समाचार

    Showing 21,811-21,820 of 25,201 items.
  • विराटनगर महानगरमा नागेशको अग्रता

    विराटनगर  / विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन् ।दिउँसो १ बजेको प्राप्त परिणाम अनुसार सात सय मत गन्दा कोइरालाले दुई सय ६९ मत प्राप्त गरी अग्र स्थानमा रहेका छन् ।त्यस्तै मेयर पदमा एमालेका उम्मेदवार सागर थापाले एक सय ८१ र स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत पाएका छन् ।यस्तै, उपमेयरमा भने नेकपा एमालेको अग्रता देखिएको छ । उपमेयरमा नेकपा एमालेबाट शिल्पा निराला कार्कीले २२६ र जसपा नेपालका तर्फबाट अमरेन्द्र यादवले १५२ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 108 पटक पढिएको
  • देउमाई मतगणना स्थल तनावग्रस्त, तीन राउन्ड हवाई फायर

    इलाम / इलामको देउमाई नगरपालिकास्थित मंगलबारेमा विवादका कारण मतगणना स्थगित भएको छ । मत गणना स्थलमा नगरपालिकाका करार कर्मचारी दल बहादुर श्रेष्ठको साथबाट स्वस्तिक छाप भेटिएपछि विवाद भएको हो । स्वस्तिक छाप बोकेका कर्मचारी मतगणना स्थलमा भेटिएको भन्दै सत्ता गठबन्धनमा आबद्ध दलहरुले नाराबाजी गरेपछि झडप भएको छ । श्रेष्ठलाई भने  प्रहरीले नियन्त्रणमा लिएको छ ।अवस्था तनावपूर्ण बनेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ । देउमाईमा एमालेको अग्रता छ । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 210 पटक पढिएको
  • अर्जुनधारामा मत गणना शुरु

    बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिकामा मतगणना शुरु भएको छ । हिजो (शुक्रबार) भएको स्थानीय तह निर्वाचनको मत गणना आज (शनिबार) १२ः३० बजेबाट सुरु भएको हो । ५३ हजार सात सय ४५ मतदाता रहेको अर्जुनधारा नगरपालिकामा ३८ हजार पाँच सय २३ जनाले मतदान गरेका छन् । मतदान गर्नेमा १८ हजार चार सय ३६ पुरुष र २० हजार ८७ जना महिला रहेका छन् ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 117 पटक पढिएको
  • अपडेट : काठमाडौंमा बालेनकोे अग्रता कायमै

    काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा बालेनले १५७ नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ९६ नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १०९ मत पाएका छन् ।अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 91 पटक पढिएको
  • बिर्तामोडमा मतगणना स्थगित

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको मत गणना स्थगित गरिएको छ । मतगणना स्थलमा विवाद उत्पन्न भएपछि मतगणना स्थगित गरिएको हो । विस्तृत जानकारी केही बेरमा ....

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 609 पटक पढिएको
  • २८ वर्षमै वडाध्यक्ष बने तिलबहादुर

    प्युठान / हिजो (शुक्रबार) भएको स्थानीय तह निर्वाचनमा प्युठानको सरुमारानी गाउँपालिका –६ तिराममा २८ बर्षिय युवा वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका २८ वर्षीय तिलबहादुर बुढा विजयी भएका हुन् ।बुढाले ६ सय ९५ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी पाँच दलिया गठबन्धनबाट उम्मेद्वारी दिएका माओवादी केन्द्रक बोमबहादुर पुनले चार सय ४३ मत प्राप्त गरेका छन् । सो वडाको महिला सदस्यमा एमालेकी एनुका राहुं, दलित महिला सदस्यमा एनुका विक तथा खुला सदस्यमा नमबहादुर उलुङ्गे र खड्ग बहादुर महरा विजयी भएका छन् ।उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि एमाले ६ स

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 155 पटक पढिएको
  • बुद्धशान्ति अपडेट : गठबन्धनको अग्रता

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा  वडा न १ को १२५ मत गणना गर्दा बुद्धशान्ति गाउँपालिका अध्यक्ष पदमा नेपाली काँग्रेस ४९ , नेकपा एमाले ४२ , राप्रपाका  उम्मेद्धावरले ७ मत प्राप्त गरका छन् ।यस्तै उपाध्यक्षमा राप्रपाका उम्मेद्धावरले ७ माओवादी केन्द्रका उम्मेद्धावरले १७ नेकपा एमालेका उम्मेद्धावरले सूर्य १८ , धारा चिन्ह्का उम्मेद्धावरले ५० , मुढा चिन्ह्का उम्मेद्धावरले २ प्राप्त गरेका छन् । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 136 पटक पढिएको
  • हल्दीबारी गाउँपालिकामा राप्रपाको अग्रता

    बिर्तामोड / झापाको हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता लिएको छ । १५० मत गणना हुँदा राप्रपाका रविन्द्र प्रसाद लिङदेनले १२९ मत प्राप्त गरेका छन् । दोस्रोमा एमालेका डम्बर बहादुर गिरी रहेका छन् । जसको मत ११५ रहेको छ । त्यस्तै काँग्रेसका तुलसी प्रसाद ओलीले २२ तथा माओवादीका भवानी प्रसाद दंगालले १२ मत ल्याएका छन् । उपाध्यक्ष पदमा एमालेका शान्ता देवी गौतमको ११६ राप्रपाका लक्ष्मी देवी मैनालीको ९१ स्वतन्त्र उम्मेद्वार लखन हेमरमको १६ तथा माओवादीका टिका देवी राउतको १५ मत रहेको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 178 पटक पढिएको
  • अपडेट : कनकाईमा स्वतन्त्र उम्मेद्वार थापाको अग्रता कायमै

    बिर्तामाेड / झापाको कनकाई नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार नौ सय ४९ मत गणना गर्दा जेब्रा चुनाव चिन्हका थापाले सबै भन्दा बढी चार सय २१ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रोमा एमालेबाट मेयर मेयर पदका उम्मेदवार राजेन्द्र कुमार पोखरेलले दुई सय ६३ र तेस्रोमा नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ९५ मत ल्याएका छन् । यस्तै राप्रपाका प्रमुख श्याम ओलीले ३८ मत प्राप्त गरेका छन् भने विवेकशील पार्टीका भीम प्रसाद अधिकारीले एक मत प्राप्त गरेका छन् । उपमेयरमा सुर्य चुनाव चिन्हबाट उम्मेद्वारी दिएकी मन्जु प्रसाईले

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 159 पटक पढिएको
  • देशभर २१३ स्थानीय तहमा मतगणना जारी, १०४ स्थानमा कांग्रेसको अग्रता

    काठमाडौँ  / हिजो (शुक्रबार) भएको स्थानीय तहको निर्वाचनको मतगणनाको प्रारम्भिक मत परिणाम आउने क्रम जारी छ । जिल्लाका केही स्थानीय तहको मत परिणाम आइ सकेको छ भने केही ठाउँमा भर्खरै मतगणना सुरु भएको छ । त्यस्तै भरतपुर र र पोखरा महानगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । बिहान सवा १० बजेसम्मको सुरुवाती अग्रता हेर्दा कांग्रेस सबैभन्दा अग्रस्थानमा रहेको छ भने दोस्रो स्थानमा एमाले रहेको छ । कांग्रेसले प्राप्त मतगणना परिणामअनुसार १ सय ४ स्थानीय तहमा अग्रता लिएको छ भने २ स्थानीय तहमा जित हासिल गरेको छ । कांग्रेसले मेयर र उपमेयरमा ७६ स्थानीय तहमा अग्रता लिएको छ भने तीन उपमेयर र उपाध्यक्

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 78 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.