समाचार

    Showing 21,831-21,840 of 26,755 items.
  • खानेपानी ढुवानी गर्ने गाडीले किच्दा १७ महिने नाबालकको मृत्यु

    काठमाडौँ / भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं -१ लोकन्थलीमा एक नाबालकको शुक्रवार बिहान गाडीले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका वडा नं  -५ घर भई लोकन्थली बस्ने केशवलाल श्रेष्ठको छोरा सलिन श्रेष्ठ रहेका छन् । लोकन्थलीस्थित त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि खेल्ने क्रममा गाडिमुनि पसेकालाई सलिनलाई बा ५ च ७८१७ नम्बरको निसान गाडीले किचेको हो । खानेपानी ढुवानी गर्ने काममा प्रयोग भइरहेको उक्त गाडी केही क्षण रोकेको बेलामा बालक गाडीमुनी पसेको र चालकले उक्त गाडी अगाडि बढाउने क्रममा बालकलाई किचेपछि गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । त्यसपछि तत्काल

    • प्रकाशित मितिः असोज ७, २०७९
    • 139 पटक पढिएको
  • निर्वाचन आयोगद्वारा कर्मचारीको सरुवा नगर्न सरकारलाई निर्देशन

    झापा / निर्वाचन आयोगले कर्मचारीको सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै सो निर्देशन दिएका हुन् । आसन्न निर्वाचनका लागि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया आजदेखि सुरु भएको जनाउँदै आयोगले विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली सङ्कलनको कार्यमा बाधा उत्पन्न हुने जनाएको छ । त्यस्तै आयोगले सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । यही असोज ५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमना दिई असोज ९ गतेभित्र सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यव

    • प्रकाशित मितिः असोज ७, २०७९
    • 81 पटक पढिएको
  • झापामा घरको छतबाट खसेर महिलाको मृत्यु

    बिर्तामोड / झापामा घरको चार तलामाथिबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नम्बर ५ की ६२ वर्षीया मधु शर्मा आचार्य रहेकी छिन् ।  इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रूगमबहादुर कुँवरका अनुसार घरको चार तलामाथि बरन्डामा फलेका करेला टिप्न खोज्दा चिप्लिएर लडेकी आचार्यको मृत्यु भएको हो ।उनलाई बिर्तासिटी अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ७, २०७९
    • 179 पटक पढिएको
  • राष्ट्रपतिको कदमविरुद्धको पाँच वटा रिटमा आज एकै पटक सुनुवाइ हुने

    काठमाडौँ  / राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्धको पाँच वटा रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी भण्डारीले निस्क्रिय पारेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । छुट्टाछुट्टै पाँच वटा रिटको पेसी आजका लागि तोकिएको हो ।संघीय संसद्का दुवै सदनबाट दोहोर्‍याएर पारित भएको विधेयकलाई समयसीमा (१५ दिनभित्र) प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेकी थिइन् ।राष्ट्रपतिविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतले रिट दायर गरेका हुन् ।

    • प्रकाशित मितिः असोज ७, २०७९
    • 94 पटक पढिएको
  • भीमफेदी बस दुर्घटना : मृतकहरू मध्ये ६ जनाको सनाखत , अझै एक जनाको सनाखत हुन बाँकी

    झापा / मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको छ । अझै एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने, बाराको झिट्कैयाका ३३ वर्षे अब्दुल्लाहा मियाँ ठकुराई, बारा जितपुरका २५ वर्षीय शेख अरमान, मकवानपुर गढी-३ का ४३ वर्षीय मदन बिक, पर्साको वीरगञ्ज ३१ का ४२ वर्षीय हृदय नारायण पंजियार र भारत मोतिहारीका ३५ वर्षीय सरदनारायण शर्माको मृत्यु भएको हो ।काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना३ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घ

    • प्रकाशित मितिः असोज ७, २०७९
    • 129 पटक पढिएको
  • भीमफेदी बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो

    झापा / मकवानपुरको भीमफेदीमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ७ पुगेको छ । भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो । एक जनाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको उक्त बस भीमफेदीको ओरालोमा सडकबाट तल खस्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको र घाइतेहरूको हेटौँडामा उपचार भइरहेको जानकारी दिएको प्रहरीले दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको बताएको छ ।

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 118 पटक पढिएको
  • १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

    काठमाडौँ / भक्तपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका -३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका -२ मगर गाउँ बस्ने ४० वर्षीय राजु नेपाली रहेका छन् । राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 132 पटक पढिएको
  • भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

    हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका स्थित जुरिखेतमा मिनी बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार काठमाडौंबाट वीरगञ्ज आउँदै गरेको बा ३ ख ७८५८  नम्बरको बस भीमफेदीको ओरालोमा सडकबाट खसेर दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । च्यापिएको अवस्थामा ६ जनाको शव निकालेको एसपी गौतमले बताए । केही बसभित्र थिचिएको आशंका छ ।जुरिखेतको माथिल्लो घुम्तीबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अडि्डएको गौतमको भनाई छ । दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य चलिरहेको छ भने घाइतेहरूलाई उपचारका लागि हेटौंडा लगिएको छ ।

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 104 पटक पढिएको
  • हत्या गरेको अभियोगमा तीन जना पक्राउ

    बिर्तामोड / इलामको चुलाचुली गाउँपालिका -५ पकुवामा झापा दमक नगरपालिका -३ बेल्डाँगी क्याम्प बस्ने ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नैमा इलाम चुलाचुली गाउँपालिका- ४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राई  सहित ३ जना रहेका छन् । झ्याम्ले सहितका ५ / ७ जनाले खुकुरी प्रहार गर्दा एलबी गुरुङ गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उपचारको लागि लाइफलाइन अस्पताल दमक हुँदै बी एण्ड सी अस्पताल बिर्तामोड लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 139 पटक पढिएको
  • ३६ ग्राम ७.५० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

    विराटनगर  / मोरङको रंगेली नगरपालिका –७ स्थितबाट प्रहरीले प्रतिबन्धित लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनबर्षी नगरपालिका –४ का २५ वर्षीय अमित कुमार दाश र ३५ वर्षीय निलेश दाश रहेका छन् ।बुधबार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको चेकिङ टोलीले को.३१ प ४४१४ नम्वरको मोटरसाईकल शंका लागि चेकजाँच गर्ने क्रममा पछाडि सवार रहेका अमित कुमार दासको साथबाट ३६ ग्राम ७.५० मिलिग्राम ब्राउनसुगर बरामद भएको हो ।प्रतिबन्धित लागूऔषध बरामद भएसंगै दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रङ्गेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 95 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.