बिर्तामोड / भद्रपुर नगरपालिका वडा नम्बर- २ मा नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनले वडा अध्यक्षका उम्मेदवार रामबहादुर कँडेल निर्वाचित भएका छन् । एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका भीमबहादुर सुब्बालाई २३९ मतान्तरले पछि पार्दै कांग्रेसका उम्मेदवार कँडेल निर्वाचित भएका हुन् । कँडेलले १३०९ र सुब्बाले १०७० मत ल्याएका छन् । गठबन्धनले वडा अध्यक्ष जितेपनि सबै वडा सदस्यहरू एमालेले जितेको छ । वडा सदस्यहरूमा एमालेका ममता लिम्बू , द्रोणविक्रम कोइराला, लीलानाथ निरौला र देवीका बस्याल निर्वाचित भएका छन् ।
बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र झापाको कचनकवल –२ को मत गणना सकिएको छ । वडा नम्बर –२ को वडा अध्यक्षमा नेकपा एमालेका लेखनाथ खत्री विजयी भएका छन् । वडा नम्बर –२ मा दुई हजार ३७७ मत खसेकोमा खत्रीले ७८० मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी राप्रपाका हरिनारायण चौहानले ६८५ मत प्राप्त गरेका छन् । त्यस्तै वडा अध्यक्षमा कांग्रेसका सुरज कुमार भट्टराईले ६३१ मत, माओवादीले ४३ र साइकलले ७ मत पाएका छन् । त्यस्तै वडा सदस्यमा एमालेका गणेश भण्डारी र मनमाया चौहान, कांग्रेसका धन बहादुर गुरुङ र दलित सदस्य तर्फ राप्रपाका अमृता बोगटी गन्धर्व नि
उदयपुर / उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्यमा समस्या आएको भन्दै राजीनामा दिएका छन् । निर्वाचनको काम नसकिँदै उनले शनिबार कार्यालयको काम गरिरहेका बेला स्वास्थ्यमा समस्या आएर बेहोस भएपछि खनालले निर्वाचनको बाँकी काम गर्न नसक्ने भनेर निर्वाचन आयोगमा लेखी पठाएको सहायक निर्वाचन अधिकृत दिलिप मगरले बताए ।
बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा २७११ मत गणना गर्दा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार मनोज प्रसाईँ अग्रस्थानमा छन् । उनले १०१७ र एमालेकी अध्यक्ष पदी मिरा भुर्तेलले १००९ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ध्रुव प्रसाद कोइरालाले २०२ मत ल्याएका छन् ।उपाध्यक्षमा एमालेका भवानी प्रसाद खतिवडाले ५७९ , गठबन्धन (माओवादी) का खड्ग बहादुर तिम्सिनाले ४२९ , राप्रपाकी इन्दिरा रिजालले १०४ र धारा चुनाब चिन्हका मीन कुमार नेवारले १०८० मत ल्याएका छन् । यस्तै बुद्धशान्ति १ को वडाध्यक्षमा कांग्रेसका हेमन्तले ७७८ मत, एमालेका अनिल वाग्लेले १३३७ र राप्रपाका
काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै रहेका छन् ।आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार बालेनले २८२० पाएका छन् ।त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली काङ्ग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाएकी छन् । शनिबार सुरु गरिएको मत गणनामा हाल वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।
बिर्तामोड / झापाको कचनकवल गाउँपालिकामा –२ मा दुई हजार ३७७ मत गणना गर्दा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले एक हजार २२७ मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले एक हजार २१ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका अन्जरा आलमले ७५५ मत प्राप्त गरेका छन् भने राप्रपाका उपाध्यक्ष निमसरी राजवंशीले ७७८ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद नेपालले ८१ मत र उपाध्यक्ष भागीरथी अधिकारीले ८३ म
काठमाडौं / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ६ घण्टाको लागि नेपाल आउँदै छन् । भारतीय प्रधानमन्त्रीको रुपमा पाँचौं पटक नेपाल आउन लागेका मोदी सोमबार सिधै लुम्बिनी आएर त्यहीँबाट सोही दिन स्वदेश फर्कने छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । तय भएको कार्यक्रम अनुसार मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा सोमबार बिहान एघार बजेतिर लुम्बिनी आउने छन् । हेलिकप्टरबाट झरेपछि उनी सिधै मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थन
बिर्तामोड / झापाको मेचीनगरमा गठबन्धनलाई पछि पार्दै एमाले अग्र स्थानमा रहेको छ । ५२८ मत गन्दा प्रमुख पदमा गठबन्धनका उम्मेद्वार कांग्रेसका इन्द्र बहादुर बुढाथोकीले २०७ मत प्राप्त गरेका छन् भने एमालेका गोपाल बुढाथोकीले २२४ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका रमेश दाहालले ३६ मत प्राप्त गरेका छन् ।यस्तै उपमेयर पदमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले १०८ मत, एमालेकी मिना उप्रेतीले २२७ र राप्रपाकी सविना बजगाईँले ६६ मत प्राप्त गरेका छन् । त्यसैगरी मेचीनगर –१ को वडाध्यक्षमा एमालेका रामकुमार राईले २२६, कांग्रेसका हेमलाल गुरागाईँले २१४ र राप्रपाले २४ मत प्राप्त गरेको छ ।
बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका वडा नं १ मा खसेको ३५८१ मत गणना हुँदा नेकपा एमालले अग्रता लिएको छ । एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले पछिल्लो मत परिणाम अनुसार १७५७ ल्याएर अग्र स्थान ओगटेका छन् भने गठबन्धनबाट मेयर पदकी उम्मेद्वार रञ्जिता कार्कीले १३६४ मत प्राप्त गरेकी छिन् । राप्रपाका मेयर पदका उम्मेदवारले १६४ मत प्राप्त गरेको नगरस्थित निर्वाचन कार्यालय जनाएको छ । त्यस्तै उपमेयरमा एमालेले १६५८ , गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवारले ९१३ र राप्रपाले २०६ मत प्राप्त गरेका छन् । त्यसैगरी वडा नं १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार&nbs
धनकुटा / धनकुटाको चौबिसे गाउँपालिका- २ को वडा सदस्यमा विजयी भएका अटलबहादुर सूर्य मगरको मृत्यु भएको छ । ५५ वर्षीय मगरको हृदयघातका कारण मृत्यु भएको निर्वाचन आयोगले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.