बिर्तामोड / झापाको भद्रपुरको नगरपालिका -८ बाट अवैध लागूऔषध ब्राउन सुगर सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ वर्षीय आतिश राजवंशी रहेका छन् । उनलाई करिब ४ ग्राम सहित प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
काठमाडौँ / आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । ४० वर्षीया ताल कुमारी कुमालको हत्या गरेको अभियोगमा गुल्मी मुसीकोट नगरपालिका -७ बसेरी बस्ने ४२ वर्षीय सूर्य कुमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।सूर्य कुमारको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना पश्चात जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सूर्य कुमारलाई पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको छ ।
झापा / उदयपुरको त्रियुगा नगरपालिका -१५ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान साढे ९ बजे गिटी लोड गरी उदयपुरको सिद्रे तर्फ जादै गरेको प्रदेश २-०१-००१त १०३३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका १३ का २२ वर्षीय बिकाश राई घाईते भएकोमा उपचारको लागि जिल्ला अस्पताल उदयपुर लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।
काठमाडौँ / काठमाडौँको बाँसबारीमा लजको कोठाभित्र गोप्यरूपमा भिडियो रेकर्ड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका -३ बाँसबारीमा रहेको बाँसवारी रेष्ट्रो क्याफे एन्ड लजमा बस्न आउने पाहुनाको गोप्यरूपमा अश्लील भिडियो रेकर्ड गर्ने काठमाण्डौको चन्द्रागिरि नगरपालिका -१५ का मुकेश मालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती व्यक्ति त्यही लजको म्यानेजर रहेका खुलेको छ । प्रहरीले उनको साथमा रहेको मोबाइल फोनमा गेस्ट हाउसमा बस्ने गरेका विभिन्न व्यक्तिका रेकर्डेड भिडियो पनि फेला पारेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ बाट पाँच दिनको म्याद थप अनुमति प्राप्त भइ
विराटनगर / प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र नभएकालाई मतदानबाट बञ्चित नगरिने बताएका छन् । विराटनगरमा शुक्रबार प्रदेश स्तरीय सञ्चार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन् । उनले मतदाता परिचयपत्र नभएकालाई मतदानबाट बञ्चित नगरिने बताउँदै उनले भने,‘ लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र वा आधिकारिक निकायबाट जारी फोटो सहितको परिचय पत्र भए पनि हुन्छ ।’उनले पछिल्लो समय आचारसहिंता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दैमा तरंग मच्याउने प्रवृत्ति आयोगका लागि चुनौतीको विषय रहेको बताए । स्पष्टीकरण कारवाही नभएर प्रकृयाको सुरुवात मात्रै भएको ब
काठमाडौँ / पशुपति क्षेत्र विकास कोषले काठमाडौँस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । कोषले सार्वजनिक गरेको सूचनामा सम्झौता विपरीतका संरचना आगामी ३५ दिनभित्र हटाउन भनिएको छ । उक्त धर्मशाला मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएको छ ।
काठमाडौं / नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेर ९२ हजार पाँच सय तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार एक सय ७० कायम रहेको महासङ्घले जनाएको छ ।
झापा / तनहुँको बन्दीपुर गाउँपालिका -३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीय विना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । घरबाट सानिआमाको घर जाने क्रममा आज बिहान सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । बिहान ६ः३० बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए । चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो ।“घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ,” उनले भने । बालिका सोही वडाको जनता प्राविमा कक्षा ५
विराटनगर / जिल्ला कारागार मोरङमा एक कैदीबन्दीको मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दाका कैदी मोरङको केराबारी गाउँपालिका –१ का ५० वर्षीय डिकबहादुर विकको मृत्यु भएको हो।मुटु तथा पेटको समस्या देखिएपछि विकलाई कोशी अस्पताल लगिएको थियो। कोशीले विकको थप उपचारको लागि नोबेल शिक्षण अस्पताल रेफर गरेको थियो । उनको नोबेल अस्पतालमै उपचारको क्रममा बिहीबार साँझ ५ बजेतिर मृत्यु भएको निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए। जबरजस्ती करणी मुद्दामा विकलाई जिल्ला अदालत मोरङले २०७४ चैत ८ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो। त्यस यता विकले जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका थिए ।
काठमाडौं / स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज सिंह २ लाख ५० हजार धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि सिंहलाई धरौटीमा छाड्न आदेश दिएको हो ।युट्युबमा स्ट्यान्डअप कमेडीका क्रममा नेवाः समुदायमाथि होच्याउने गरी विषयवस्तु प्रसारण गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.