समाचार

    Showing 21,691-21,700 of 25,192 items.
  • तेह्रथुमका चार यस्ता स्थानीय तह जहाँ पुरानै नेतृत्व

    तेह्रथुम / तेह्रथुममा चार स्थानीय तहमा पुरानै नेतृत्व विजयी भएका छन् । ६ वटा स्थानीय तहमध्ये चार वटामा पुरानै नेतृत्व दोहोरिएका हुन् ।लालिगुराँस नगरपालिकामा कांग्रेसका अर्जुन मावोहाङ विजयी भएका छन् । ५ हजार १ सय ३९ मतसहित मावोहाङ विजयी हुँदा एमालेका गणेश लिम्बू ३ हजार ३ सय ४४ मत प्राप्त गरेर पराजित भए । यसअघि पनि मावोहाङसँगै पराजय भोगेको लिम्बू दोस्रो प्रयासमा पनि असफल भए ।लालिगुराँसको उपमेयरमा कांग्रेसका जमुना मगर कार्की विजयी भइन् । उनी गत चुनावमा एमालेबाट उपमेयरमा उम्मेदवार भइ पराजित भएकी थिइन् । यस पटक भने कांग्रेसमा प्रवेश गरेर उनले उपमेयरमा विजयी भइन् ।यस्तै म्याङलुङ नगरपालिकामा एमालेका

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 71 पटक पढिएको
  • भरतपुरमा रेनुको अग्रता कायमै

    काठमाडौँ / भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार चार सय ३९ मतसहित अग्रतालाई कायमै राखेकी छिन् । अहिलेसम्म १९ हजार एक सय ८३ मतगणना हुँदा दाहाल एक सय ६७ मतले अघि छिन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार दुई सय ७२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार एक सय ३९ मत ल्याएका छन् ।यस्तै उपमेयरमा पनि गठबन्धनकै अग्रता छ । 

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 103 पटक पढिएको
  • इलामको माई- ४ मा वडाध्यक्ष सहित एमालेको प्यानलनै विजयी

    बिर्तामोड / इलामको माई नगरपालिकामा वडाध्यक्ष सहित नेकपा एमालेको प्यानलनै विजयी भएको छ । एमालेका हेमबहादुर लायो मगरले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लक्ष्मण आले मगरलाई ६८ मतान्तरले अग्रता लिदैँ विजयी भएका हुन् ।  विजयी लायो मगरको ७४६ मत रहेको छ भने पराजित आले मगरको ६७८ मत प्राप्त रहेको छ ।त्यस्तै महिला सदस्य लेखमाया राई नेकपा एमाले- ८४८ मत ल्याई विजयी बन्दा निकटतम प्रतिस्पर्धी देवीमाया ढुङ्गाना नेपाली कांग्रेसले- ५११ मत प्राप्त गरेका । छ । दलित महिला सदस्यमा एमालेका कल्पना विश्वकर्माले- ८२३ मत सहित विजय हुँदा निकटतम प्रतिस्पर्धी शान्ता कामी नेकपा माओवादी केन्द्रका- ५२७

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 60 पटक पढिएको
  • भद्रपुर –६ को वडा अध्यक्षमा कांग्रेसका रतिया राजवंशी निर्वाचित

    बिर्तामोड  / झापाको भद्रपुर नगरपालिका –६ को वडा अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रतिया राजवंशी निर्वाचित भएका छन् । राजवंशी उनका निकटतम प्रतिस्पर्धी राप्रपाका ढकबहादुर विष्टलाई ४८९ मतान्तरले पराजित गर्दै भद्रपुर –६ को वडा अध्यक्षमा निर्वाचित भएका हुन्  ।राजवंशीले एक हजार १६७ मत ल्याउँदा विष्टले ६७८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका महतलाल राजवंशी ५१८, जसपाका शत्रुधन चौधरी ३३३ र स्वतन्त्र उम्मेदवार राजेश गुप्ताले २६७ मत पाएका थिए । त्यस्तै वडा सदस्यमा काँग्रेसका यदुनन्दन रौनियार र दलित महिला सदस्य रेखादेवी साफीले मत ल्याएर विजयी भएका छन् भने खुल्ला

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 78 पटक पढिएको
  • ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा मेचीनगरबाट ३४ वर्षीय राजवंशी पक्राउ

    बिर्तामोड /  झापाको मेचीनगर नगरपालिकामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोमबार एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- १० खनाल बस्तीका ३४ वर्षीय बिपुल राजवंशी रहेको प्रहरीले जनाएको छ । राजवंशीले ती बालिकालाई उनकै घरमा ललाइ फकाई गत वैशाख २५ गते बिहान बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ अनुसन्धान गरिरहेको प्रहरीले छ ।

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 76 पटक पढिएको
  • अर्जुनधारा अपडेट : वडा नम्बर –५ मा एक हजार ५९५ मत गणना हुँदा कसको कति ?

    बिर्तामोड  / झापाको अर्जुनधारा नगरपालिका –५ मा एक हजार ५९५ मत गणना गर्दा (कांग्रेस—माओवादी) गठबन्धनले अग्रता लिएको छ । (कांग्रेस—माओवादी) गठबन्धनका उम्मेद्वार रञ्जिता कार्की ७२१ मतका साथ अग्र स्थानमा छिन् । त्यस्तै प्रमुख पदमा एमालेका उम्मेद्वार बलदेव गोम्देन तामाङले ६४० मतका साथ रञ्जितालाई पछ्याइ रहेका छन् भने राप्रपाकी उम्मेद्वार सूर्य खतिवडाले ५४ मत प्राप्त गरेकी छिन् ।   त्यस्तै उपप्रमुख पदमा एमालेकी खड्गमायाँ पराजुलीले ६४९ मत प्राप्त गरेकी छिन् भने गठबन्धनका तर्फका उम्मेद्वार माओवादी केन्द्रका जितेश योञ्जनले ३८१ मत र राप्रपाका उपमेयरले १११ मत प्राप्त गरेका छन् ।&n

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 139 पटक पढिएको
  • जहाँ ओलीले मतदान गरे त्यहाँ कांग्रेसको प्यानलै विजयी

    काठमाडौं / नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेको वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका- २ बालकोटस्थित महेन्द्र शान्ति मावि स्थित ‘क’ मतदान केन्द्रबाट मतदान गरेको थिए ।सूर्यविनायक नगरपालिका २ बालकोटबाट नेपाली कांग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी भएको हो । कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 151 पटक पढिएको
  • बाह्रदशी -५ मा वडाध्यक्ष सहित राप्रपाको प्यानल नै विजयी

    बिर्तामोड / झापाको बाह्रदशी गाउँपालिका -५ मा वडाध्यक्ष सहित राप्रपाको प्यानल नै विजयी भएको छ । राप्रपाबाट वडा अध्यक्षमा उम्मेदवार बनेका वीरबहादुर सिंह राजवंशी निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जीवनाथ खरेललाई ९२ मतान्तरले पराजित गरेका हुन् । राजवंशीले १२०८ र खरेलले १११६ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यमा राप्रपाका जय प्रसाद तिम्सिना ११०५, श्री इच्छा बहादुर राई १०७५, महिला सदस्यमा राप्रपाकी राधिका भट्टराई १२६१ र महिला दलित सदस्यमा डुका कुमारी बिक ११६५ मत ल्याएर विजयी भएका हुन् । 

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 72 पटक पढिएको
  • प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रातृशोक परेको छ । उनका सहोदर भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको हो ।प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि उपचाररत थिए ।

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 76 पटक पढिएको
  • काठमाडौंमा बालेन साहको अग्रता कायमै

    काठमाडौं / काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ । उनले ५ हजार ५८ मतको अग्रता बनाएका छन् ।सुरुवातदेखि नै अग्रता लिइरहेका साहले पछिल्लो मत परिणाम अनुसार १० हजार ८९९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत पाएका छन् ।तेस्रो स्थानमा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन् । उनले ५ हजार ११४ मत प्राप्त गरेकी छन् ।

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 79 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.