बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका –५ मा एक हजार ५९५ मत गणना गर्दा (कांग्रेस—माओवादी) गठबन्धनले अग्रता लिएको छ । (कांग्रेस—माओवादी) गठबन्धनका उम्मेद्वार रञ्जिता कार्की ७२१ मतका साथ अग्र स्थानमा छिन् । त्यस्तै प्रमुख पदमा एमालेका उम्मेद्वार बलदेव गोम्देन तामाङले ६४० मतका साथ रञ्जितालाई पछ्याइ रहेका छन् भने राप्रपाकी उम्मेद्वार सूर्य खतिवडाले ५४ मत प्राप्त गरेकी छिन् । त्यस्तै उपप्रमुख पदमा एमालेकी खड्गमायाँ पराजुलीले ६४९ मत प्राप्त गरेकी छिन् भने गठबन्धनका तर्फका उम्मेद्वार माओवादी केन्द्रका जितेश योञ्जनले ३८१ मत र राप्रपाका उपमेयरले १११ मत प्राप्त गरेका छन् ।&n
काठमाडौं / नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेको वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका- २ बालकोटस्थित महेन्द्र शान्ति मावि स्थित ‘क’ मतदान केन्द्रबाट मतदान गरेको थिए ।सूर्यविनायक नगरपालिका २ बालकोटबाट नेपाली कांग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी भएको हो । कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरेका छन् ।
बिर्तामोड / झापाको बाह्रदशी गाउँपालिका -५ मा वडाध्यक्ष सहित राप्रपाको प्यानल नै विजयी भएको छ । राप्रपाबाट वडा अध्यक्षमा उम्मेदवार बनेका वीरबहादुर सिंह राजवंशी निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जीवनाथ खरेललाई ९२ मतान्तरले पराजित गरेका हुन् । राजवंशीले १२०८ र खरेलले १११६ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यमा राप्रपाका जय प्रसाद तिम्सिना ११०५, श्री इच्छा बहादुर राई १०७५, महिला सदस्यमा राप्रपाकी राधिका भट्टराई १२६१ र महिला दलित सदस्यमा डुका कुमारी बिक ११६५ मत ल्याएर विजयी भएका हुन् ।
काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रातृशोक परेको छ । उनका सहोदर भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको हो ।प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि उपचाररत थिए ।
काठमाडौं / काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ । उनले ५ हजार ५८ मतको अग्रता बनाएका छन् ।सुरुवातदेखि नै अग्रता लिइरहेका साहले पछिल्लो मत परिणाम अनुसार १० हजार ८९९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत पाएका छन् ।तेस्रो स्थानमा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन् । उनले ५ हजार ११४ मत प्राप्त गरेकी छन् ।
इलाम / इलामको रोङ गाउँपालिका -४ मा लोपउन्मुख लेप्चा समुदायबाट राजकुमार लेप्चा वडाध्यक्षमा निर्वाचित भएका छन् । स्थानीय तह कार्यान्वयनपछि लेप्चा समुदायबाट उनी पहिलो वडाध्यक्ष हुन् । रोङ गाउँपालिका- ४ मा निर्वाचित राजकुमार लेप्चाले स्वतन्त्र उम्मेदवारलाई पराजित गरेका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका लेप्चाले ४१० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार सूर्य राईले ३४१ मत पाएका थिए ।अन्य वडा सदस्यहरूमा एमालेका हर्कबहादुर राईले ३५३ मत, दलित महिला एमालेकै बालकुमारी विश्वकर्माले ३९७ मतसहित विजयी भएका छन् भने एक जना महिला सदस्य एमालेकै मिना देवी तामाङ यसअघि नै &nbs
बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिका –२ को दुई हजार १५२५ मत गणना गर्दा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार मनोज प्रसाईँ अग्रस्थानमा छन् । उनले हाल सम्म १ ,२ , र ३ गरि ५०६५ मत प्राप्त गरेका छन् भने एमालेकी मिरा भुर्तेलले ३५२६ मत प्राप्त गरेकी छन् । उपाध्यक्षमा एमालेका भवानी प्रसाद खतिवडाले , गठबन्धन (माओवादी) का खड्ग बहादुर तिम्सिना (पवन) ले १८९८ , राप्रपाकी इन्दिरा रिजालले १८४ र धारा चुनाब चिन्हका मीन कुमार नेवारले २१५ मत ल्याएका छन् । त्यस्तै वडा अध्यक्ष पदमा एमालेले १८९८ , कांग्रेसले एक हजार १८३ र राप्रपाले १५९ मत प्राप्त गरेका छन् ।
काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । जेठ १ गते तोलामा ९६ हजार ५०० रुपैयाँ कारोबार मूल्य रहेको छापावाल सुनको मूल्य आज ९६ हजार ७०० रुपैयाँ छ ।यस्तै, जेठ १ गते तोलामा ९६ हजार रुपैयाँ कारोबार मूल्य रहेको तेजाबी सुनको मूल्य आज प्रतितोला ९६ हजार २०० रुपैयाँ छ । यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । जेठ १ गते तोलामा १२ सय ४० रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला १२ सय ६० रुपैयाँ छ ।
बिर्तामोड / भद्रपुर नगरपालिका –५ को वडा अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार बनेका बन्धु कार्की पुनः निर्वाचित भएका छन् । कार्कीले निकटतम प्रतिस्पर्धी राप्रपाका देवकुमार घिमिरेलाई ३१९ मतान्तर पराजित गरी वडा अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । कार्कीले एक हजार ३८१ मत ल्याउँदा घिमिरेले १०६२ मत ल्याएका छन् भने एमालेका रेवतीरमण खनालले २६५ र जसपाका विकास कुमार गुप्ताले ६३ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यमा कांग्रेसबाट नारद राजवंशी, महिला सदस्यमा ललिता ठाकुर, दलित महिला सदस्यमा मंजुदेवी अघोरी विजयी भएका छन् । गठबन्धनबाट मा
खोटाङ / बालेन्द्र साह (बालेन)को जित र हारमा खसी बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –५ लफ्याङका विजय फुयाल र रमेश खड्का रहेका छन् । यस्तो बाजी गैरकानुनी भएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए ।साहले चुनाव जिते फुयाललाई खड्काले २८ किलोको खसी दिनुपर्ने र चुनावमा साह पराजित भए फुयालले २८ किलोकै खसी खड्कालाई तिर्नुपर्ने भन्नेबारेमा दुवै पक्षले गरेको तमसुक बाहिरिएको थियो । यदि खसी दिन नसकेमा त्यति किलोको खसीको मूल्य दिनुपर्ने उनीहरूद्वारा गरिएको तमसुकमा उल्लेख गरिएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.