बिर्तामोड / झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा बिहीवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका –२ रामचोकमा प्रदेश १-०१-००१ ख ३५९४ नम्बरको ट्रकले ठक्कर दिँदा पैदल यात्री बिर्तामोड –४ का ५२ वर्षीय टंक काफ्लेको मृत्यु भएको हो । रोकेर राखेको ट्रक सडकमा निकाल्नका लागी ब्याक गर्ने क्रममा ट्रकको पछाडिको भागले ठक्कर दिँदा घाईते भएका काफ्लेलाई उपचारको लागी बिर्तासीटी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । यसैगरी मोरङको सुनवर्षी नगरपालिका –६ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको म
झापा / झापाको बिर्तामोडमा ट्रकको ठक्कर एक पैदल यात्रीको मृत्यु भएको छ । बिर्तामोडको राम चोकमा भएको सो घटनामा बिर्तामोड–४ का ५२ वर्षीय टङ्क काफ्लेको मृत्यु भएको हो । पार्क गरेर राखेको प्रदेश–१–१०–००१ ख ३५९४ नं को ट्रक सडकमा निकाल्ने क्रममा पैदल यात्री काफ्लेलाई ठक्कर दिएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिएका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्ता सिटी अस्पताल पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई भने इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।
झापा / सरकारले गणतन्त्र दिवस जेठ १४, १५ र १६ गतेसम्म मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार बसेको ‘गणतन्त्र दिवस २०७९’ मुल समारोह समितिको बैठकले दिवसलाई तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । १४ जेठको साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं ब्यानर सजाइ साँझ दिपावली गर्नुपर्ने भएको छ । सरकारले उक्त दिन आम नागरिकलाई दिपावली गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ । १५ जेठमा भने हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थित
गोर्खा / चर्चामा रहेको गोर्खाको पालुङटार नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ। २०७४ मा नेपाली कांग्रेसले विजय हासिल गरेको जसपा अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगरमा मेयर र उपमेयर दुबै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।मतगणनाको अन्तिम परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तन ६ हजार ७२ मतका साथ विजयी भएका छन् । उनले जसपा–एमाले गठबन्धनबाट मेयरका उम्मेदवार प्रेम गुरुङ्गलाई ३ सय ५५ मतान्तरले पराजित गरेका हुन्।चिन्तनले ६ हजार ७२ मत प्राप्त गरेका छन् भने जसपाका गुरुङ्गले ५ हजार ७ सय १७ मतमात्र प्राप्त गरेका छन् । नेपाली कांग्रसका दीपकबाबु कँडेल ४ हजार ९ सय ९७ मतक
बिर्तामोड / मेचीनगर नगरपालिका –१४ को दुई हजार ३६७ मत गणना गर्दा वडा अध्यक्षमा गठबन्धनबाट माओवादीका बाबुलाल सुब्बाको अग्रता रहको छ । सुब्बाले एक हजार २८ मत प्राप्त गरेका छन् भने एमालेका शंकर पोख्रेलले नौ सय ३२ मत पाएका छन् । वडा अध्यक्षमा राप्रपाका खेम प्रसाईँले भने १३९ मत पाएका छन् । प्रमुख पदमा एमालेका गोपाल चन्द्र बुढाथोकीले ९५१ मत, कांग्रेसका इन्द्र बहादुर बुढाथोकीले ९०३ र राप्रपाका रमेश दाहालले १३२ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुख पदमा एमालेकी मीना कुमारी पोख्रेलले ९२०, गठबन्धनबाट माओवादीका प्रकाश भण्डारीले ८१४ र राप्रपाका सविन बजगाईँले २६१ मत पाएका छन् ।
धरान / धरान उप–महानगरपालिका –२० को मतगणना स्थगन गरिएको छ । १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि मतगणना स्थगन गरिएको हो । सर्वपक्षीय छलफल पश्चात हस्ताक्षर नभएको मतपत्रलाई निर्वाचन कार्यालयले बदर गर्ने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्रका समर्थकहरूले हाल नाराबाजी गरिरहेका छन् । उनीहरूले हस्ताक्षर बिनाको मतपत्रलाई पनि मान्यता दिनुपर्ने माग राख्दै नाराबाजी गरेपछि अहिले मतगणना स्थगित भएको हो ।धरानस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरान २० मा १८ वटामध्ये माओवादी ११ र बाँकी ७ वटा काँग्रेस एमालेको मतपत्र बदर भेटिएपछि सर्वदलीय छलफल पश्चात हस्ताक्षर विनाको मतपत्रलाई
बिर्तामोड / झापाको गौरादह नगरपालिका- ५ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका जगन्नाथ खनालले नेपाली कांग्रेसका ताराकुमार श्रेष्ठलाई ३०७ मतान्तरले पराजित गरी वडाध्यक्ष जितेका हुन् । खनालले १८९० मत ल्याउँदा श्रेष्ठले १५८३ मत पाएका छन् । त्यस्तै वडा सदस्यमा समेत एमालेका उम्मेदवारहरू निर्वाचित भएका छन् ।खुल्ला सदस्यमा मोहनकुमार राई १८०६ ,कपिलमणि काफ्ले १७८५ , महिला सदस्यमा गोमादेवी लिम्बू ( चेम्जोङ ) १७६७ र दलित महिला सदस्यमा छलीमाया नेपाली १९३१ मत ल्याएर निर्वाचित भएका छन् ।
काठमाडौँ / स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै सिलिन्डर विस्फोट गराउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाका २९ वर्षीय हरिकृष्ण थापा, काभ्रेका २८ वर्षीय करण श्रेष्ठ, भोजपुरका २८ वर्षीय युवराज थापा र खोटाङका ३६ वर्षीय भरतकुमार राई छन् । उनीहरूले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा ३० वैशाखको राति २ बजेतिर तीनकुनेतर्फ जाने सडकखण्डमा ग्यास सिलिन्डरमा आगो लगाई विस्फोट गराएका थिए । घटना भएको केही मिनेटमै प्रहरी वृत्त नयाँ बानेश्वरबाट टोली घटनास्थलमा पुग्दा ठूलो क्षति हुनबाट जोगिएको थियो । विस्फोटबाट बिके कम्पलेक्समा रहेको दृष्टि आँखा क
काठमाडौं / काठमाडौं महानगर वडा नम्बर –२८ को मतगणना सुरु भएको छ । काठमाडौंको वडा नं २८ एमालेका मेयर उम्मेदवार केशव स्थापितले भोट खसाएको वडा हो ।प्रारम्भिक २०० मत गन्दा अहिलेसम्म स्थापितले अग्रता लिएका छन् । ६० मतसहित उनी अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेदवार बालेनले ४६ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै कांग्रेसकी सिर्जना सिंहको ३३ मत छ ।समग्रमा भने बालेनले अग्रता कायमै राखेका छन् । हालसम्म उनको पक्षमा १६ हजार ८९० मत आएको छ । स्थापितले ९ हजार २१ र सिंहले ८ हजार १२६ मत ल्याएर बालेनलाई पछ्याइरहेकी छन् ।
बिर्तामोड / नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको नगर प्रमुख पदमा उम्मेद्वारी दिएकी पवित्रा महतरा प्रसाईँले झण्डै १२ सय मतले अग्रता कायम गरेकी छन् ।हरेक वडाको मतगणनापछि उनले मतान्तर बढाउँदै लगेकी छन् । पछिल्लो मत परिणाम अनुसार प्रसाईँको ८१५६ छ भने कांग्रेसका उममेदवार भोजराज सिटौलाको ६९६० छ । मत गणनाको प्रारम्भदेखि उनको अग्रता कायम छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.