समाचार

    Showing 21,841-21,850 of 26,755 items.
  • आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्दै आयोग

    झापा  / निर्वाचन आयोगले प्रतिनिधि सभा र समानुपातिक निर्वाचनका लागि ‘अस्थायी मतदाताको नामावली संकलन आजदेखि सुरु गरेको छ ।सर्वोच्च अदालतको आदेश अनुसार आयोगले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई समानुपातिक निर्वाचनका लागि ‘अस्थायी मतदाताको नाम संकलन गर्न थालेको हो ।सर्वोच्चले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न भनेको थियो । तर, आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउने आयोगले जनाएको छ । ती मतदाताले प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फ भने मतदान गर्न पाउने छैनन् ।निशान्त पोखरे

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 87 पटक पढिएको
  • भन्सार छली ल्याएको सुन सहित विमानस्थलबाट तीन जना पक्राउ

    काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ल्याउँदै गरेको सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका-९ घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१ घर भएका १९ वर्षीय कवीन्द्र विश्वकर्मा र कालीकोट पलाता गाउँपालिका-७ घर भएका २५ वर्षीय जीवराज बम रहेका छन् ।हिमालय एयरलाइन्सको उडानबाट बुधवार दिउँसो दुबईदेखि काठमाडौँ आएका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा अवैध सुन सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट भन्सार छली ल्याएको एक/एक थान सुनको सिक्री र एक/एक थान औँठी गरी

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 134 पटक पढिएको
  • राष्ट्रपतिको कदमविरुद्ध अदालत जान गठबन्धनका नेतालाई सुझाव

    झापा / कानुन व्यवसायीहरूले नागरिकता विधेयकको प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएकोले सर्वोच्च अदालत जान गठबन्धनका नेताहरूलाई सुझाव दिएका छन् ।बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा राष्ट्रपतिको कदमबारे छलफल गर्न गठबन्धनले कानुन व्यवसायीहरूलाई बोलाएको थियो । बैठकमा सहभागी भएका वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण कुमार श्रेष्ठ लगायतले राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै त्यसविरुद्ध सर्वोच्च जान नेताहरूलाई सुझाव दिएका हुन् ।राष्ट्रपतिलाई संविधानले दिएको जिम्मेवारी पूरा नगरेको उनीहरूको भनाइ थियो । छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै अधिवक्ता पदमबहादुर रोकायाले दोस्

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 77 पटक पढिएको
  • कपनको आगलागीमा परेका मृतक तीन जनाकै पहिचान खुल्यो

    काठमाडौँ  / काठमाडौँको बूढानीलकण्ठ नगरपालिका –११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ ।प्रहरीका अनुसार आगलागीमा परी ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौँको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको हो । कपनको लसुनटारस्थित इलाइट हिमालयन एडभेञ्चरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिण्डर विस्फोट हुँदा आगलागी भएको थियो । उक्त घटनामा काठमाडौँको कपनका २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । दाँया हात, दुवै खुट्टा र अनुहारको दायाँ भाग जलेका उनको चुनिखेलस्थित करु

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 103 पटक पढिएको
  • बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

    भक्तपुर / भक्तपुरको सूर्यविनायक चोकमा आज बिहान बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन् । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा  इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको हो । सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बसले आज बिहान ८ बजे पैदल हिँडिरहेकी वृद्धालाई ठक्कर दिएको थियो । बससहित चालकलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 143 पटक पढिएको
  • आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

    काठमाडौं / मंसिर ४ गते  हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले यही असोज ११ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको हो  । आयोगले प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० क्षेत्रका लागि निर्वाचन अधिकृत तोकेको छ । आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई यही असोज १२ र १३ गते निर्वाचनसम्बन्धी अभिमुखीकरण समेत गरिने र यसबारे आयोगको वेबसाइटमा गई आवश्यक जानकारी लिन सकिने आयोगले जानकारी दिएको

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 140 पटक पढिएको
  • भारतबाट आएकै दिन श्रीमतीको हत्या, छोराछोरी माथि पनि निर्घात कुटपिट

    कैलाली / कैलालीको गौरीगंगा नगरपालिका –५ का अन्दाजी ३५ वर्षीय शेरबहादुर नाम्जाली मगरले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मगरले अन्दाजी ३२ वर्षीया श्रीमती ललिता नाम्जाली मगरको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन् । शेरबहादुरले आफ्ना छोराछोरीलाई समेत कुटपिट गरेका छन् । बुबाको कुटपिटबाट १७ वर्षीया छोरी लक्ष्मीको टाउकोमा चोट लागेको छ भने १२ वर्षीय छोरा विजय पनि घाइते भएका छन् ।बिहीबार बिहान ललिताको शव भेटिएपछि अनुसन्धान गर्दा श्रीमानबाटै हत्या भएको खुलेको प्रहरीको भनाइ छ । मृतकको शरीरमा धारिलो हतियार प्रहार भएको पाइएको छ । रोजगारीका लागि भारतमा

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 59 पटक पढिएको
  • आगलागीमा परि तिन जनाको मृत्यु

    काठमाडौं / बुधबार बेलुका कपनको एक घरमा भएको आगलागीमा परि तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा घर भई सुकेधारा बस्ने अशोक राई, ताप्लेजुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् ।राममन्दिर नजिकै रहेको एक ट्रेकिङ कार्यालयमा अक्सिजन सिलिन्डरहरू पड्किएर ठूलो क्षति भएको प्रहरीले जनाएको छ । घरको माथिल्लो तलामा रहेकाहरूको भने उद्धार गरिएको छ ।

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 135 पटक पढिएको
  • प्रदेश १ मा यौनिक तथा लैंगिक अल्पसंख्यक मतदाताको संख्या २२ (भिडियाेसहित)

    झापा / मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश १ का २२ जना यौनिक तथा लैंगिक अल्पसङ्ख्यकले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश १ का १४ जिल्ला मध्ये सात ओटा जिल्लाका २२ जना यौनिक तथा लैंगिक अल्पसङ्ख्यकले मतदान गर्न पाउने भएका हुन् । जसमध्ये झापाबाट ८ जना मोरङबाट ६, इलाम, सुनसरी र उदयपुरबाट २–२, भोजपुर र ओखलढुङ्गामा एक–एक जना छन्  भने ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सोलुखुम्बु र खोटाङको मतदाता नामावलीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समावेश छैनन् ।त्यस्तै मधेस प्रदेशमा ७० जना, कर्णालीमा ३, वाग्मतीमा २७, गण्डकीमा ११, लुम्ब

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 84 पटक पढिएको
  • कैलालीमा दुई जना मृत फेला

    झापा /  कैलालीको दुई छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका -१२ र धनगढी उपमहानगरपालिका -१ मा शव भेटिएको हो ।  प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक  वेदप्रकाश जोशीका अनुसार गोदावरी-१२ शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएका हुन् । बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको हुन् । घटना शंकास्पद रहेको भन्दै प्रहरी प्रवक्ता जोशीले  त्यसबारेमा थप अनुसन्धान भइरहेको बताए । बडेलाको टाउको र खुट्टामा चोट लागेको छ । यसैगरी, धनगढी–१ स्थित कैलाली कारागार नजिकै एक प

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 125 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.