समाचार

    Showing 21,721-21,730 of 26,755 items.
  • वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

    काठमाडौँ / वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको आज बिहान निधन भएको छ । किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकका अनुसार उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । जोशीको निधनबारे उनका आत्मकथा लेखक तथा पत्रकार गिरीश गिरिले ट्विट गर्दै थप पुष्टि गरेका छन् । सत्यमोहन सर रहनुभएन । अहिले बिहान ७ बजेर ९ मिनेटमा हामीबाट बिदा हुनुभयो  ।२४ दिन अघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसीयुमै राखेर उपचार भइरहेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए । पछिल्लो समय उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 62 पटक पढिएको
  • सिराहाबाट अपहरणमा परेका सदाको विराटनगरमा हत्या, संलग्न तीन जना पक्राउ

    झापा / सिराहाका १७ वर्षीय अंशु सदाको अपहरण पछि हत्या गरिएको छ । गत असोज २३ गते अपहरणमा परेका सिराहाको गोलबजार –३ का सदाको विराटनगरमा ल्याएर हत्या गरिएको हो । सदाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा कमलामाई नगरपालिका –६ का राकेश ठाकुर, प्रशान्त मण्डल र मोरङ रतुवामाई –५ कादुपाडाका मनोज कार्की रहेका छन् । प्रहरीका अनुसार फिरौती माग गर्दै ठाकुर र मण्डलले सदालाई २३ असोजमा अपहरण गरेका थिए । उनीहरुले सदाको अपहरण गरेर उनका परिवारसँग एक लाख रुपैयाँ फिरौती समेत माग गरेको प्रहरीले जनाएको छ । अपहरण गरेलगत्तै उनीहरूले गत २४ असोजमा सदालाई विराटनगर ल्याएक

    • प्रकाशित मितिः असोज २८, २०७९
    • 167 पटक पढिएको
  • फर्निचर उद्योगमा आगलागी हुँदा ४५ लाखको क्षति

    बिर्तामोड / विराटनगरको एक फर्निचर उद्योगमा गए राति आगलागी हुँदा ४५ लाख बराबरको क्षति भएको छ । मोरङको विराटनगर महानगरपालिका -९ एकेडेमी मार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको थियो । आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र  हार्डवेयरका सामान क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हो । बारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । आगो निभाउन नेपाल प्रहरी, विराटनगर महानगरपालिकाका नगर प्रहरी र स्थानीयवासी परिचालन गरिएको थियो । उद्योगका सञ्चालक श्याम साहले आगलागीबाट टिनको छानो भएको घरटहरा, काठबाट बनेको पलङ, सोफा, टेबल, रङका डिब्बा, प्लाइउड, बोर्ड सबै जलेर नष्ट भएको

    • प्रकाशित मितिः असोज २८, २०७९
    • 63 पटक पढिएको
  • पर्सामा एक महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

    झापा / पर्सामा एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्तास्थित नारायणी सेन्ट्रल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका-९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा डा प्रमोदकुमार सर्राफले जानकारी दिए । उनले शल्यक्रिया मार्फत बच्चा जन्माएकी हुन् । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा प्रियङ्का चौधरीले कविताको शल्यक्रिया गरेकी हुन् ।

    • प्रकाशित मितिः असोज २८, २०७९
    • 122 पटक पढिएको
  • भारत तर्फ लैजाँदै गरेको १२० के.जी अवैध सुपारी बरामद

    बिर्तामोड / इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले अवैध रुपमा नेपालबाट भारत तर्फ लैजाँदै गरेको एकसय २० केजी अवैध सुपारी बरामद गरेको छ ।  बिहीबार झापाको मेचीनगर नगरपालिका वडा नम्बर -६ स्थित मेचीखोलाबाट प्रहरीले ८० हजार मूल्य बराबरको अवैध सुपारी बरामद गरेको हो । बरामद गरिएको सुपारी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

    • प्रकाशित मितिः असोज २८, २०७९
    • 70 पटक पढिएको
  • ठगी र लागूऔषध मुद्दामा फरार रहेका २ प्रतिवादी पक्राउ

    बिर्तामोड / १ नम्बर प्रदेश प्रहरी कार्यालयको आर आइ टि समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउपालिका -३ का ५८ वर्षीय राम बहादुर  भण्डारी र धरान उपमहानगरपालिका - ५ का ३७ वर्षीय बुद बहादुर विश्वकर्मा रहेका छन् । ठगी मुद्दामा फरार रहेका भण्डारीलाई उच्च अदालत विराटनगर मोरङले १० महिना २१ दिन कैद र पच्चीस हजार रुपैया जरिवाना सुनाएको थियो । यस्तै विश्वकर्मालाई भने लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतले १ महिना ९ दिन कैद र पचास हजार रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउ परेका दुबै जनालाई सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भु

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 83 पटक पढिएको
  • सन्दीपलाई थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतको अनुमति ( भिडियो सहित )

    काठमाडौं / १७ वर्षीया नाबालिग किशोरी बलात्कारको आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।असोज २० गते पक्राउ परेका सन्दीप लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । पहिलो पटक ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो भने बिहीबार ५ दिन  थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेको थियो । तर, ५ दिन म्याद थप गरी अनुन्सन्धान गर्न अदालतले अनुमति दिएको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए । क्रिकेटर  लामिछ

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 36 पटक पढिएको
  • एक लाख ५० हजार रुपैयाँ बराबरको पटाकासहित राजवंशी पक्राउ

    मोरङ / मोरङको रङेलीबाट बारुदजन्य पटाकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका –८ हस्नगडीका ३० वर्षीय जितेन्द्र राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेको प्र १–०२–००२ ह ८७८९ नम्बरको अटोलाई रङेली नगरपालिका –९ स्थित दर्बेसामा चेकजाँच गर्ने क्रममा पटाकासहित अटो चालक राजवंशीलाई पक्राउ गरेको हो । राजवंशीले चलाएको आटोबाट किङ कोब्रा नामक ६० बन्डल (३००० प्याकेट) अन्दाजी एक लाख ५० हजार रुपैयाँ बराबरको पटाका बरामद गरेको प्रहरीले जनाएको छ । राजवंशीलाई विस्फोटक पदार्थ पटाका शीर्षकमा मुद्दा दर्ता गरी

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 69 पटक पढिएको
  • ६७ औँ प्रहरी दिवसको अवसरमा मोरङमा रक्तदान कार्यक्रम

    बिर्तामोड / ६७ औँ प्रहरी दिवस २०७९ को अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र .ना. म. नि सुदीप गिरीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, १ नम्बर प्रदेश ट्राफिक व्यवस्थापन तथा राजमार्ग सुरक्षा कार्यालय ईटहरी, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण, १ नम्बर प्रदेश विशेष सुरक्षा गण दुहबी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत रहेका ४१ जना प्रहरी अ

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 56 पटक पढिएको
  • झापाको मेचीनगरबाट अवैध कपडा बरामद

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका -६ गैरिगाउँ स्थितबाट भन्सार छलेर नेपाल भित्राएको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । बुधबार दिउसो ४ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएको १६,०००० मूल्य बराबरको अवैध कपडा बरामद गरेको हो ।४ पोकामा रहेको २७० पिस भेस्टलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।  

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 66 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.