समाचार

    Showing 21,821-21,830 of 26,755 items.
  • राष्ट्रपतिसँग सर्वोच्चले माग्यो विधेयक प्रमाणीकरण नगर्नुको कारण लिखित जवाफ

    काठमाडौँ  / नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरेको सन्दर्भमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।न्यायाधीश हरि फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपतिसँग लिखित जवाफ मागेको हो । इजलासले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न भनेको छ।संघीय संसदका दुवै सदनबाट दोहोर्‍याएर पारित भएको विधेयकलाई समयसीमा (१५ दिनभित्र) प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेकी थिइन् । राष्ट्रपतिविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतले रिट

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 69 पटक पढिएको
  • झापाको अर्जुनधारामा बिर्तामोडका पोख्रेल मृत फेला

    बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका -१० कालीझोडा स्थित प्रगति सामुदायिक बनमा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड नगरपालिका -४ निवासी  ६३  बर्षिया देवी प्रसाद पोख्रेलको शब आज बिहान घोप्टो परेको अवस्थामा फेला परेको हो । जङ्गल भएर आवतजावत गर्ने स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका (प्रवक्ता) डीएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 436 पटक पढिएको
  • राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश फुँयालको इजलासमा

    झापा / नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेको रिट निवेदन प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश हरि फुँयालको इजलासमा पेश भएको छ ।राष्ट्रपति भण्डारीविरुद्ध अदालतमा पाँच वटा मुद्दा परेका हुन् । उक्त रिटहरू फुँयालको इजलासको ८ औं नम्बर मा राखिएको छ। संघीय संसदका दुवै सदनबाट दोहोर्‍याएर पारित भएको विधेयकलाई समयसीमा (१५ दिनभित्र) प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेकी थिइन् ।अधिवक्ता सागर बरालसहित, शौनु परियारले परमादेशको र अधिवक्ता डा. सुनिल रञ्जन सिंहसमेत, अधिवक्ता सुनिकुमार यादव

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 106 पटक पढिएको
  • सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

    काठमाडौं / काठमाडौंको बसुन्धारामा शनिबारराती ट्याक्सी र स्कुटर ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक गोरखाको बार्पाक सुलिकोट -३ घर भइ प्रहरी वृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् । दुर्घटनामा परि गम्भिर घाइते भएका गुरुङको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । नारायणगोपालचोकबाट बसुन्धरातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी र विपरित दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्बरको स्कुटर गएराती २ बजे ठोक्किएका थिए । ट्याक्सीसहित चालकलाई प्रहरी बृत्त महाराजगञ्जले नि

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 130 पटक पढिएको
  • सवारी दुर्घटना न्यूनीकरण गर्न ‘टाइमकार्ड’ लागू गर्ने तयारी (भिडियाेसहित)

    झापा /  सरकारले चाडपर्वका बेला सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम काड’ लागू गर्ने भएको छ ।सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको शनिबारको बैठकले गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो ।समितिले नेपाल प्रहरी, यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीको समन्वयमा राजमार्गमा स्थान पहिचान गरी टाइम कार्ड लागू गर्नेसहित विभिन्न १४ निर्णय गरेको छ ।समितिका संयोजक गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले च

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 116 पटक पढिएको
  • सुनका गरगहना चोरीमा संलग्न दुई जना पक्राउ

    काठमाडौं  / नेपाल प्रहरीले सुनका गरगहना चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट तारकेश्वर नगरपालिका -९ घर भई चन्द्रागिरि –९ मच्छेगाउँ बस्ने २३ वर्षीय रविन्द्र रिमाल र चोरीका गहना किन्ने मच्छेगाउँकै २९ वर्षीय सुजन सुनार रहेका छन् । प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका वडा नं -१४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गरेको आरोपमा पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घरमा रङ लगाउने व्यक्तिबाट सुनका गहना चोरी भएको अनुसन्धानमा खुलेको जानकारी दिए । उक्त चोरीका गहना किन्ने सुनारला

    • प्रकाशित मितिः असोज ७, २०७९
    • 162 पटक पढिएको
  • राष्ट्रपतिविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा

    काठमाडौँ / नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी तथा राष्ट्रपत‍िको कार्यालयलाई विपक्ष बनाएर परेको रिटमाथिको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ।  न्यायाधीश मनोजकुमार शर्माको इजलासमा रहेको पेसी हेर्न नभ्याइने भन्दै स्थगित भएको हो। राष्ट्रपति कार्यालयले दोस्रो पटक संसद्को दुवै सदनबाट बहुमतले पास भएको नेपाल नागरिकता ऐन,२०६३ को संसोधन गर्न ल्याएको विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शितलनिवास विरुद्ध पाँच रिट परेको थियो। अब आइतबारमात्रै उक्त रिटमाथि सुनुवाइ हुनेछ। 

    • प्रकाशित मितिः असोज ७, २०७९
    • 35 पटक पढिएको
  • अवैध हातहतियारसहित तीन जना पक्राउ

    झापा / गोरखाबाट अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय जौवारीको टोलीले बारपाक सुलिकोट गाउँपालिका –१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६ वर्षीय कृष्णप्रसाद घलेलाई पक्राउ गरको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार गोठमा लुकाइराखेको अवस्थामा फरक–फरक स्थानबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको हो ।  पक्राउ परेका सीताबहादुरको घरबाट एकनाले सर्ट गनसहित त्यसमा प्रयोग हुने गोली २४ थान र ३४ थान गोलीको खोका बरामद भएको लामिछानेले बताए । अन्य दुई जना माइला घलेको गोठबाट र कृष्णप्रसादको घरबाट बन्दु

    • प्रकाशित मितिः असोज ७, २०७९
    • 72 पटक पढिएको
  • हत्या गरेको आरोपमा संलग्न ९ जना पक्राउ

    बिर्तामोड / झापाको दमक नगरपालिका- ३ बेलडाँगीका ४४ बर्षीय एल बि भन्ने लाल बहादुर गुरुङको इलामको चुलाचुली गाउँपालिका-५ पकुवा स्थितमा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुलाचुली-४ इलामका २५ बर्षीय शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेश कुमार याखा, २१ बर्षीय अभिषेक केरुङ, २० बर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ बर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ वर्षीय डम्बर यवा, ३० बर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ वर्षीया बिक्रम हिङमाङ र २९ वर्षीय पर्शु राई रहेका छन् ।जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरीक्षक दिलिप घिमिरेको कमान्ड

    • प्रकाशित मितिः असोज ७, २०७९
    • 175 पटक पढिएको
  • सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी एसएसपी थापालाई

    झापा / सशस्त्र प्रहरी बलको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापालाई दिइएको छ।यसअघि सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक बिदुर खड्का रहेको थिए ।खड्काको सशस्त्र प्रहरी बलको नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय (चन्द्रौटा, कपिलवस्तु) मा काज सरुवा भएपछि उक्त जिम्मेवारी वरिष्ठ उपरीक्षक थापालाई दिइएको हो।संगठनसंग सम्बन्धित सूचना तथा जानकारीको लागि उनलाई मोबाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ७, २०७९
    • 89 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.