्त्रणमा लिएको हो । लक्ष्मीपूजामा बालिएको दियोका कारण आगलागी भएको हुन सक्ने आशंका ग

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • 71 पटक पढिएको
  • दीपावलीका लागि बत्ती लगाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

    झापा / दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा सोमबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका -२२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका -९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ ।दुबै जना आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर घाइते थिए। गम्भीर घाइते मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषामा (प्रवक्ता) प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • 105 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.