झापा / सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपुरकोट गाउँपालिका- ६ जलबाँङका २१ वर्षीय चालक जितबहादुर बोहोरा, ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय बसन्त वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र ३५ वर्षीय ललित वली रहेका छन् ।उनीहरू सबैको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए । बाँकेको ढकेरीबाट बिहेको भोज खाएर फर्कँदै गर्दा रा १ ज ५६३ नम्बरको जिप सल्यान कपुरकोट -३ मूलपानीमा बिहान ३ बजे दुर्घटना भएको थियो । दुर्घटनामा सख्त घाइते भएका कपुरकोट गाउँपालिका -६ जलबाँङका ३५ वर्षी
बिर्तामोड / ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा आदर्श स्कुल अफ होटल म्यानेजमेन्टले सार्वजनिक स्थलहरूको सरसफाइ गरेको छ । आदर्श कलेजले ‘पर्यटनलाई पुनः बिचार गरौँ’ भन्ने नाराका साथ पाउ पाथीभरा मन्दिर परिसर ,सहिद उद्ध्यन पार्क, सालबारी सिमसार परिसरको सरसफाइ गरेको हो । उक्त सरसफाइ कार्यक्रममा निधि क्याम्पस, सुरुवाती कोठा नेपाल, प्यासिफिक एसिया ट्राभल एसोसिएसन र ट्रेक ८५८६ ले समेत सहकार्य गरेका थिए । सुरुवाती कोठा नेपाल र आदर्श स्कुल अफ म्यानेजमेन्टले हरेक वर्ष पर्यटन दिवस मनाउँदै आएको आदर्श स्कुल अफ होटल म्यानेजमेन्टका बजार व्यवस्थापक प्रमुख दीपक दासले जानकारी दिए । हरेक वर्ष
एजेन्सी / भारतको लखनउ इटौन्जादेखि कुम्हरावान तर्फ जाँदै गरेको ट्याक्टर पोखरीमा पल्टिँदा १० जनाको मृत्यु भएको छ । ४६ जना सवार उक्त ट्याक्टरको ट्रली असन्तुलन भएर इटौन्जाको पोखरीमा पल्टिएको थियो । लखनउ रेन्जका आईजी लक्ष्मी सिंह अनुसार घाइतेहरूलाई उपचारका लागी इटौन्जा सीएचसीमा भर्ना गरिएको छ ।
काठमाडौँ / पछिल्लो २४ घण्टामा नेपालभरमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय २९ पिसिआर परीक्षणका क्रममा ४२ जना र २ हजार १ सय एन्टीजेन परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज थप ७६ जना संक्रमणमुक्त भएका छन् ।
बिर्तामोड / इलाका प्रहरी कार्यालय बेलबारीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र आज बिहान भएको एक विशेष कार्यक्रमका बिच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय केदार कार्कीले विधिवत रुपमा समुद्घाटन गरेका हुन् । भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौँ नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको बताए ।कार्यक्रममा आफ्नो भनाई राख्नु हुँदै मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाह
झापा / धनुषामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ३२ वर्षीया दुलारी सदाको हत्या गरेको आरोपमा गणेशमान चारनाथ नगरपालिका -६ मुसहर टोल बस्ने रेबिया सदालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका रेबियाले श्रीमती दुलारीलाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केबर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
झापा / कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः सुरु भएको छ ।कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको पर्वतीय उडान रोकिएको थियो । कोरोना सङ्क्रमण नियन्त्रणमा आउनाका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरु गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।उनका अनुसार श्री एयरलाइन्सले सीआरजे २०० सिरिजको जहाजमार्फत २५ हजार फिट उचाइमा यो उडान सेवा दिने भएको छ । उक्त उडानमा नेपालीका लागि रु १५ हजार र विदेशीका लागि २३० अमेरिकी डलर भाडादर निर्धारण गरिएको छ ।हरेक दिन बिहान ६ः३० बजेदेखि थालिन
सुनसरी / सुनसरीको दुहबीस्थित नेपाल विद्युत प्राधिकरणको ग्रिड शाखामा कार्यरत कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ।दुहबी नगरपालिका –३ मा रहेको नेपाल विद्युत प्राधिकरणको ग्रिड शाखामा कार्यरत बुढीगंगा गाउँपालिका –४ का ४१ बर्षीय महमत साबिर मियाको करेन्ट लागेर मृत्यु भएको हो ।सोमवार बेलुका कार्यालय पेरिमिटर भित्र पानी चलाउने मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेर मिया घाईते भएका थिए । घाइते मियालाई उपचारको लागी बिराट मेडिकल कलेज लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
बिर्तामोड / १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मोरङबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको लेटाङ -३ का ५६ वर्षीय शरणबहादुर राई रहेका छन् । शारीरिक रूपमा अशक्त ति किशोरीलाई बलात्कार गरेको भनी परिवारले दिएको किटानी जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार पीडकले आफ्नै खेतमा रहेको टहरोमा लगेर ती युवतीलाई गत शनिबार राति बलात्कार गरेका थिए । पक्राउ परेका राईलाई जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरिएको बताइएको छ ।
झापा / दशैँ बिदामा पनि सर्वोच्च अदालत खुला रहने भएको छ ।सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै घटस्थापनादेखि पूर्णिमासम्म अन्य सुनुवाइ नहुने भएपनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने बताएको हो । घटस्थापनाका दिनदेखि नै अदालतका अन्य काम भने बन्द गरिएको छ । अब शनिवार र विजय दशमीको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने र बन्दी प्रत्यक्षीकरणको रिट मात्र हेरिने सर्वोच्चले जनाएको छ । बन्दी प्रत्यक्षीकरणको रिट हेर्न न्यायाधीशहरूलाई जिम्मेवारी समेत तोकिएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.