भद्रपुर / भद्रपुर वडा नम्बर -२ मा एमालेले मेयर पदमा मत अन्तर घटाउँदै गएको छ । भद्रपुर वडा नम्बर -२ मा २२०० मत गणनाको परिणाममेयर पदमा(काँग्रेस, माओवादी र एकीकृत समाजवादी) गठबन्धनबाट कांग्रेसका गणेश पोखरेल : ६८१एमालेका असारु राजवंशी : ६२९राप्रपाका नवराज पनेरु : ८२४हलो : ५४८उपमेयर पदमा(काँग्रेस, माओवादी र एकीकृत समाजवादी) गठबन्धनबाट माओवादीका शिवकुमार राजभण्डारी : ७२९एमालेकी कौशिल्या अधिकारी : ६१०राप्रपाकी राधा कार्की : ५७६वडा अध्यक्षमा सुर्य : ७०५रुख : ७६५हलो : ५७६
बिर्तामोड / झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाका अध्यक्ष पदका उम्मेद्वार रविन्द्र लिङ्देन को अग्रता कायमै रहेको छ । दुई हजार ७५७ मत गणना गर्दा लिङ्देनले एक हजार ३७२ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी एमालेका डम्बरबहादुर गिरिले ८५५ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका तुलसी प्रसाद ओलीले २३० मत र माओवादी केन्द्रका भवानी प्रसाद दंगालले ८८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा राप्रपाकी लक्ष्मी मैनालीले एक हजार ९६ मत र एमालेकी शान्ता देवी गौतमले ८३५ मत प्राप्त गरेकी छिन् । त्यस्तै वडा नम्बर १ को वडा अध्यक्षमा राप्रपाका देवी बहादुर थापाले एक हजार ९५, एमालेका त्रि
दमक / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमक नगरपालिका वडा नं -१ मा एमालेको प्यानल नै विजयी भएको छ । मेयरमा गीता अधिकारीको अग्रता सहित वडा अध्यक्ष हरी न्यौपानेको प्यानल विजयी भएको हो ।मत परिणाम अनुसार अध्यक्षमा न्यौपानेले १६ सय ८६ मत ल्याएर विजयी भएभने विपक्षी गठबन्धनका तारा अधिकारीले १६ सय २४ मत ल्याएका छन् । यसैगरी महिला सदस्यमा तारा खपतरीले १७ सय १४, दलित महिला सदस्यमा नविना मोहोराले १७ सय १५, खुला सदस्यमा रघुवीर बुढाथोकीले १६ सय ५८ र राज कर्ण राईले १६ सय १२ मत ल्याएर विजयी भएका हुन् ।यो वडामा मेयरमा गीता अधिकारीले १७ सय ३२ मत र गठबन्धनका राम थापाले १६ सय ४८ मत ल्याए
बिर्तामोड / वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अहिले सम्मको मत परिणाम हेर्दा झापा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ को एक हजार २६७ मत गन्दा अध्यक्ष पदमा कांग्रेसका उम्मेद्वार जय नारायण साहले ४८२ मत प्राप्त गर्दै अग्र स्थानमा रहेका छन् । त्यस्तै दोस्रो स्थानमा नेकपा एमालेका उम्मेद्वार गौरीशंकर राजवंशी रहेका छन् । उनले ३४० मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार रुद्र बजगाईं २९० मतका साथ तेस्रो स्थानमा रहेका छन् । यसैगरी उपाध्यक्ष पदमा कांग्रेसकी अन्जु देवी थपलियाले ४५५ मत, एमालेकी देवी अधिकारीले ३३० र माओवादी केन्द्रकी मुन्नावती गणेशले
बिर्तामोड / झापाको कचनकवल गाउँपालिकामा तीन हजार ६१८ मत गणना गर्दा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले दुई हजार ६५ मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले ९६१ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका अन्जरा आलमले ८६६ मत प्राप्त गरेका छन् भने राप्रपाका उपाध्यक्ष निमसरी राजवंशीले एक हजार ४४ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद नेपालले ९४ मत र उपाध्यक्ष भागीरथी अधिकारीले ४२२
बिर्तामोड / झापाको मेचीनगरमा गठबन्धनलाई पछि पार्दै एमाले अग्र स्थानमा रहेको छ । ४२८ मत गन्दा प्रमुख पदमा गठबन्धनका उम्मेद्वार कांग्रेसका इन्द्र बहादुर बुढाथोकीले १७५ मत प्राप्त गरेका छन् भने एमालेका गोपाल बुढाथोकीले १८१ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका रमेश दाहालले ३० मत प्राप्त गरेका छन् ।यस्तै उपमेयर पदमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले १०० मत, एमालेकी मिना उप्रेतीले १८३ र राप्रपाकी सविना बजगाईंले ५५ मत प्राप्त गरेका छन् । त्यसैगरी मेचीनगर –१ को वडाध्यक्षमा एमालेका रामकुमार राईले १८०, कांग्रेसका हेमलाल गुरागाईंले १८२ र राप्रपाले २२ मत प्राप्
बिर्तामोड / शिवसताक्षी नगरपालिमा एक हजार ८०८ मत गणना गर्दा एमाले अग्र स्थानमा रहेको छ । शिवसताक्षीको मेयर पदमा एमालेले ७४०, नेपाली कांग्रेसले ५९१, राप्रपाले ८२ र जसपाले ३० मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयर पदमा एमालेले ६५७, माओवादी केन्द्रले ५५५, राप्रपाले ३८ र समाजवादीले ७५ मत प्राप्त गरेको छ । वडा नम्बर –१ को अध्यक्षमा एमालेले ५४३, कांग्रेसले ५२३, माओवादी केन्द्रले ५३९ र राप्रपाले ५७ मत प्राप्त गरेको छ ।
रामेछाप / रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको मतगणनास्थलमा गोली चलेको छ । इलाका प्रहरी चौकी दोरम्बाका अनुसार शनिबार साँझ राजनीतिक दलका कार्यकर्ताले होहल्ला गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको हो । मतगणनास्थल बाहिर सत्ता गठबन्धनका कार्यकर्ताले होहल्ला गरी आक्रमणको प्रयास गरेपछि प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको इलाका प्रहरी चौकी दोरम्बाले जनाएको छ।स्थिति सामान्य रहेका कारण हाल दोरम्बा शैलुङ गाउँपालिकाको वडा नम्बर १ डडुवाको मतगणना भइरहेको छ।
बिर्तामोड / झापाको कनकाई नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार दुई हजार ४१९ मत गणना गर्दा जेब्रा चुनाव चिन्हका थापाले सबै भन्दा बढी एक हजार ८४ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रोमा एमालेबाट मेयर मेयर पदका उम्मेदवार राजेन्द्र कुमार पोखरेलले ६६२ र तेस्रोमा नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले २८१ मत ल्याएका छन् । यस्तै राप्रपाका प्रमुख श्याम ओलीले ९४ मत प्राप्त गरेका छन् भने विवेकशील पार्टीका भीम प्रसाद अधिकारीले १ मत प्राप्त गरेका छन् ।उपमेयरमा एमालेबाट उम्मेद्वारी दिएकी मन्जु प्रसाईले ८८५ मतका साथ
बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा ८५० मत गणना गर्दा एमालेकी मिरा भुर्तेलको अग्रता देखिएको छ । भुर्तेलले ३२० मत प्राप्त गरेकी छिन् भने काँग्रेस र माओवादी गठबन्धनका अध्यक्ष पदका उम्मेदवार मनोज प्रसाइँले ३१८ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ध्रुव प्रसाद कोइरालाले ८० मत ल्याएका छन् ।उपाध्यक्षमा एमालेका भवानी प्रसाद खतिवडा अग्रता लिएका छन् । एमालेका भवानी प्रसाद खतिवडाले १७९, गठबन्धन (माओवादी)का खड्ग बहादुर तिम्सिनाले १५०, राप्रपाकी इन्दिरा रिजालले ५२ र धारा चुनाब चिन्हका मिन कुमार नेवारले ३९१ मत ल्याएका छन् । यस्तै बुद्धशान्ति १ को वड
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.