समाचार

    Showing 21,861-21,870 of 26,755 items.
  • नागरिकता विधेयक : राष्ट्रपति भण्डारीले प्रमाणिकरण गर्ने आज अन्तिम दिन (भिडियाेसहित)

    झापा  / संघीय संसद्का दुवै सदनबाट दोस्रोपटक पारित भएर आएको नागरिकता (पहिलो संशोधन) विधेयक राष्ट्रपति कार्यालय शीतलनिवासमा विचाराधीन छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गर्ने आज अन्तिम दिन हो । गत भदौ २० गते विधेयक प्रमाणित गरेर सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ पठाएका थिए । संविधानको धारा ११३ (४) अनुसार राष्ट्रपतिलाई दोस्रोपटक पुनर्विचारको लागि विधेयक फिर्ता पठाउने अधिकार छैन । सभामुखबाट आएको १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्छ । १५ दिनको समयसीमा आज राति १२ बजेबाट सकिँदै छ । राष्ट्रपतिले विधेयकमा लालमोहर नलगाए उक्त विधेयक स्वतः निस्क्रिय हुनेछ । प्रमाणिक

    • प्रकाशित मितिः असोज ४, २०७९
    • 103 पटक पढिएको
  • चोरीको समान सहित दुई जना पक्राउ

    इटहरी  / सुनसरीको इटहरी उपमहानगर पालिका –२० बाट प्रहरीले चोरीको समान सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी –२० का आशिष चौधरी र किरण क्षेत्री रहेका छन । इटहरी २० मा किरण क्षेत्रीले सञ्चालन गरेको कवाडी पसलमा चोरी गरेको सामग्री बेच बिखन भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई राठी कम्पनीको वाईरिङका तार ८ पाकेट चोरी गरी बेचीरहेको अवस्थामा पक्राउ गरेको हो । चौधरी पक्राउ परेसंगै सोधपुछको क्रममा  पहिला समेत चोरी गरेका अन्य सामग्री सोही पसलमा बिग्रि गरेको भनि चौधरीले बयान दिएका आधारमा प्रहरीले कवाडी पसलमा खान

    • प्रकाशित मितिः असोज ४, २०७९
    • 104 पटक पढिएको
  • ३० ग्राम ब्राउन सुगरसहित मेचीनगरबाट मनोज कुमाल पक्राउ

    बिर्तामोड / झापाको मेचीनगरबाट ब्राउन सूगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका –१ का २१ वर्षीय मनोज कुमाल रहेका छन् । उनलाई सोमबार दिउसो भारतबाट मेचीनगर नगरपालिका –६ मेची पुल छेउमा भारतबाट नेपाल तर्फ पैदल आउँदै गर्दा इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका कुमालको साथबाट ३० ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  लागूऔषधसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः असोज ४, २०७९
    • 89 पटक पढिएको
  • १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

    झापा / तेह्रथुममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा लालिगुराँस नगरपालिका -१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बू रहेका छन् ।  ती बालिकालाई राजनले सोही गाउँपालिका -२ बसन्तपुरस्थित  एक होटलमा लगी भदौ ३१ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 121 पटक पढिएको
  • सुनसरीमा सुनका गरगहना चोरी गरेको आरोपमा झापाका ३ जना पक्राउ

    बिर्तामोड / सुनको गहना चोरेको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक घर भएका अरुण राना मगर, बृखमान राई र भुपेन्द्र बिक छन् । उनीहरूमाथि जेठ २ मा इटहरी उपमहानगरपलिका -८ स्थित प्रविशा कार्कीको घरबाट सुनको गहना चोरेको आरोप छ । अरुण रानामगरले गहना चोरेर वृखमान राईलाई बिक्री गरेको अनुसन्धानबाट थाहा भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले  बताए । उनका अनुसार बृखमानले सो गहना भुपेन्द्र विकलाई बेचेको स्वीकार गरेका छन् । आरोपहरूमाथि चोरी मुद्दामा म्याद लिएर इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 103 पटक पढिएको
  • झापाका २७ सहित देशभरका ६ सय ८१ कैदीबन्दीले पाए कैद मिनाहा

    बिर्तामोड / झापा कारागार भद्रपुरका २७ जना कैदीबन्दीले माफी पाएका छन् । सरकारले संविधान दिवसको अवसरमा नकारात्मक सुचीमा नपरेका यस कारागारका २७ जना कैदीबन्दीको बाँकी सजाय माफी मिनाहा गरेको हो । जेलर सुरेन्द्र थापाका अनुसार कर्तव्य ज्यान , बहुबिबाह ६–६, किर्ते, सवारी ज्यान, ज्यान मार्ने उधोगका ४–४, ठगी, खोटाचलान, चोरीका १–१ जनालाई कैद भुक्तानमा मिनाहा गरिएको हो । त्यस्तै देशभरबाट ६ सय ८१ कैदीबन्दीले बाँकी सजाय माफी मिनाहा पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनी

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 132 पटक पढिएको
  • १२ ग्राम ब्राउन सूगर र साढे तीन लाख नगदसहित मेचीनगरबाट एक महिला पक्राउ

    बिर्तामोड / झापाको मेचीनगरबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका –१३ तेलिबारीस्थित फुलबासा चौक घर भएकी ४३ वर्षीया भारती राजवंशी रहेकी छिन् । आइतबार साँझ ६ बजे लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले राजवंशीलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने खैरो रङको लिसाईलो पदार्थ ४ ग्राम र निजको घरबाट ८ ग्राम गरी जम्मा १२ ग्राम, डिजिटल मिनि तराजु १ थान र तीन लाख ५३ हजार पाँच सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठ

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 117 पटक पढिएको
  • आज ८ औँ संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै (भिडियाेसहित)

    झापा / आज ८ औँ संविधान दिवस । संविधान दिवसका अवसरमा देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।२०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा सोमबार देशभर यो दिवस मनाइएको हो । उक्त संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत गरेको थियो । नयाँ संविधान अनुसार मुलुकमा दुई वटा स्थानीय निर्वाचन सम्पन्न भइसकेका छन् भने प्रतिनिधिसभा र प्रदेशसभाले पहिलो कार्यकाल पूरा गरेका छन् ।प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचन हुने तयारी सुरु भइसकेको छ। यस बीचमा संविधानका केही बुँदाहरू संशोधन गरिएको छ । तर, नागरिकता विधेयक लगायत केही मूलभूत विषयहरूमा भने दलहरूबीच

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 72 पटक पढिएको
  • अछाम पहिरो : मृत्यु भएका २२ जनाकै सनाखत, एक जना अझै बेपत्ता

    झापा / अछाममा पहिरोमा परेर २२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । शुक्रबार राति परेको अविरल वर्षाका कारण जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परेर २२ जनाको मृत्यु भएको हो । मृत्यु भएका २२ जनाकै सनाखत भइसकेको र बेपत्ता एक जनाको खोजतलास भइरहेको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिए ।मृत्यु हुनेमा कमलबजार नगरपालिका –६ ठाँटिखादका ३० वर्षीया अमृता कामी, १७ वर्षीया रीता कामी, २१ वर्षीया आराधना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी र १२ वर्षीया शिरु कामी रह

    • प्रकाशित मितिः असोज २, २०७९
    • 116 पटक पढिएको
  • करेन्ट लागेर दुई जनाको मृत्यु

    झापा / मोरङ र बाँकेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका–१ मिलचौकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा काम गर्ने तेह्रथुम छथर शुक्रबारे घर भएका २५ वर्षीय आकाश लिम्बुको करेन्ट लागेर शनिबार मृत्यु भएको हो । सोही फ्याक्ट्री नजिक जमेको पानीको खाल्टोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  हो ।यस्तै बाँकेको राप्तिसोनारी गाउँपालिका–८ सम्शेरगन्ज बस्ने ७३ वर्षीय बुद्धिमान लामाको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । पानी तान्ने मोटरमा जोडेको तार जोड्ने क्रममा करेन्ट लाग

    • प्रकाशित मितिः असोज २, २०७९
    • 118 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.