बिर्तामोड / कनकाई नगरपालिका –५ को वडा अध्यक्षमा नेकपा एमालेका कृष्ण बहादुर राई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश चन्द्र दाहाललाई १५८ मतान्तरले पराजित गर्दै एमालेका राई वडा अध्यक्षमा निर्वाचित भएका हुन् । राईले १५४० मत प्राप्त गरेका छन् भने दाहालले १३८२ मत प्राप्त गरेका छन् । त्यस्तै वडा सदस्यमा नेकपा एमालेका इन्दिरा देवी अधिकारी १४०८, सावित्रादेवी बर्देवा १४४३, डिल्लीराम उप्रेती १३८१ मत ल्याएर निर्वाचित भएका छन्, भने नेपाली कांग्रेसका गोविन्द बहादुर कार्की १३७५ निर्वाचित भए ।
बिर्तामोड / झापाको बाह्रदशी गाउँपालिका –४ मा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा गुलाफ फूल चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार महताव आलमसहितको प्यानल विजयी भएको हो । आलमले ७५२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका समिम मियाले ५९१ मत ल्याएका छन् । त्यस्तै खुल्ला सदस्यमा स्वतन्त्र उम्मेदवार विवेककुमार गणेश ७२०, स्वतन्त्र उम्मेदवार बलबहादुर बानियाँ ६८५ , महिला सदस्यमा स्वतन्त्र उम्मेदवार कल्पना श्रेष्ठ ७५२ र दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार सुमित्रादेवी मोचीले ७३५ मत ल्याएर विजयी भएका छन् । कांग्रेसले गठबन्धन गरी माओवाद
बिर्तामोड / झापाको कचनकवल गाउँपालिका –४ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसका वडा अध्यक्ष पदका उम्मेद्वार नारुजजमा मियाले राप्रपाका उम्मेद्वार मोहन चन्द्र गणेशलाई ३०१ मतान्तरले पराजित गर्दै कचनकवल –४ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् । मियाले एक हजार २३६ मत प्राप्त गरेका छन् भने गणेशले ९३५ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेद्वार पूर्ण बहादुर भण्डारीले भने २५३ मत पाएका छन् । त्यस्तै वडा सदस्यमा कांग्रेसका पहरसिंह गणेश, सन्तोष कुमार गणेश र मुस्ताकोमा मिया निर्वाचित भएका छन् । गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशी
बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिका –२ को दुई हजार ५८८ मत गणना गर्दा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार मनोज प्रसाईँ अग्रस्थानमा छन् । उनले एक हजार ३३३ मत प्राप्त गरेका छन् भने एमालेकी मिरा भुर्तेलले ७८६ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ध्रुव प्रसाद कोइरालाले १६२ मत ल्याएका छन् ।उपाध्यक्षमा एमालेका भवानी प्रसाद खतिवडाले ८१४ , गठबन्धन (माओवादी) का खड्ग बहादुर तिम्सिना (पवन)ले ३९८ , राप्रपाकी इन्दिरा रिजालले १८४ र धारा चुनाब चिन्हका मीन कुमार नेवारले २१५ मत ल्याएका छन् । त्यस्तै वडा अध्यक्ष पदमा एमालेले ८८५, कांग्रेसले एक हजार १८३ र राप्
बिर्तामोड / मेचीनगर –१५ मा ८०० मत गणना गर्दा एमाले अग्र स्थानमा रहेको छ । मेयर पदमाएमालेका गोपालचन्द्र बुढाथोकीकाे :२७७(गठबन्धन) बाट कांग्रेसका इन्द्र बहादुर बुढाथोकीकाे :२५९राप्रपाका रमेश दाहालकाे :६४उपमेयर पदमा(गठबन्धन) बाट माओवादीका प्रकाश भण्डारीकाे :२२९एमालेकी मीना कुमारी पोख्रेलकाे :२२६राप्रपाकी सविना बजगाईंकाे :७८वडा अध्यक्ष पदमा एमाले :२३४कांग्रेस :३०९राप्रपा :५९
काठमाडौँ / भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार सुनिल प्रजापति पुनः निर्वाचित भएका छन् । प्रजापति निकटतम प्रतिद्वन्द्वी नेकपा कांग्रेसका उम्मेदवार रामप्रसाद कासुलाई २५ हजार ८४५ मतान्तरले पराजित गर्दै भक्तपुरको प्रमुख पदमा निर्वाचित भएका हुन् । उनले २९ हजार २ सय ५२ मत ल्याएर छन् भने कांग्रेसका कासुलाले ३ हजार ४ सय ७ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका रविन्द्र लाछिमस्युले २ हजार ६६७ मत पाएका छन्।२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि भक्तपुरको प्रमुख पदमा सुनिल नै विजयी भएका थिए । यस्तै उपमेयरमा पनि नेमकिपाकी उम्मेदवार रजनी जोशी २९ हजार ७ सय
सर्लाही / २२ वर्षका राजाबाबु यादव सर्लाही जिल्लाको रामनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट ४ हजार ८१ मतसहित निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३९२, नेकपा एमालेका पुरुषोत्तम प्रसाद चौधरीले एक हजार ६३४ र स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले एक हजार ६०७ मत पाए ।उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी गीता देवी तीन हजार ५२३ मतसहित निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी कोशिला साहले दुई हजार ६३७ मत पाएकी छन् ।त्यस्तै नेकपा एमालेकी निलम यादवले एक हजार ७३७ र लोकतान्त्रिक समाजव
बिर्तामोड / झापाको भद्रपुर नगरपालिका –४ को वडा अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हंशधर राजवंशी निर्वाचित भएका छन् । राजवंशीले उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बहादुर लिम्बुलाई ३३१ मतान्तरले पराजित गर्दै भद्रपुर –४ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् । राजवंशीले एक हजार २६६ मत, लिम्बुले ९३५ र राप्रपाका दिननाथ रिजालले ५६५ मत प्राप्त गरेका छन् । त्यस्तै वडा सदस्यमा एमालेका माधव प्रसाद अधिकारी, अर्जुन बानियाँ, दलित महिला सदस्यमा सावित्रा विश्वकर्मा र महिला सदस्यमा माओवादीकी सविता पुरी विजयी भएकी छिन् ।
बिर्तामोड / मेचीनगर –२ मा ६०० मत गणना गर्दा एमाले अग्र स्थानमा रहेको छ । मेयर पदमा(काँग्रेस–माओवादी) गठबन्धनका इन्द्र बहादुर बुढाथोकी : २३६एमालेका गोपालचन्द्र बुढाथोकी :२१७राप्रपाका रमेश दाहाल :३१उपमेयर पदमा(काँग्रेस–माओवादी) गठबन्धनका प्रकाश भण्डारी :१२६एमालेकी मीना कुमारी पोख्रेल :१८८राप्रपाकी सविना बजगाईं :२३वडा अध्यक्ष पदमा एमाले :१६२कांग्रेस :१५४राप्रपा :२४
बिर्तामोड / झापाको गौरादह नगरपालिका वडा नम्बर -२ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसबाट गोपाल प्रसाद कोइरालासहित प्यानल विजयी भएको हो ।कोइरालाका प्रतिस्पर्धी नेकपा एमालेका डिल्लीराम काफ्लेलाई ७० मतान्तरले पछि पार्दै उनी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । कोइरालाले १०६८ र काफ्लेले ९९८ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा कांग्रेसका शङ्कर प्रसाद कट्टेल १०३०, उत्तम बहादुर बस्नेत ९५६, विमला बास्तोला १०६२ र अम्बिका बर्देवा १०६५ मत ल्याएर निर्वाचित भएका छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.